४ वैशाख २०८१ मंगलबार
ब्लग

चरिभञ्याङ घुम्ने कि ?

नियात्रा

पाँचथर सदरमुकाम फिदिमबाट हामी बाटो लाग्दा घाम निकै चकिलो थियो । मेची राजमार्गमा खासै गाडी थिएनन् । नाराणगोपालको सुमधुर आवाजसँगै अघि बढ्यौं । गाडीको झ्यालबाट छिरेको हावाले मेरो लामो कपाल उडाउन खोज्थ्यो । मिलन गिरि दाइले गाडी आफैं कुदाउनुभयो ।  

हरियाली मस्त भएकाले हेरिहुँ लाग्ने थियो । उडेर आएका रूखका पात गाडीमा ठोकिन्थे । कतै फूल फुलेका भेटिन्थे त कतै सल्लाको सुसाइ । जोरसाल, हेवाखोला, भारपाका विभिन्न गाउँ हुँदै अघि बढ्यौं । जोरपोखरी शीतल थियो । हरियाली मस्त जोरपोखरी हेरिरहूँ लाग्ने । हामीले ज्याकेट लगायौँ । ३० किलोमिटर अगाडिको गर्मीको शेष पनि देखिएन ।  

चिया टिप्न आएको, चिया टिपेको, फ्याक्ट्रीमा ल्याएको तथा प्रशोधन गरेको सबै हेर्ने मौका मिल्यो । चिया टिप्दै पूर्वेली भाका सुनियो । दिउँसो एकछिन ऐंसेलु खान पनि निस्कियौँ ।

जोरपोखरीबाट हामी कच्ची बाटो अघि बढ्नु थियो । ग्राभेल सडकमा कतै हिलो भेटिन्थ्यो तर दाइको गाडी गजबकै भएकाले रमाइलै भयो । बाटोको दुवैतिर भएका बोटहरू स्वागतद्वारझै लाग्ने । आगेजुङ गुम्बाको काख भएर अघि बढ्यौँ ।  

कतै घना जंगल, कतै ग्रामीण बस्ती, कतै मकै गोडिरहेका गाउँले भेट्यौं । पारिपारिसम्मका दृष्य लोभलाग्दा थिए ।  

काउलेबाट देब्रे मोडियौँ । लेकाली हावापानी शुरू हुन थाल्यो । हावाको वेग बढ्न थाल्यो । मौसम उत्तम थियो । बादलको शेष कम मात्र देखिन्थ्यो । चरिभञ्याङ पुग्दा घामको पहेंलो छायाँ  डाँडाहरूमा देखिने बेला भएको थिएन । हाम्रो गन्तव्य चरिभञ्याङ थियो । पहिले यो ठाउँलाई चरिभाङ्गे समेत भनिन्थ्यो रे !    

यस ठाउँमा पहिला पनि पुगेको थिएँ । तर यसपाला बासै बस्ने गरी यात्रा गरिँदैथ्यो । एक रात हैन, केही रात । जताततै  हरियाली देखिएको यो ठाउँ चियाका लागि प्रख्यात छ । पाथीभरा टिस्टेट चर्चित छ ।  

भञ्याङ आफैंमा सुन्दर छ । कुमारी जंगलहरूको काखमा रहेको यो ठाउँमा केही घर छन् । याङवरक र फालेलुङ गाउँपालिकाको सीमाना हो यो ठाउँ ।  

झोला राखेर चियाबारी घुम्न निस्कियौँ । भिरालोभिरालो ठाउँमा रहेको आकर्षक बगान । चियाको पत्ता हुँदै बहेको हावा शीतल थियो । भूगोलले साथ दिएको ठाउँ । चिया बगान, छेउका बारी, विभिन्न प्रजातिका बालीहरू । बगानमा चिया टिप्नेहरू व्यस्त थिए । क्यामेरामा केही बेर थुन्सेमा चिया टिपेको दृश्य कैद ग¥यौं हामीले ।  

‘यो नेपालकै अग्लो स्थानमा रहेको चिया बगान हो । चिया जति उचाइको हुन्छ उति मीठो हुन्छ । हाम्रो मुख्य बजार युरोप र अमेरिका हो’ मिलन दाइका कुराले मलाई उत्साहित तुल्यायो । दाइ पाथीभारा टि स्टेटका सञ्चालक मध्येका एक हुन् ।  

फ्याक्टी« छेउमा रूखको गोलीयाको मुडा बनाएर बस्ने ठाउँ । साथमा त्यहीँ उत्पादन गरिएको अर्गानिक चिया । भएन त गजब ! चिया टेष्ट गर्ने अनेक खालका कप थिए ।  

चाख्ने स्यानो कपको चियाले चित्त नबुझ्ने भएर दुई तीन कप एकै ठाउँमा मिसाएर पिएँ ।  

जिब्रो रिनिनि बनाउने चिया । यहाँ दूध चिया पाइन्न ।  चियाका अनेकन प्रकार हुन्छन् । केही फरक तर कम्पनीकै उत्कृष्ट मानिएका चिया टेष्ट गरीयो ।  

