२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विश्वप्रकाशको प्रश्नः ७० कटेका ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न मिल्ने खेमराज सांसद बन्न किन नमिल्ने ?

बुधबार कास्की–२ को चुनावीसभामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाईप्रति नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा प्रतिक्रिया जनाएका छन्।

रूसमाथि चारवर्षे प्रतिबन्धको खतरा

विश्व एन्टी डोपिङ एजेन्सी (डब्लुएडिए) को आश्चर्यजनक प्रतिवेदन सार्वजनिक भएसँगै रूसका एन्टी डोपिङ (आरयुएसएडिए) प्रमुख युरे गानोसले मंगलबार आफ्नो राष्ट्र आगामी ४ वर्षका लागि सबै खाले प्रतियोगिता खेल्नबाट वञ्चित हुने सम्भावना रहेको बताएका छन्।

ओझेलमा सरसफाइ र स्वच्छता

विश्वले रेडियो, टेलिभिजन, मोबाइल, कम्प्युटर जस्ता प्रविधिको खोजी,उपयोग एवम परिमार्जन गर्दै आएको छ। र, विश्वव्यापीकरणको प्रभावले नेपालीले पनि त्यस्ता सामग्रीको उपयोगलाई अंगीकार गर्दै आएका पाइन्छ। तथापि सरसफाइ र स्वच्छता प्रवर्धनमा भने नेपाली समाजको तदारुकता अपेक्षित मात्रामा बढ्न सकेको पाइन्न। सरसफाइ एवं स्वच्छता अझै पनि मानिसको जीवनशैली बन्न नसकेको वास्तविकतालाई मध्यनजर गरी नेपालमा सरसफाइमा सामाजिक उत्तरदायित्वको आवश्यकता महसुस गरिएको हो।

त्रिवि उपकुलपतिका चुनौती

त्रिभुवन विश्वविद्यालय नेपाली उच्च शिक्षाको खुला प्रयोगशाला हो। देशमा विश्वविद्यालयको संख्या थपिँदै गए पनि अधिकांश विद्यार्थीको पहिलो रोजाइ यही संस्था हुँदै आएको छ। करिब १४ हजार शिक्षक र कर्मचारी साथै खर्बौँको अचल सम्पत्ति हुनु यसका सवल पक्ष हुन्। तर मानव संसाधन र साधन स्रोतको सही व्यवस्थापन नै त्रिविको जटिल समस्या हो। यसकै जनशक्ति प्रयोग गरेर देशका प्रायः सबैजसो निजी र सामुदायिक क्याम्पस चलेका छन्। तर त्रिविले ती संस्थाबाट हालसम्म कुनै आर्थिक र सामाजिक लाभ लिन सकेको छैन। एकोहोरो निजी र सामुदायिक क्याम्पसको उन्नयनमा लागेको त्रिवि आफैँ भने दिन÷प्रतिदिन ओरालो लाग्दो छ। त्रिविको नाम जोडेर सल्लाहकार, स्रोतव्यक्ति, विज्ञ वा फ्याकल्टीको रूपमा अन्यत्र काम गर्ने प्राध्यापकलाई नियमन गर्न नसक्ने हो भने त्रिविको सुधार गर्न असम्भव छ।

घुषसहित पक्राउ परे लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल

लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल रत्नेश्वर तिवारीलाई २५ हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ।

‘बनाउन सक्दैनौ भने नभत्काऊ’

नयाँ काम सम्भव छैन भनेर काम गर्नेलाई अवरोध पु¥याउने संस्कार नै हाम्रो प्रगतिको मूल बाधक हो। त्यसैले बनाउन सक्तैनौँ भने भत्काउने काम नगरौँ, सिर्जना गर्न सक्तैनौँ भने विनाश नगरौँ। हामीले सहयोग, सहकार्य र रचनात्मक आलोचनाको संस्कृतिलाई प्रोत्साहित गर्न सक्यौँ भने हामीसँग रहेका ऊर्जा र स्रोतलाई प्रस्फुटन गराउन र सदुपयोग गर्न सक्नेछौँ।

