६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रहरीले भगायो 'ग्याङफाइट'का अभियुक्त, एमालेद्वारा बन्द आह्वान

शुक्रबार खुकुरी प्रहार घटनाका दोषीलाई कारबाहीको माग गर्दै नेकपा (एमाले) रसुवाले आजदेखि अनिश्चितकालीन रसुवा बन्द आह्वान गरेको छ।

दोलखाको मेलुङमा प्रहरी गोलीबाट एकको मृत्यु, चार मतपेटिका लुटियो

मेलुङ गाउँपालिका वडा नम्बर १ को पवती मतदान केन्द्रमा प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालयले मतपेटिका लुट्न आएको समूहसँग प्रहरीको झडप हुँदा घटना भएको बताएको छ।

अर्काको नाममा मत हाल्न खोजेपछि प्रहरीद्वारा गोली प्रहार

केही व्यक्तिले अर्काको नाममा मत हाल्ने प्रयास गरेपछि भएको विवादमा प्रहरीले गोली चलाएको छ। तामाकोशी गाउँपालिका वडा नं. ५, सहरेस्थित जनजागृति मावि मतदान केन्द्र अर्काको नाममा मतदान गर्न गएका व्यक्तिले प्रहरी हवल्दारलाई दुव्र्यवहार गरी आक्रमण प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो।

ज्येष्ठ नागरिक र प्रहरीबीच झडप

भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोको सरकारले देशको अर्थतन्त्र धारासायी बनाएको आरोप लगाउँदै राजधानी काराकस लगायत देशका विभिन्न सहरमा हजारौं ज्येष्ठ नागरिकले प्रदर्शन गरेका छन् ।

प्यूठानमा प्रहरी र स्थानीयबीच झडप

प्रहरी हिरासतमा रहस्यमय रुपमा एक ब्यक्तिको मृत्यु भएको विषयलाई लिएर भिंगृमा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ। बिहीवार राती स्वर्गद्वारी नगरपालिका वडा नं. ५ सारी निवासी भुपेन्द्र गिरी इलाका प्रहरी कार्यालय भिंगृको शौचालयमा मृत अवस्थामा भेटिएका थिए।

सुर्खेतका दुई केन्द्रमा अधिकृतदेखि प्रहरीसम्म महिला

बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सुर्खेतका दुई मतदान केन्द्रमा अधिकृतदेखि प्रहरीसम्म महिलालाई मात्रै खटाइएको छ। सुर्खेतका दुई सय ४० मध्ये दुई वटा मतदान केन्द्रमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, कर्मचारी र प्रहरी सबै महिलालाई खटाइएको छ।

म्यादी प्रहरीले गाउँलेलाई कुटे

मदिरा सेवन गरी लठ्ठिएका म्यादी प्रहरीले गाउँलेहरुलाई कुटपिट गरेका छन्। गौमुखी गाउँपालिकास्थित खुङमा रातीको समयमा सुतीरहेका स्थानीयलाई उनीहरुले कुटपिट गरेका हुन्। शनिबार राति भएको घटना भने प्रहरीले बाहिर ल्याएको छैन।

नवलपरासीमा म्यादी प्रहरीको मृत्यु

नवलपरासीको रामग्राम नगरपालिका–१० मन्झरियामा भएको सवारी दुर्घटनामा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ ।

विप्लव माओवादीको आक्रमणबाट सात प्रहरी घाइते

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी को आक्रमणबाट कालिकोटमा सात जना प्रहरी घाइते भएका छन्। प्रहरीको एक थान हतियार पनि भाँचिएको छ। घाइते मध्ये एक जना प्रहरीलाई थप उपचारका लागि सदरमुकाम मान्मा ल्याइएको छ ।

चुनावी सुरक्षामा प्रहरी-खेलाडी

राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान भरतबहादुर थापा, फुलबलका स्ट्राइकर जुमानु राईलगायत १ सय ९० प्रहरी संगठनका खेलाडी सिन्धुपाल्चोकमा सुरक्षा दिन तल्लिन छन्।

श्रीमती र सासूमाथि खुकुरी प्रहार गर्ने प्रहरी नियन्त्रणमा

सप्तरीको कञ्चनरुप नगरपालिका–५पिपरास्थित माइतीमा बस्दै आएकी आफ्नी श्रीमती र सासूलाई एक व्यक्तिले खुकुरी प्रहार गरी घाइते बनाएको छ ।

सशस्त्रले एआइजी पायो, प्रहरीमा रिक्त

सशस्त्र प्रहरी र नेपाल प्रहरीका एआइजी पद एकैपटक रिक्त भए पनि सशस्त्रमा मात्र पदपूर्ति भएको छ। नेपाल प्रहरीमा भने सबै एआइजी पद रिक्त छन्। फागुन २ गते सशस्त्र र प्रहरीमा संगठनको नेतृत्व र दोस्रो तहको एआइजी पद रिक्त भएको थियो।

अवैध सामानले भरिएको ट्रक प्रहरी नियन्त्रणमा

अवैध सामानले भरिएको एउटा ट्रकलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। भारतबाट भन्सार छलेर ल्याएइको कपडाजन्य सामानले भरिएको ट्रक भन्ने सूचनाको आधारमा रौतहट प्रहरीले ना १ ख ८३७१ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो।

अवैध रुपमा ल्याइएका कुखुराको चल्ला प्रहरी नियन्त्रणमा

सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा रौतहटतर्फ ल्याउँदै गरको हजारौँ मूल्य बराबरको कुखुराको चल्ला नियन्त्रणमा लिएको छ ।

तस्करसँग साठगाँठ गरेको आरोपमा ४ प्रहरी निलम्बनमा

तस्करसँग साटघाट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले ४ जना प्रहरीहरुलाई निलम्बित गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्