काठमाडौं – काठमाडौं उपत्यकामा तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन आज पनि नेपाल आयल निगमले इन्धन वितरण गर्ने जनाएको छ। निगमले थानकोटस्थित डिपोबाट उपत्यकामा पेट्रोलिम पदार्थको अभाव हुन नदिन इन्धन वितरणको व्यवस्था मिलाएको जनाएको हो।
निगमले थानकोट डिपोबाट मंगलबार मात्रै विभिन्न प्रेट्रोल पम्पहरुलाई ८.५ लाख लिटर पेट्रोल र ८.३ खाल लिटर डिजल उपलब्ध गराएकाले उपत्याकामा पेट्रोलियम पदार्थको अभाव नहुने बताएको हो। आज पनि थोनकोट डिपो खुल्लै रहने बताइएको छ।
यस्तै निगमले आठ जना कर्मचारी आपत्कालिन अवस्थालाई मध्यनजर गर्दै तयारी अवस्थामा राखेको जनाएको छ। त्यस्तै निगमले सबै पेट्रोल पम्पहरुलाई प¥याप्त मात्रामा इन्धको इस्टक राख्न सुझाव दिएको छ।
प्रकाशित: २१ कार्तिक २०७५ ०४:०८ बुधबार