‘यो नेपालकै अग्लो स्थानमा रहेको चिया बगान हो । चिया जति उचाइको हुन्छ उति मीठो हुन्छ । हाम्रो मुख्य बजार युरोप र अमेरिका हो’ मिलन दाइका कुराले मलाई उत्साहित तुल्यायो । दाइ पाथीभारा टि स्टेटका सञ्चालक मध्येका एक हुन् ।  

त्यहाँबाट उदय योङ्याकोमा आएर हामीले खाजा खायौँ । त्यहाँ दिइएको चियाको स्वाद नै फेरि अर्कै । हामी चिया बगान घुम्न निस्कियौँ । भाइहरू थपिए । कतै भेडा चरेको त कतै लोकल कुखुरा । यो क्षेत्रका बासिन्दा मेहनती रहेछन् । चिया टिप्नेहरूले हामीलाई साथ लिए । यो ठाँउलाई थप आर्कषक बनाउन सिडिमार्ग तथा रेलिङ बनाइएको रहेछ ।  

हामी चिया बगान हुँदै मन्दिरमा पुग्यौं । त्यहाँबाट अग्ला डाँडा हे¥यौं । अग्ला डाँडा कुमारी थिए, स्काभेटर नचलेका । घना जंगलमा भालु, वदेल, मृग पाइन्छ रे ।  

हामी केहीबेर ऐंसेलु चाख्न थाल्यौं । चुत्रो पनि फलेको रहेछ, तिख्खर अमिलो । केहीबेर चिया बगानमा टोलायौँ । लडेको रूखको हाँगामा बसेर केहीबेर बगान नियालें । मनमा अनेक कुरा खेल्न थाले । घाम ओझेलिन थालेपछि फेरि भञ्याङको मुख्य ठाउँमा झरियो । केही पसल तथा जमघट । गाउँ भेटिए । गाँउलेका कुरा सुन्यौँ एकछिन । प्रहरीचौकी डाँडामा रहेछ, सबैतिर देखिने । त्यहाँ पुगेर साँझका तस्वीर खिचें ।  

बस्ने ठाउँ उदयकोमा । उनी टि स्टेटका कम्पनीका अध्यक्ष समेत रहेछन् । उनी भव्य होटल बनाउँदै रहेछन् । पूरा भइनसके पनि सञ्चालमा आइसकेको । तातोचिसो पानीका साथै अन्य सुविधा भएको । काठको पनि नमुना सजावट गरेका रहेछन् । ग्रामीण ठाउँमा किन यत्रो होटल ?  

उदयले भने ‘बर्सेनि चियाका लागि विदेशी आउँछन् । विस्तारै यो ठाँउको महत्व बढ्दै छ । यहाँ आउनेहरू बढ्दै छन् । हामी विभिन्न पूर्वाधार बनाउँदै छौँ ।’  

आगेजुङ गुम्बा हुँदै तथा सन्दकपुर, फालोट हुँदै यो ठाउँमा  आउन सकिने भएकाले भोलिको सम्भावना हेरिएको रहेछ ।  

त्यो साँझ भव्य बन्यो । चिसो मौसममा तातो कुखुराको सुप, टिम्बुर सहितको अचार, निगुरोको तरकारी । आर्गानिक खुवाइ भयो । सूर्यमाया तुम्बाहाफे (योङ्या) भाउजूले मीठो पकाउनु हुँदो रहेछ ।  

सन्जोगले आकाश खुल्यो । जून टल्कियो । जून टल्किएको चियाबगानको एकन्त पनि मनमोहक लाग्यो । म एक्लै एक घण्टा जति बसे । पारिपारिका गाउँ झिलिमिली देखिन्थे ।

विहान अलि ढिला उठियो । मौसम खुल्दा हिमालको दृष्य आर्कषक देखिन्छ रे ! मौसम खासै खुलेन । बरु बादल र डाँडाको लुकामारी हेर्नलायक थियो ।

चिया बगान घुमियो । घरघर पुगेर चिया पिइयो । हरेक घरमा फरक टेस्ट । चिज फ्याक्ट्रीमा डोकोमा जर्किन राखेर दूध ल्याइँदो रहेछ । कति मेहनती गाउँले । घरैपिच्छे गाई, भैसी, बाख्रा, कुखुरा पालेका देखिन्थे । खेती सबैको । चिज फ्याक्ट्रीबाट क्रिम किन्यौं । भाउजूले सिस्नु, निगुरोको सब्जी बनाउनुभएको रहेछ । क्रिम मोलेर खाइयो । जंगलैभरि निगुरो, सिस्नु पाइँदो रहेछ । फलेको टिम्बुरसँगै बाख्रलाई दिइँदो रहेछ । टिमुरको लोभ लाग्यो ।  

खाना खाएर म बगानतिर लागें । चिया टिप्न मजदूर आए । बेसी तन्नेरी थिए । कतिपय टाढाटाढा आएर बगानमै बस्दा रहेछन् । धोबे बोकेर चिया टिप्न लागेको लर्को हेरिरहूँ लाग्ने । युवायुवती यसरी मेहनत गरेर काम गरेको देख्दा ग्रामीण क्षेत्रलाई स्यालुट गर्नुपर्छ ।  

