२० आश्विन २०८१ आइतबार
image/svg+xml

मन्त्री यादवलाई पदमुक्त गर्न माग

चर्चित ‘गौर हत्या काण्ड’ २०६३ चैत ३ मा तत्कालीन मधेसी जनअधिकार फोरमको अग्रसरतामा घटाइएको सामूहिक हत्या थियो। जसमा २८ जना माओवादी समर्थक व्यक्तिले अनाहकमा जीवन गुमाउनुपरेको थियो। उनीहरूलाई बर्बर र पाशविक तरिकाबाट हत्यामा फोरमका कार्यकर्ताको संलग्नता रहेको थियो।

लाइसेन्स ट्रायलमा ७० अंक लागु गर्न आनाकानी

सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ मा प्रयोगात्मक परीक्षामा ७० प्रतिशत अंक ल्याए पास हुने व्यवस्था छ। तर प्रदेश सरकारमातहतका यातायात व्यवस्था कार्यालयले भने सो व्यवस्था लागु नगर्न चलखेल सुरु गरेका छन्।

केन्द्रमा कर्मचारी दरबन्दी ३ वर्षमा ३ हजार थपिए

भौतिक पूर्वाधार मन्त्रालयले यो साता मात्र केन्द्रमा थप ३ वटा सडक डिभिजन कार्यालय गठन गरेको छ। मन्त्रालयका प्रवक्ता ललिजन खनालले भौतिकले लगेको प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएको जानकारी आफूले पाएको बताए। उनका अनुसार ललितपुर, प्युठान र खुर्कोेट (सिन्धुली) मा थप ३ वटा सडक डिभिजन कार्यालय गठन गरिएका छन्।

यस्तो रह्यो भूकम्पपछिको पुनर्निर्माण

प्राधिकरणले पुनर्निर्माणमा गत असारसम्म ३ खर्ब ७१ अर्ब रूपैयाँ खर्च गरेको छ। सबै काम पूरा हुन अझै ८० अर्ब रूपैयाँ लाग्ने बताइएको छ।

भौतिक पूर्वाधार मन्त्रालयमा चरम बेथितिः कनिष्ठलाई जिम्मेवारी दिने क्रम जारी

दुई साताअघि प्राविधिक सहसचिव (सुई) को दरबन्दी रहेका सडक आयोजनामा कनिष्ठलाई कामु बनाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुनः डिभिजनल इन्जिनियर (डिई) को दरबन्दी रहेको स्थानमा कामुको जिम्मेवारी दिन थालेको छ।

भ्रष्टाचारको अखडा बन्दै स्थानीय तह

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेका उजुरीमध्ये ३२.७२ प्रतिशत स्थानीय तहसँग सम्बन्धित छन्।

जयनगर–कुर्था रेलमार्ग हस्तान्तरण: सञ्चालनको टुंगो अझै लागेन

भारतीय सरकारले अनुदानमा निर्माण गरेको जयनगर–कुर्था ३४.९ किलोमिटर अन्तर्राष्ट्रिय रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

मन्त्री यादवले प्राथमिकता छुट्याएर काम गर्ने

मन्त्री यादवले आइतबारदेखि मन्त्रालयले हाल गरिरहेको कामको ब्रिफिङ लिने र कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी हुन्।

कोभिडका कारण विकासे मन्त्रालयहरूले लक्ष्यअनुसार प्रगति हासिल गर्न सकेनन् : मन्त्री नेम्वाङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले कोभिड र प्राकृतिक प्रकोपले पूर्वाधार निर्माणमा धेरै असर पुर्‍याएको बताएका छन्।

मन्त्री नेम्वाङद्वारा चार मन्त्रालयको पदभार ग्रहण

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज थप चार मन्त्रालयको पदभार ग्रहण गरेका छन्।

आगामी वर्ष तीन ठाउँमा सुरुङमार्ग सुरु हुने

सरकारले आगामी आर्थिक वर्षदेखि तीनवटा सुरुङमार्गको निर्माण गर्ने घोषणा गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सिद्धबाबा, लामाबगर–लाप्चे, धरान–लेउती सुरुङमार्गको निर्माण थाल्ने घोषणा गरेका थिए। यी तीनवटामध्ये सिद्धबाबा सुरुङमार्गको ग्लोबल टेन्डर आह्वान भइसकेको छ।

साउनबाटै बजेट कार्यान्वयन: मन्त्री नेम्वाङ

मन्त्री नेम्बाङले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा एक खर्ब ६२ अर्ब ५० करोड बजेट प्राप्त भएको र त्यसलाई कार्ययोजना तयार पारेर साउन १ गतेदेखि नै प्रभावकारी ढंगले कार्यान्वयन गर्ने दाबी गरे।

गोसाइँकुण्डमा शिवको मूर्ति निर्माण गर्नका लागि 'माग्ने अभियान' सुरु गर्छौंः मन्त्री फुयाल

रसुवाको गोसाइँकुण्डमा २७ फिट अग्लो शिवको मूर्ति निर्माण हुने भएको छ। २६ औं वन्यजन्तु सप्ताह–२०७८ को समापन कार्यक्रममा बोल्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले माग्ने अभियान सञ्चालन गरेर मूर्ति निर्माण गर्न लागिएको बताएका हुन्।

कानुन फेरेर पनि निर्माण व्यवसायलाई समृद्ध बनाइन्छ: मन्त्री नेम्बाङ

भौतिक पूर्वाधारको विकासबिना सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको अवधारणा पूरा हुनै नसक्ने मन्त्री नेम्बाङले बताए। सरकारसँग आफ्नो स्वामित्वमा कुनै निर्माण कम्पनी नरहेको स्पष्ट पार्दै मन्त्री नेम्बाङले देशभरका निर्माण व्यवसायी नै सरकारको विकास साझेदार रहेको बताए।

भौतिक पूर्वाधार मन्त्रालयलाई १४८ अर्ब बजेट सिलिङ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्षमा पूर्वाधार क्षेत्रमा नयाँ आयोजना थप्नेभन्दा वर्षौंदेखि निर्माणाधीन आयोजना अघि बढाउने भएको छ। राष्ट्रिय योजना आयोगले मन्त्रालयलाई एक खर्ब ४८ अर्ब रूपैयाँको सिलिङमा रहेर बजेट तथा योजना छनोट गर्न निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्