५ आश्विन २०८१ शनिबार
image/svg+xml

विमानस्थलमा बाँदरको रजाइँ (भिडियो)

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल, राष्ट्रको एक मात्र अन्तरार्ष्ट्रिय विमानस्थल हो। विदेश जाने र फर्किने यात्रुका कारण यो विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्मै व्यस्त रहन्छ। दैनिक करिब ७० अन्तरार्ष्ट्रिय उडान हुने विमानस्थलको अागमन र प्रस्थान कक्षमा बाँदरले सास्ती दिइरहेको छ। आन्तरिक टर्मिनलतर्फको सैनिक ब्यारेक रहेको जंगलबाट आउने बाँदर समूहले यात्रुको हेन्डब्याग खोस्ने, पसलका खानेकुरा खाइदिने हर्कत गर्दै आएको हो।

बाँदर नियन्त्रणको माग गर्दै धादिङबेसीमा प्रदर्शन

धादिङका बाँदर पीडित किसानहरुले बाँदर आतंक नियन्त्रणको माग गर्दै बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन गरेका छन् ।

बाँदरमुढे घटनाका १२ वर्ष : पीडित अझै न्यायको पर्खाइमा

सशस्त्र संघर्षका बेला माडीको बाँदरमुढेमा यात्रुले खचाखच सार्वजनिक बसलाई लक्षित गरी माओवादीले विद्युतीय धराप विष्फोट गराउँदा ३८ जनाको निधन र ७२ जना घाइते भएको मंगलबार १२ वर्ष पूरा हुँदैछ।

बाँदरझैं उफ्रेर मत पत्र च्याते : एसपी थापा

भरतपुरको कभर्ड हलमा मतगणना भइरहँदा हिजो मध्यरातमा भएको घटनाबारे चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दीपक थापालाई सोध्दा उनले यसो भने।

बाँदर धपाईदिने उम्मेदवारलाई मतदान

लगाएको बाली सबै बाँदरले सखाप बनाएपछि यहाँका स्थानीयले जसले बादर नियन्त्रण कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउँछ उसैलाई मतदान गर्ने योजना बनाएका छन्।

चुनाव चिह्न : पानको पातदेखि बाँदरसम्म

स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा ११ राजनीतिक पार्टीले मात्र दलीय चुनाव चिह्न पाएका छन्। चुनावी प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालयमा २० दल दर्ता छन्। संसद्मा प्रतिनिधित्व गर्ने पार्टीले मात्र दलीय चुनाव चिह्न पाएका हुन्।

इन्जेक्सन दिएर ५७ बाँदर मारियो

उत्तरी जापानको एक चिडियाखानाका ५७ हिम बाँदरहरुलाई घातक इन्जेक्सन दिएर मारिएको छ। तिनीहरूको डीएनए परिक्षण गर्दा आक्रामक विदेशी प्रजाती भएको तथ्य खुलेपछि मारिएको बिबिसीले जनाएको छ।

घरमा बाँदर पस्न थालेपछि कृषक समस्यामा

दुःख गरेर लगाएको बाली बाँदरले खाइदिन थालेपछि खाद्यान्न समस्या झेल्दै आएका कास्कीका कृषक पछिल्ला दिन घरभित्रै बाँदर पस्न थालेपछि थप समस्यामा परेका छन्।

बाँदरले अन्न खायो, किसानले के खाने ?

खोटाङका पाँच गाबिसका किसानले बाँदर आतंक नियन्त्रणकालागि प्रशासनलाई गुहारेका छन्। खेतबारीमा लगाइएको धान, मकै, कोदो, गहुँ, आलु लगायतका प्रमुख बालीनाली बथानका–बथानमा आउने बाँदरले खाइदिने र नष्ट गरिदिने गरेको भन्दै दिक्तेल, नेर्पा, दोर्पाचिउरीडाँडा र लफ्याङका पिडित किसानले बाँदर आतंक नियन्त्रणकालागि जिल्ला प्रशासन कार्यालयलाई गुहारेका हुन् ।

बाँदर र दुम्सीको आङ्तक सहन नसकेर गाउँबाटै विस्थापित

म्याग्दीको भकिम्ली–९ लरेनीका दुई घर परिवार बाँदर र दुम्सीको आतङ्कका कारण गाउँ छोडेर हिँड्न बाध्य भएका छन् । जङ्गलको बीचमा रहेको गाउँ लरेनीका सूर्य किसान, हरि किसानको परिवार गाउँबाट विस्थापित भइसकेका छन् ।

पशुपतिमा बाँदरकाे चर्तिकला

पशुपतिनाथ मन्दिरका बाँदरले त्यहाँ पुग्ने जो कोहीको ध्यान खिच्छन्। दर्शनार्थी र पर्यटकलाई तर्साउने र सास्ति दिनेमात्रै हाइन यहाँका बाँदरले कहिले कहीँ मनोरञ्जन पनि गराउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्