१२ असार २०८१ बुधबार
image/svg+xml

फिल्मको जरिवानाबारे करिश्मा भन्छिन्: बालेनले ५ लाखको विज्ञापन गरिदिए

महानगरले फिल्म ‘बगान’ लाई ५० हजारको जरिवाना गरेर बालेनले ५ लाखको विज्ञापन गरिदिएको मानन्धरले बताएकी हुन्।

इलामका चिया श्रमिकको गुनासो: नबोलौं असह्य छ, बोलौं रोजगारी गुम्छ

कानुन अनुसारको न्यूनतम् ज्यालासहितका सेवा–सुविधा नपाएको आवाज उठाउँदा कन्याम चिया बगानका श्रमिक रमेश खड्कालाई केही समयअघि बगान व्यवस्थापनले नसिहत दियो।

एउटै रुखमा झुण्डिएको अवस्थामा ३ किशोरीको शव फेला

झापाको कचनकवल गाउँपालिका–५ मा ३ किशोरी एउटै रुपमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।

सरकारी चिया बगान फिर्ता ल्याउन जुटे स्थानीय सरकार

सरकारी चिया बगान जिम्मा लिएर कानुन पालना नगरेपछि लिजमा दिइएका सबै बगान फिर्ता ल्याउन इलाम र झापाका स्थानीय सरकारले सामूहिक पहल थालेका छन्। दुवै जिल्लाका स्थानीय सरकार प्रमुखको संयुक्त बैठकले सरकारी चिया बगान स्थानीय सरकारमातहत ल्याउनसमेत माग गर्ने निर्णय गरेको छ।

चरिभञ्याङ घुम्ने कि ?

चिया टिपेको, फ्याक्ट्रीमा ल्याएको तथा प्रशोधन गरेको सबै हेर्ने मौका मिल्यो । चिया टिप्दै पूर्वेली भाका सुनियो । दिउँसो एकछिन ऐंसेलु खान पनि निस्कियौँ ।

अलैचीमा झुसिलकिराको प्रकोप, बगान नै सखाप हुँदै

नियमित पानी परीरहेकाले अलैची बगानमा हरियाली देखिनु पर्ने हो। तर  जील्लाको उत्तरी याङ्वारक–२  फलैचाको तिमतिम्बुमा भने बगानै उजाड देखिन्छ। झुसिलकिरालै बोटनै खाइदिँदा बगानहरु सखाप हुन थालेका छन्।

सूर्याेदयका चिया बगान–उद्योग खुल्ने

लकडाउनका कारण बन्द भएका सूर्याेदय नगरपालिकाका चिया बगान र उद्योग खुलाइने भएको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नहुनेगरी कामदारहरू अत्यन्त सुरक्षित भएर बगान–उद्योगको काममा निरन्तरता दिने नगरले निर्णय गरेको हो।

चिया बगानमा कार्यरत महिलालाई नयाँ साडी

मेचीनगर–७ स्थित सतिघट्टा चिया बगानमा कार्यरत महिला मजदुरहरुलाई निःशुल्क कपडा वितरण गरिएको छ।

ज्याला बढाएसँगै ‘काममा पेलिँदै’ चिया श्रमिक

श्रमिकको चर्को दबाबपछि सरकारी चिया बगान व्यवस्थापनले बढेको न्यूनतम ज्याला दिएसँगै काम पनि साढे दुई सय प्रतिशतले थपेको छ।

निजी खुले, सरकारी बन्दको बन्दै

सहमतिपछि मंगलबारदेखि उद्योग–बगान खुलेका छन्। श्रमिक काममा फर्केका छन्। तर, जिल्लाकै ठूलो कन्याम बगान र नेपालमै पहिलोपटक चिया खेती सुरु भएको इलाम चिया बगान चाहिँ मंगलबार पनि खुल्न सकेनन्।

सरकारी चिया बगान फिर्ता गर्न माग

निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन्–झन् बिजोक बनाउन थालेपछि इलामका सरकारी चिया बगान र उद्योग सरकारलाई नै फिर्ता गर्न स्थानीयको माग जोडदार रूपमा उठ्दैछ।

श्रमिक आन्दोलनले हरियो पत्ती नष्ट

दुई सातादेखि चिया श्रमिकले आन्दोलन जारी राखेपछि पूर्वका सरकारी र निजी चिया बगानमा करोडौं रुपैयाँको हरियो पत्ती नष्ट भएको छ। बरर्र पलाएको हरियो मुना बेलैमा टिप्न नपाउँदा वर्षभरकै गुणस्तरीय ‘फस्ट फ्लस’ खेर गइरहेको छ। उद्योगीका अनुसार सबैभन्दा महँगो मूल्यमा बिक्री हुने पत्ती खेर जाँदा वर्षैभर चियाको गुणस्तर र परिमाण दुवैलाई असर पुग्छ। तर, आन्दोलनको लामो समय भइसक्दा पनि निकास ननिस्किएपछि हरियो चिया टिपाइ अनिश्चित भएको छ।

पूर्वमा आत्मीय होमस्टे

घाम बादलभित्र लुक्ने तर्खरमा थियो। सिरसिर चिसो वतास चल्दै थियो। हामी कन्याम चियाबगान घुमिवरी सिद्धीखोलबाट करिब ९ किमि हिँडेर ३ बजेतिर पुग्यौं इलामको श्री अन्तुडाँडा (१,७०० मिटर)। चिटिक्क घर, सफा आँगन, आँगनभरि ढकमक्क फूल। पुग्ने वित्तिकै घरभेटी दिदीले खादा ओढाइदिनु भयो।

सुन्तला खेतीले किसानको मुहारमा चमक

दक्षिणी मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बाका तेजबहादुर लावतीले आफ्नो बगानको सुन्तलाको दाम ६ लाख ५० हजार थापेका छन्। उनको घरैको छेउदेखि फैलिएको बगानमा लटरम्म सुन्तला फलेको छ।

चिया मजदुरको न्यूनतम पारिश्रमिक १३ हजार ४५०

सरकारले चिया क्षेत्रमा कार्यरत श्रमिकहरुको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४सय५० रुपैयाँ निर्धारण गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्धारण गरेअनुरुप चियाबगान वाहेकका श्रमिकले यो परिश्रमिक पाउने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्