१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

अलैचीमा झुसिलकिराको प्रकोप, बगान नै सखाप हुँदै

झुसिल किराको प्रकोपले सखापभएको पाँचथरको उत्तरी याङवरक–२ फलैचाको अलैची बगान। तस्बिर ःनागरिक

पाँचथर - नियमित पानी परीरहेकाले अलैची बगानमा हरियाली देखिनु पर्ने हो। तर  जील्लाको उत्तरी याङ्वारक–२  फलैचाको तिमतिम्बुमा भने बगानै उजाड देखिन्छ। झुसिलकिरालै बोटनै खाइदिँदा बगानहरु सखाप हुन थालेका छन्।

अलैचीको फूल लाग्ने बेलामा बगानमा झुसिल किराको प्रकोप देखिएको हो। यो क्षेत्रको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको अलैची बगान धमाधम सखाप हुन थालेपछि कृषकहरु चिन्तित बनेका छन्। झुसिल किराले अलैचीको पात, डाठ तथा फल खाइदिएर बगाननै नष्ट बनाएको छ।

यो क्षेत्रमा ठुला ठूला अलैची बगान रहेका छन्। इँवाखोलको काखबाट सुरु भएको प्रकोपले बगानै सखाप पारिरहेको छ। झुसिल किराले एकपछि अर्को बगान गदै अलैची नष्ट गरीरहेको याङवरक–२ का वार्ड अध्यक्ष देउकुमार योङहाङले जानकारी दिए। ‘हेरिरहुँ लाग्ने अलैची बगान अहिले विरक्त लाग्ने भएका छन्।

अलैची फूल्ने बेला बगाननै सखाप भयो। १ हजारदेखि १५ सय रोपनीको अलैची बगान नष्ट भयो। प्रकोप बढ्ने क्रममा छ’उनले भने ‘फलकै हिसाबमा करिब ५० लाख बराबरको क्षति भइसक्यो। बोट नै नष्ट भयो भने क्ष ित दोब्बरले बढ्छ।’

योङहाङले भनेझै बगान सोतर झै बनाएको छ। पछिल्लो १५ दिन यता अलैचीमा झुसिलकिराको प्रकोप देखिएको हो। हरेक बर्ष उत्तिस लगायको बोटमा गर्मी सुरु भएपछि झुसिल किरा देखिने भएपनि यसरी अलैचीलाई नष्ट गरेको थिएन।  कृषि ज्ञान केन्द्र पाँचथरका निमित्त प्रमुख सागर विष्टका अनुसार अलैचीमा देखिएको यो प्रकोप नौलो हो। उनका अनुसार सो क्षेत्रमा यो प्रकोपले ठूलो क्षति पु¥याई सकेको छ। 

‘किराले पात खाएर बगानै सुकाएको छ। अलैची फूल खेल्ने बेलामा किराले खाएपछि उत्पादन नहुने अवस्था छ। भुसिलकिराले विगतले त्यतीसारो हानी पु¥याएको देखिएको थिएन। अहिलेचै प्रकोपकै रुपमा आएको छ’ विष्टले भने ‘एक बगानदेखि अर्को बगानमा सर्ने गरेको देखिएको छ। ठूलो क्षेत्रमा अलैची बगान तथा कृषकहरुको मुख्य आम्दानीको स्रोत भएकाले पनि चिन्ताको बिषय बनेको छ। क्षेत्रगत रुपमा एकिकृत रुपमा विषाधी स्प्रे गर्ने भन्ने योजना बनाउदै छौँ। रणनीति बनाएर नियन्त्रणको काम अघि बढाउनु पर्ने अवस्था छ।’

पशुपालन, मौरी पालन भएकालेपनि सबैतिर विषाधी प्रयोग गरीहाल्न मिलिहाल्ने अवस्था छैन्। कोरानो सन्त्रास चलिरहेका बेला अलैचीले थप तनाव दिएको स्थानीय कृषक दिपक प्याकुरेलले बताए। ‘सिचाई गरेर हुकाईएका बगाननै नष्ट भएपछि आम्दानीको बाटो हराउने अवस्था छ। कृषिको टोली आएर अवस्था हेरेको छ। तत्काल नियन्त्रण भएन भने थप समस्या आउने देखिन्छ’ प्याकुरेलले भने ‘बढो अचम्म गरी बगान नष्ट भइरहेको छ।’

यो बर्ष अलैचीबाट फल टिप्न नहुने अवस्था पुगेको बताइएको छ। एकपछि अर्को बगानमा प्रकोप देखिएको छ। अलैची रोपेपछि तीन बर्षपछाडीदेखि फल दिन सुरु गर्छ। एकपल्ट लगाइएको बगान नष्ट नहुदा १० देखि १५ बर्षसम्म उत्पादन दिन्छ। स्थानीय कृषकहरुका अनुसार यो क्षेत्रका बगाननै नष्ट हुने अवस्थामा पुगेको छ।

जिल्लाभरिनै झुसिलेको आतंक
फलैचामा अलैचीनै नष्ट गर्ने किसिमको झुसिलकिराको बआतङक भने जिल्ला भरिनै फैलिएको छ। बनक्षेत्रमा रुखमा टासिएर लामबद्ध भएका भुसिलकिरा रहेको विभिन्न क्षेत्रका बासिन्दाले बताएका छन्। हावाले झुस उडाएर ल्याउदा शरिरनै चिलाउने तथा जंगल गएर काम गर्न सक्ने अवस्था नभएको फिदिम–७ का ललित फेजुङले बताए। बढि उत्तिसका बोटमा झुसिले देखिएको छ। जंगलबाट घाँस ल्याएर पशुचौपायालाई खुवाउन समेत नसकिने अवस्थ आएको विभिन्न क्षेत्रका बासिन्दाले बताए छन्।

प्रकाशित: २१ वैशाख २०७७ १३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App