२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

विश्वप्रकाशको प्रश्नः ७० कटेका ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न मिल्ने खेमराज सांसद बन्न किन नमिल्ने ?

काठमाडौं– बुधबार कास्की–२ को चुनावीसभामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाईप्रति नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा प्रतिक्रिया जनाएका छन्। प्रचण्डले पोखरामा चुनावीसभामा सम्बोधन गरेको केहि समयमै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन्।

शर्माले प्रचण्डको भनाईप्रति प्रश्न उठाउँदै ट्वीट गरेका छन् ‘देवघाट पठाउने उमेरमा सांसद ? प्रचण्डले आज पोखरामा भन्नू भो।’ शर्माले अर्को लाइनमा लेखेका छन् ‘कमरेड यहाँको उचाई र उमेरले यस्तो बोल्नु शोभनीय हो ? ७० कटेका ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न मिल्ने, ७० कै हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने, अनि त्यस्तै उमेरमा खेमराज गुरुले सांसद बन्न चैं किन नमिल्ने?’

प्रचण्डले के भनेका थिए कास्कीमा ?
कास्कीको चुनावीसभालाई सम्बोधन गर्दै देवघाटतिर गएर ध्यान र ज्ञान लिनुपर्ने उमेरमा उम्मेदवार बनाएको बताएका थिए। ‘हाम्रो प्रधानमन्त्री (केपी शर्मा ओली)लाई विदा लिनुपर्छ भन्नेले विचरा ७७ वर्षका बुढालाई जो अब देवघाटतिर जानुपर्ने मान्छेलाई, त्यहाँ गएर ध्यान र ज्ञान सिक्नुपर्ने मान्छेलाई आफु अघि सार्ने अनि ६५ वर्षका जवानलाई आराम (रेष्ट) गर्नु भन्न मिल्छ त? यो कँही कतै मिल्ने कुरा होईन्।’

प्रकाशित: ११ मंसिर २०७६ ११:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App