१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

एउटै रुखमा झुण्डिएको अवस्थामा ३ किशोरीको शव फेला

फाइल तस्बिर

झापाको कचनकवल गाउँपालिका–५ मा ३ किशोरी एउटै रुपमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। सुनकोशी चिया बगानमा कार्यरत ३ किशोरी झुण्डिएको अवस्थामा फेला परेका हुन्।  

स्थानीय बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङ खोला किनारमा ढल्केको बयरको रूखमा उनीरूको शव मृत अवस्थामा फेला परेको स्थानीयले बताएका छन्। 

मृतकमा स्थानीय पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेकाे प्रहरीले जनाएको छ। 

हिजो दिउँसोदेखि हराएका उनीहरू आज बिहान करिब ७.३० बजे झुन्डिएको अवस्थामा फेला परेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ श्रावण २०७९ ०६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App