२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पेट्रोलिय पदार्थमा भएको मूल्य वृद्धिविरुद्धको प्रदर्शनमा झडप

पेट्रोलिय पदार्थमा भएको मूल्य वृद्धिविरुद्ध फ्रान्सको राजधानी पेरिसमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

पेट्रोलियम पाइप लाइन तीन महिनाभित्र तयार हुँदै

मोतिहारीदेखि अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३९.२ किलोमिटर भू–भागमध्ये २१ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ।

सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन प्रस्ताव

भारतबाट पेट्रोलियम पदार्थ ल्याउन मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना निर्माणले तीव्रता पाइरहेका बेला नेपाल आयल निगमले अर्को पाइपलाइन परियोजनाको प्रस्ताव गरेको छ। अहिले निर्माणाधीन पाइपलाइनले मुलुकमा खपत हुने पेट्रोलियम पदार्थको पूरै माग धान्न नसक्ने भएपछि निगमले प्रदेश नं १ लाई लक्ष्य गरेर अर्को पाइपलाइन परियोजना निर्माण गर्ने तयारी गरेको हो।

चार पेट्रोल पम्पमा सिलबन्दी

उपभोक्तालाई कम पेट्रोलियम पदार्थ दिएर ठगी गरेको भेटिएपछि कलैया उपमहानगरपालिका क्षेत्रमा सञ्चालित चार पेट्रोल पम्प कारबाहीमा परेका छन्।

फ्रान्समा मूल्य वृद्धिविरुद्धको प्रदर्शन

पेट्रोलियम पदार्थमा बढ्दो मूल्य वृद्धिविरुद्ध फ्रान्सको राजधानी पेरिसको सडकमा उत्रिएका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ।

उपभोक्ता ठग्ने चार पेट्रोल पम्प कारबाहीमा

उपभोक्तालाई कम पेट्रोलियम पदार्थ दिएर ठग्ने चार पेट्रोल पम्प कारबाहीमा परेका छन्। गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय वीरगन्जले गरेको अनुगमनका क्रममा कलैया उपमहानगरपालिका क्षेत्रमा रहेका ती पम्पहरुले उपभाेक्तालार्इ ठगी गर्ने गरेकाे खुलेकाे हाे।

ठग पम्पलाई इन्धन नदिन आयल निगमको निर्देशन

उपभोक्तालाई कम परिमाणमा इन्धन दिएर ठगी गर्ने पेट्रोलपम्पहरुलाई इन्धन उपलब्ध नगराउन नेपाल आयल निगमले मातहतका डिपोहरुलाई निर्देशन दिएको छ।

पेट्रोलियम पाइपलाइन परियोजना : सात महिनामा आधा काम

मुलुकको पेट्रोलियम कारोबारमा महत्वपूर्ण मानिए पनि मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना बनाउन करिब दुई दशक कुरा मात्र गरियो । नेपालले उच्च प्राथमिकता दिएको यो परियोजना बनाउन भारतको दोधारे नीतिका कारण यति धेरै समय लागेको थियो ।

‘हाइटेक’ प्रविधि प्रयोग गरेर पेट्रोल पम्पद्वारा ठगी

पेट्रोल पम्प सञ्चालकले उच्च प्रविधि प्रयोग गरेर उपभोक्ता ठगेको भेटिएको छ। काठमाडौं सानो भ-याङको बंगलामुखी आयल स्टोर्सले ‘हाइटेक’ प्रविधि प्रयोग गरेर उपभोक्ता ठगेको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको हो।

थानकोट डिपोबाट आज पनि इन्धन वितरण

काठमाडौं उपत्यकामा तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन आज पनि नेपाल आयल निगमले इन्धन वितरण गर्ने जनाएको छ।

नमूना पम्पको मापदण्ड फेर्ने तयारी

नेपाल आयल निगमले नयाँ मापदण्ड तयार गरेर ‘नमूना पेट्रोल पम्प’ सञ्चालन अनुमति दिए पनि पूर्णरुपमा कार्यान्वनयमा नआउँदै मापदण्ड फेर्ने तयारी गरेको छ।

पेट्रोलियम पदार्थको मूल्य छठसम्म नबढ्ने

सरकारले नेपाल आयल निगमलाई आगामी छठसम्म पेट्रोलियम पदार्थमा मूल्य नबढाउन निर्देशन दिएको छ।

दशैंमा तेल अभाव हुँदैन : आयल निगम

नेपाल आयल निगमले दशैंमा पेट्रोलियम पदार्थको अभाव नहुने बताएको छ। उपत्यकामा आपूर्ति गर्दै आएको निगमको थानकोट डिपोले अभाव नहुनेगरी डिलरहरुलाई तेल वितरण गरिसकेको जनाएको छ। ‘कुनै समस्या आए थानकोट डिपोले १० जना कर्मचारी तयारी अवस्था राखेको छ, हामीले तत्कालै सप्लाई गरेर उपलब्ध गराउँछौं’, थानकोट डिपोका प्रमुख भरत रेग्मीले नागरिकसँग भने, ‘तर दशैंमा तेलको अभाव हुन दिँदैनौं।’

पेट्रोलियम अन्वेषणमा भूसामरिक कठिनाइ

पहिलोपटक प्रधानमन्त्री बन्दा केपी शर्मा ओलीले देशमा दुई वर्षभित्र पेट्रोल निकाल्ने भाषण गरेका थिए। उनले पेट्रोल निकाल्छु भनेको अवधि पूरा भइसकेको छ।

भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्यो

भारत सरकारले बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पेट्रोल र डिजलमा प्रतिलिटर भारतीय २ रुपैयाँ ५० पैसा घटाएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। घटाएको मूल्य तत्कालै कार्यान्वयन हुने पनि उनीहरूले बताएका छन्। मुल्य घटाउन सरकारले तीन बुँदे योजना बनाएको समेत जनाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्