२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

गौतमले मन्त्रीलाई बुझाए चौबीस घन्टे स्पष्टीकरण

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले पर्यटनमन्त्री जीतेन्द्रनारायण देवलाई चौबीस घन्टे स्पष्टीकरणपत्रको जवाफ बुझाएका छन् ।

गौतमलाई चौबीस घन्टे स्पष्टीकरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई शुक्रबार चौबीस घन्टे स्पष्टीकरण सोधेका छन् ।

गौतम हटाउन चौबीस घन्टे स्पष्टीकरणको अन्तिम तयारी

पर्यटनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई जसरी पनि पदमुक्त गर्ने उद्देश्य लिएर चौबीस घन्टे स्पष्टीकरण सोध्ने अन्तिम तयारी गरेका छन् ।

डोलिन्द्रले बुझाए स्पष्टीकरण

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले सरकारबाट दोस्रोपटक सोधिएको स्पष्टीकरणको जबाफ आइतबार शिक्षा मन्त्रालयमा बुझाएका छन् । साझामा भएको अनियमितताबारे समाचार प्रकाशित भएपछि मन्त्रालयले गठन गरेको छानबिन समितिले शर्मासहितको सञ्चालक समितिलाई कारबाही गर्न सिफारिस गरेपछि मन्त्रालयले भदौ १९ मा उनलाई स्पष्टीकरण सोधेको थियो।

आङ छिरिङको जग्गा नकिन्दा स्पष्टीकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीस्थित धरान विमानस्थल बनाउन केही व्यक्तिको जग्गा नकिनिदिएपछि महानिर्देशक सञ्जीव गौतमलाई स्पस्टीकरण सोधिएको खुलेको छ । प्राधिकरणको चालू आर्थिक वर्षको बजेटमा यती इनकर्पाेरेट कम्पनीको नाममा रहेको करिब ७ बिघा जग्गा किन्न बजेट नछुट्याएपछि गौतमलाई हटाउन चलखेल सुरु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले बताएको छ । विमानस्थलका लागि ७० हेक्टर जग्गा आवश्यक पर्छ ।

अध्यक्ष शर्मालाई फेरि तीनदिने स्पष्टीकरण

साझा प्रकाशनमा अनियमितता प्रकरणमा शिक्षा मन्त्रालयले अध्यक्ष तथा महप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई पुनः तीनदिने स्पष्टीकरण सोधेको छ । स्पष्टीकरणमा ‘तपाईंलाई किन कारबाही नगर्ने ?’

अन्तरघात गर्नेलाई काँग्रेसको स्पष्टीकरण

नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै विभिन्न नेता, कार्यकर्तामाथि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

उपप्रधानमन्त्री गच्छदारसँग आयोगको स्पष्टीकरण

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै उपप्रधानमन्त्री, राज्यमन्त्रीलाई स्पष्टीकरण सोधेको छ।

उप्रधानमन्त्री गच्छदारलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

निर्वाच आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई स्पष्टीकरण सोधेको छ।

साझा अध्यक्ष शर्मासँग स्पष्टीकरण माग

शिक्षा मन्त्रालयले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । मन्त्रीस्तरीय निर्णयले अध्यक्ष शर्मालाई छानबिन समितिको प्रतिवेदनका आधारमा सत्यतथ्य खुलाई स्पष्टीकरण दिन निर्देशन दिएको हो ।

आयोगले गृहमन्त्रीसँग माग्यो स्पष्टीकरण

निर्वाचन आयोगले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग आचारसंहिता उल्लंघन विषयमा स्पष्टीकरण सोधेको छ।

सिइओ ज्ञवालीले सरकारलाई बुझाए ६ पानाकाे दोस्रो स्पष्टीकरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सरकारले सोधेको दास्रो स्पष्टीकरणको जबाफ अाज बुझाएका छन्। ज्ञवालीले यसअघि बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै सरकारले बिहीबार दोस्रोपटक 'तपाईंलाई पदबाट किन नहटाउने?' भन्ने बेहोरासहित चारबुँदे स्पष्टिकरण सोधेको थियो।

ज्ञवालीले बुझे २४ घन्टे स्पष्टीकरण पत्र

राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले सरकारले सोधेको २४ घन्टे स्पष्टीकरण पत्र शुक्रबार बुझेका छन्। सिइओ ज्ञवालीले यसअघि बुझाएको स्पष्टीकरण  चित्त नबुझेको भन्दै सरकारले बिहीबार दोस्रोपटक 'तपाईंलाई पदबाट किन नहटाउने?' भन्ने बेहोराको स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

ज्ञवालीलाई फेरि २४ घन्टे स्पष्टीकरण

सरकारले 'तपाईंलाई पदबाट किन नहटाउने?' भन्दै राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई पुनः २४ घन्टे स्पष्टीकरण सोधेको छ। यसअघि सरकारले सोधेको स्पष्टीकरणमा सिइओ ज्ञवालीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले दोश्रोपटक स्पष्टीकरण सोधेको हो।

यस्तो छ ज्ञवालीले बुझाएको ७२ पृष्ठको स्पष्टीकरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारलाई ७२ पृष्ठ लामो स्पष्टीकरण बुझाएका छन्। गत बिहीबारको मन्त्रिपरिषद् बैठकले कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सोधेको स्पष्टीकरणको जबाफ ज्ञवालीले बुधबार प्रधानमन्त्री कार्यालयमा बुझाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्