५ आश्विन २०८१ शनिबार
image/svg+xml

संसदमा सैनिक अभ्यासदेखि बाँदर आतंकसम्मका कुरा

प्रतिनिधिसभामा सांसदहरुले भारतको पुनामा हुन लागेको बिम्स्टेक राष्ट्रका सैनिकको अभ्यासदेखि बाँदर आतङ्क, बलात्कार, बाढीपहिरोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा पहिलो वक्ताको रुपमा भाग लिँदै सांसद भीमबहादुर रावलले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन भव्यताका साथ सम्पन्न गर्नु स्वागतयोग्य कार्य भएको बताए।

बाँदरबाट मकै जोगाइदिन सांसदसँग हारगुहार

पाल्पाको रिब्दीकोट गाउँपालिकामा बाँदरले मकै नष्ट गरेपछि यहाँका किसान चिन्तित बन्दै गएका छन्।

बाँदर आतंकले बसाइँ चिन्ता

उपन्यासकार लीलबहादुर क्षेत्रीले गाउँका शोसक सामन्तले उठिबास लगाएका कारण निम्नवर्गीय किसान बसाइँ सर्न बाध्य भएको कथा बुनेर ६ दशकअघि दशकअघि ‘बसाइँ’ (२०१४) उपन्यास लेखेका थिए। यति बेला खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका किसान पनि बसाइँ सर्नुपर्ने बाध्यतामा छन्। तर कारणको रुप भने फरक छ। शोषक सामन्तका कारण होइन, दोर्पा चिउरीडाँडाका किसान बाँदरका कारण बसाइँ सर्नुपर्ने अवस्था आइलागेको छ।

बाँदरमुढे घटनाको १३ वर्ष बित्यो : पीडितले न्याय पाएनन्

सशस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा माओवादीले चितवन जिल्लाको माडी क्षेत्रमा पर्ने कल्याणपुर गाविसको बाँदरमुढे खोलामा यात्रुवाहक बसमा विद्युतीय धराप विष्फोट गराएको आज बुधवार १३ वर्ष भए पनि पीडितले अझै न्याय पाएका छैनन् ।

बाँदरले घरभित्रै पसेर महिलालाई टोकेपछि...

बगनासकाली गाउँपालिका–८, बराङ्दीमा बाँदरको टोकाईबाट एक महिला घाइते भएकी छिन्। ४५ बर्षीय देवीसरा रानालाई घरमै बसिरहेको समयमा बाँदरले टोकेको हो।

बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्र्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहोर्‍याएका छन्।

बाँदर आतंकले जमिन बाँझै

सदरमुकाम चरिकोट बजार नजिकैको खत्री गाउँमा पर्ने ढुंगेसाँघु बारी केही वर्ष अघिसम्म यो बारी काउली, साग जस्ता तरकारी बालीले हराभरा हुन्थ्यो । तर केही वर्षदेखि यो बारी बाँझै छ।

‘बाँदरलाई पैसा छुट्टाइयो, क्षति गर्न छाडेन’

‘हैन बाँदर नियन्त्रणका लागि पैसा छुट्टाईएको छ, नियन्त्रणको काम कसरी हुन्छ सरकार ?’ बगनाशकाली गाउँपालिका–९, चापपानीका भोजराज भट्टराईले स्थानीय गाउँ सरकारलाई प्रश्न गर्दै थिए। उनले बगनाशकाली गाउँपालिकाको सार्वजनिक सुनुवाईमा राखेको प्रश्न हो यो।

शहीद घोषणाको बाँदरमुढे पीडितद्वारा स्वागत

बाँदरमुढे घटना पीडित समितिले उक्त घटनाका मृतकलाई सरकारले शहीद घोषणा गरेकामा स्वागत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विसं २०६२ जेठ २३ गते जिल्लाको माडीस्थित बाँदरमुढे खोलामा यात्रुबाहक बसमा भएको बम विस्फोटमा परी मारिएका ३८ जनालाई शहिद घोषणा गरेकामा समितिले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी स्वागत गरेको हो।

बाँदरमुढे घटनाका मृतकलाई सहीद घोषणा

सरकारले बाँदरमुढे घटनामा मारिएकाहरुलाई सहिद घोषणा गरेको छ। विहीबार राति सम्पन्न मन्त्रिपरिषद बैठकले बाँदरमुढे घटनाका मृतकलाई सहीद घोषणा गरेको कानूनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए।

बाँदरमुढेका मृतकलाई सहिद घोषणा गर्ने सरकारको तयारी

सरकारले बाँदरमुढे घटनामा मारिएकाहरुलाई सहिद घोषणा गर्ने तयारी गरेको छ। चितवनको बाँदरमुढेमा २०६२ साल जेठ २३ गते यात्रुले खचाखच भरिएको बसलाई लक्षित गरी माओवादीले विद्युतीय धराप विष्फोट गराउँदा ३८ जनाको ज्यान गएको थियो।

बाँदरलाई भन्दै मान्छेलाई गोली हान्दा एकको मृत्यु

बाँदरलाई भन्दै हानेको गोली लाग्दा एक व्यक्तिको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–६, मस्यामको छत्तीवन जंगलमा गोली लागि ६२ वर्षका धनबहादुर थापाको मृत्यु भएको हो ।

बाँदरमुढे घटनाका पीडित र दाहालबीच तीन बुँदे सहमति

बाँदरमुढे घटनाका पीडित र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच तीन बुँदे सहमति भएको छ। वाम गठवन्धनले माडीमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्वोधन गर्न माडी पुगेका दाहालसँग घटनामा पीडित प्रतिनिधिसँग सहमति भएको हो।

दाहाललाई बाँदरमुढेको सकस

कात्तिक १५ गते चितवन आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६ गते उम्मेदवारी दर्ता गराएपछि पाँच दिन जिल्लामै बिताए । कात्तिक २० गते काठमाडौं फर्कंदासम्म उनी दर्जनौं कार्यक्रममा सहभागी भए । उनको चुनावी अभियानमा असर पार्ने आकन गरिएको बाँदरमुढे घटनापीडितलाई भेट्ने योजना भने अधुरै रह्यो ।

बाँदरले मकै सखाप पारेपछि राहत माग्दै गाउँपालिकामा

बाँदरले मकैलगायतका अन्नबाली सखाप पारेपछि राहतका लागि पीडित कृषक गाउँपालिका धाउन थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्