२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

स्वास्थ्यमन्त्री थापाद्वारा क्यान्सर अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण माग

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अस्तव्यस्त बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले सञ्चालक समितिका अध्यक्ष र कार्यकारी निर्देशकसंग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयको टोलीले अस्पतालको अनुगमन गरेर प्रतिवेदन पेस गरेपछि स्वास्थ्य मन्त्री गगन थापाले सञ्चालक समिति अध्यक्ष डा प्रकाशराज न्यौपाने र कार्यकारी निर्देशक डा चीनबहादुर पुनलाई तीनदिनभित्र लिखित जवाफ दिन स्पष्टीकरण माग गरेका हुन्।

प्राधिकरणका सञ्चालकसँग सार्वजनिक सूचनामार्फत स्पष्टीकरण माग

पदीय मर्यादा विपरीत काम गरेको भन्दै ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकलाई आज सार्वजनिक सूचनामार्फत पत्र बुझ्न भनेको छ । ऊर्जा मन्त्रालयले एक सूचना प्रकाशित गरी प्राधिकरणका सञ्चालकत्रय मनोजकुमार मिश्र, लक्ष्मणप्रसाद अग्रवाल र सुरज लामिछानेलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन आग्रह गरेको हो । उनीहरुले मन्त्रालयले काटेको स्पष्टीकरणपत्र बुझ्न अस्वीकार गर्दै आएका थिए।

संयुक्त वक्तव्यप्रति सरकारको स्पष्टीकरण

काठमाडौँ- सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालको भारतको राजकीय भ्रमणका अवसरमा जारी भएको संयुक्त वक्तव्यप्रति केही सञ्चारमाध्यमले अन्यथा अर्थ लाग्ने गरी समाचार प्रकाशन गरेका सन्दर्भमा स्पष्ट पारेको छ।

निजामती नियमावली संशोधनबारे स्पष्टीकरण

लोकसेवा आयोगले सामान्य प्रशासन मन्त्रालयलाई निजामती सेवा नियमावली संशोधन गर्नुपर्ने कारण सोधेको छ। मन्त्रालयले कर्मचारी सरुवाका लागि समय थप्न भन्दै नियमावली परिवर्तनका लागि स्वीकृति मागेपछि आयोगले स्पष्टीकरण सोधेको हो।

उपसचिव पन्तसँग लिखित स्पष्टीकरण माग

काठमाडौँ-अनुगमनपूर्व नै व्यापारीलाई जानकारी दिएको भन्दै आपूर्ति मन्त्रालयले उपसचिव अर्जुन पन्तलाई २४ घन्टाभित्र लिखित स्पष्टीकरण दिन भनेको छ।

संविधान कुल्चँदै सात डाक्टरसँग स्पष्टीकरण

संविधानमै नभएको 'अनुचित कार्य' सम्बन्धी प्रावधान उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग दबाबमा त्रिभुवन विश्वद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का सात चिकित्सकमाथि कारबाही प्रक्रिया अघि बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्