२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

दशैंमा तेल अभाव हुँदैन : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले दशैंमा पेट्रोलियम पदार्थको अभाव नहुने बताएको छ। 

उपत्यकामा आपूर्ति गर्दै आएको निगमको थानकोट डिपोले अभाव नहुनेगरी डिलरहरुलाई तेल वितरण गरिसकेको जनाएको छ। ‘कुनै समस्या आए थानकोट डिपोले १० जना कर्मचारी तयारी अवस्था राखेको छ, हामीले तत्कालै सप्लाई गरेर उपलब्ध गराउँछौं’, थानकोट डिपोका प्रमुख भरत रेग्मीले नागरिकसँग भने, ‘तर दशैंमा तेलको अभाव हुन दिँदैनौं।’

उनका अनुसार दशैं मान्न काठमाडौंबाट धेरै उपभोक्ता घर फर्कने क्रम रहेकाले अघिल्लो हप्ता उपत्यकामा पेट्रोलियम पदार्थको विक्री घटेको छ। जसका कारण डिलरहरुले पनि कम भण्डारण गरेका छन्। यही बेला केही उपभोक्ताबाट तेल नपाएको गुनासो आएपछि थानकोट डिपोले डिलरहरुलाई आवश्यक पर्ने तेल उपलब्ध गराउन आफूहरु तयार रहेको बताउँदै अभाव हुन नदिन ध्यानाकर्षण गराएको हो।

डिपो प्रमुख रेग्मीका अनुसार तेलको अभाव हुन नदिन बाग्मती पेट्रोलियम डिलर एशोसियसन र बनेपा पेट्रेलियम डिलर एशोसियसनलाई भण्डारण क्षमताअनुसार मौज्दात राख्न र निजी ट्यांकर स्टयाण्ड बाई राख्न आग्रह गरिएको छ।

थानको डिपोले शुक्रवार पेट्रोल ७.५ लाख लिटर, डिजेल ८.२३ लाख लिटर डिलरलाई उपलब्ध गराएको थियो। शनिवार भने डिपो बन्द रह्यो। आइतवार १०.३८ लाख लिटर पेट्रोल, १०.२९ लाख लिटर डिजेल र सोमवार (आज) ११.५ लाख लिटर, ७.५ लाख लिटर डिजेल उपलब्ध गराइएको थानकोट डिपोले जनाएको छ। 

प्रकाशित: २९ आश्विन २०७५ ०८:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App