साँढे १५ हजार स्वास्थ्य जनशक्ति उत्पादन गरेका छौँ

प्रा.डा. राजेन्द्र कोजू काठमाडौँ विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेजका डिन हुन्। उनीसँग यो विश्वविद्यालय तथा उनी डिन रहेका निकायले मुलुकको स्वास्थ्य क्षेत्रमा पु-याएको योगदानबारे नागरिककर्मी मधुसुधन गुरागाईँले गरेका संक्षिप्त कुराकानी:

‘बिजुलीको गुणस्तर सुध्रँदो’

विश्व बैंकको सर्भेले नेपालमाविद्युत् पहुँचको गुणस्तरमाउल्लेखनीयप्रगतिभएको देखाएको छ। विश्व बैंकले सन् २०१७मा गरेको सर्भेले सय घरधुरीमध्ये ९५ माबिजुलीको पहुँचपुगेको देखाएको छ। विश्व बैंकले नेपालमाविद्युत् पहुँचको गुणस्तर सम्बन्धी सर्भेले नेपालले बिजुलीको गुणस्तरमाक्रमशःउल्लेखनीय रुपमासुधार भएको देखाएको छ।

मेडिकल कलेजलाई बढी शुल्क असुल्न केयुकै परिपत्र

यसैगरी, देवदह मेडिकल कलेज रूपन्देहीलाई ४२ लाख ९० हजार, विराट मेडिकल कलेज विराटनगरलाई २१ लाख ९० हजार र काठमाडौ विश्वविद्यालय धुलिखेललाई ३० लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिन सो विश्वविद्यालयले परिपत्र गरेको छ।

नेपालमा दस जनामध्ये एकलाई दम

चिकित्सकका अनुसार पहिला र अहिलेको दम रोगका लाग्नुको कारणमा परिवर्तन आएको छ। पहिला नियमित लामो समयसम्म धूमपान गर्ने र आगोमा खाना पकाउनेमा दम रोग देखिन्थ्यो, अहिले सडकको धुलो–धुवाँका कारण दम रोगी बढेका छन्।

चिनियाँ लामाको विवाद छानविन गर्न समिति

विश्व सम्पदामा सूचिकृत बौद्ध घ्याङ गुठीका चिनियाँ लामा ‘भुपति बज्र’को विवाद छानबिन गर्न समिति गठन गरिएको छ ।

‘नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्रको जोखिम’

लगातार उच्च व्यापार घाटाले नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्रको जोखिम बढाएको विश्व बैंकको एक प्रतिवेदनले देखाएको छ। मंगलबार विश्व बैंक ग्रुप र इन्स्टिच्युट फर इन्टिग्रेटेड डेलभलपमेन्ट स्टडिज (आइआइडिएस) ले सार्वजनिक गरेको सन् २०१९ मो दक्षिण एसियाली आर्थिक फोकस प्रतिवेदनले यस्तो देखाएको हो।

कुवेतविरुद्धको खेलमा नेपाल १-० ले पराजित

फिफा विश्वकप २०२२ अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले कुवेतविरुद्ध १–० ले हार ब्यहोरेको छ। भुटानको थिम्पुमा भएको होम खेलमा हारका बावजुत सुधारिएको प्रदर्शन गरेको छ।

कैयौं प्रदर्शनकारी विश्वविद्यालय हाताबाटै पक्राउ

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङले हङकङमा चाँडै नै हिंसा अन्त्य भएको हेर्न बेइजिङ इच्छुक रहेको बताउँदै सार्थक राजनीतिक वार्तामा जोड दिएका छन्।

अंक खोस्ने प्रयासमा नेपाल

नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले मंगलबार विश्वकप छनोट २०२२ को पहिलो होम गेममा कुवेतको सामना गर्दा कम्तीमा अंक खोस्नका लागि खेल्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्