त्यसो त यो ठाउँलाई चिया ‘टेस्टिङ’ गन्तव्य समेत बनाउन सकिने रहेछ । परिवार पाल्न दिनभर पानी, झरी नभनी काम गरेकाह) हाँस्थे, रमाउँथे । कामप्रतिको विश्वास देखिन्थ्यो ।  

चिया टिप्न आएको, चिया टिपेको, फ्याक्ट्रीमा ल्याएको तथा प्रशोधन गरेको सबै हेर्ने मौका मिल्यो । चिया टिप्दै पूर्वेली भाका सुनियो । दिउँसो एकछिन ऐंसेलु खान निस्कियौँ । पहेलै ऐंसेलु । अमन भइन्जेल खाइयो । चिराइतो लगायतका जडीबुटी जताततै । अर्गेली पनि फस्टाएको । घरैपिच्छे चिया खाने निम्तो । कस्तो आत्मीय ! चिया टिप्नेदेखि प्रशोधन गर्नेसम्मका काम हेर्दा साँझ प¥यो ।  

त्यहाँसम्म गाडी पुग्छ । सार्वजनिक यातायात चल्छ । फुर्सदमा केही दिन यो ठाउँ घुम्न रमाइलो । चर्चा नपाएको यो ठाउँ तपाईंका लागि महत्वपूर्ण हुन सक्छ । पुग्ने कि एकपल्ट चरिभञ्याङ ? 

सन्जोगले आकाश खुल्यो । जून टल्कियो । जून टल्किएको चियाबगानको एकन्त पनि मनमोहक लाग्यो । म एक्लै एक घण्टा जति बसे । पारिपारिका गाउँ झिलिमिली देखिन्थे ।

लेकाली जंगलका रूखमा झ्याउ लाग्छ । यही झ्याउ मीठो बनाएर पकाइन्छ । मासुसँग मिसाएको देखेको थिए । यो पल्ट अण्डासँग खाइयो । स्वादै फरक । काठको तोङ्बा थिए । तोङ्बा रुचाउनेका लागि पनि उपयुक्त ठाउँ ।  

अर्को दिन बिहान पानी प¥यो । कति खेर पानी पर्ने, कतिखेर खुल्ने टुङ्गो नहुँदो रहेछ । बिहानको खान खाएर फर्किन खोज्दै थियौ, याङवरक–३ का वार्ड अध्यक्ष मुवीन योङ्या आइपुगे । उनले हाम्रो बाटो छेके । उनको अनुरोधलाई जित्न सकेनौं । बसाइ एक दिन लम्बियो । यो ठाउँलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न खोजिरहेको उनले सुनाए । हिउँदमा वनभोज खाने ठूलो समूह ल्याउने योजना रहेछ ।  

चियासँगै ग्रामीण जनजीवन, स्थानीय संस्कृति, भुवनोट, अर्गानिक खानपान र आनन्दका लागि केही दिन कटाउन सक्ने ठाउँ रहेछ यो ।  

विकास गर्ने प्रयास भइरहेको वडाध्यक्षले सुनाए । उनले हामीलाई रोकेर धेरै कुरा सुनाए । चरिभञ्याङदेखि माथिका डाँडा पनि रमाइला रहेछन् । डाँडैडाँडा घुम्न मिल्ने । जडीबुटी प्रशस्त पाइँदो रहेछ । तरकारी के खाउँ भन्ने समस्या नहुने । चिया बगानले स्थानीयलाई रोजगार दिनुका साथै ठाउँको शोभा बढाएको छ ।  

सडक सुविधा भएकाले यो ठाउँलाई महत्पूर्ण गन्तव्य बनाउन सबैको सहयोग आवश्यक रहेको योङ्याले सुनाए ।

दिउँसो यही ठाउँको विशेषता र विकासबारे छलफल गरियो । भेडाको मासु खाने रहरचाहिँ अर्को पल्टलाई सारियो ।  

चौंथो दिन बिहान फर्कने बेला गाउँलेले फेरि पनि आउने निम्तो दिए । चिया, निगुरो, सिस्नु, टिम्बुर कोसेली पाइयो । व्यस्तताका बीच केही दिन विताउन उपयुक्त स्थानका रूपमा यो ठाउँ छ । लकाली हावापानी, भुगोल रमणीय छन् । सिजनअनुसारका स्थानीय उत्पादन झनै गजब ।  

त्यहाँसम्म गाडी पुग्छ । सार्वजनिक यातायात चल्छ । फुर्सदमा केही दिन यो ठाउँ घुम्न रमाइलो । चर्चा नपाएको यो ठाउँ तपाईंका लागि महत्वपूर्ण हुन सक्छ । पुग्ने कि एकपल्ट चरिभञ्याङ ?  

प्रकाशित: ३१ जेष्ठ २०७७ ०१:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App