२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ट्याक्टर, ट्रक र टेम्पुको आयात उच्च

ट्याक्टर, ट्रक तथा मिनी ट्रक र टेम्पुजस्ता साधनको आयात उच्च छ। योसँगै सधैं झैं पेट्रोलिय पदार्थको आयात पनि उच्च छ। इन्जिन आयल र गाडीका पार्टपुर्जाको आयात पनि बढेको छ।

६ हजार पाँच सय ६३ रुख कटान

भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माणाधीन पेट्रोलियम पाइपलाइनको लागि ६ हजार पाँच सय ६३ वटा रुख काटिएको छ। पाइपलाइन बिछ्याउने कार्यमा बाधा बनेको पर्सा निकुञ्ज क्षेत्रको रुख आयल निगमको कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको उपस्थितिमा चैत ४ गतेदेखि काट्न सुरु गरिएको थियो।

ग्यास उद्योग र पेट्रोल पम्पको अनुमगन गर्ने

खाना पकाउने ग्यास उद्योग र पेट्रोल पम्पको मापदण्डका विषयमा प्रश्न उठिरहेको बेला संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्थलगत अनुगमन गर्ने भएको छ। समितिको बैठकमा सांसदले राजधानीका पेट्रोल पम्प जोखिममा रहेको विषयमा प्रश्न उठाएपछि समितिले अनुगमन गर्ने निर्णय गरेको हो।

पेट्रोल र डिजेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा १/१ रुपैयाँ मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

आयल निगममा ट्यांकर व्यवसायीको धर्ना

नेपाल आयल निगमले किन्न स्वीकृति दिएका ट्यांकरलाई लोडिङ अनुमति नदिएको भन्दै एक दर्जन व्यवसायीले निगमको प्रधान कार्यालयमा धर्ना सुरु गरेका छन्। निगमकै स्वीकृतिमा गरेको लाखौं लगानी डुब्न लागेको उनीहरुको गुनासो छ। यथाशीघ्र पेट्रोलियम पदार्थ ढुवानी अनुमति दिन माग गर्दै उनीहरुले बिहीबार विहानैदेखि धर्ना सुरु गरेका हुन्।

'पेट्रोलियमको कमिसन बढाऊ'

पेट्रोलियम पदार्थको कारोबार (बिक्री) गरेबापत पाउने कमिसनबाट व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै पेट्रोलियम व्यवसायीले कमिसन बढाउन माग गरेका छन्।

हवाई इन्धनको भाउ घट्यो

दुई महिनादेखि पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको नेपाल आयल निगमले हवाई इन्धनको मात्र मूल्य घटाएको छ। निगमले अन्तर्राष्ट्रिय उडानतर्फको मूल्य मंगलबार राति १२ बजेबाट कार्यान्वयन हुने गरी प्रतिकिलोलिटर ७५ डलर घटाएको हो। आन्तरिक उडानतर्फको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।

राराका करदाताको हेटौंडाको पेट्रोल पम्पको बिल

रारामा काम गर्ने करदाताले हेटौडाको एक पेट्रोल पम्पबाट पेट्रोल खरिद गरेको बिल भुक्तानीको लागि दावी गरेका छन्। उनले एक करोड एक लाख ५९ हजारको इन्धन खरिद गरी खर्च देखाएर ढुवानी खर्च दावी गरेका छन्।

खनिज र पेट्रोल उत्खनन गरेर छोटो समयमै चमत्कारिक विकास गर्छाैंः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्रोत परिचालन गरेर छोटो समयमै चामत्कारिक विकास गर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभालाई बिहीबार सम्बोधन गर्दै प्रम ओलीले आवश्यक परे खनिज र पेट्राल उत्खनन गरेरै भए पनि समृद्धिको अभियान साकार पारिने बताए। नेपालले विद्युतीय सवारीको फ्याक्ट्री खोल्ने भन्दा धेरैले उडाएको स्मरण गर्दै उनले प्रश्न गरे, ‘हामीभन्दा सानो देशले फ्याक्ट्री खोल्न हुने, हामीले किन नखोल्ने?’

पेट्रोल पाइपलाइन सम्पन्न गर्न भारत बढी आतुर

नेपालको नयाँ संविधानप्रति असहमति जनाउँदै भारतले लगाएको नाकाबन्दीको असर सर्वत्र परे पनि भारत र नेपालका बीच बन्न लागेको पेट्रोलियम पाइपलाइन परियोजनामा भने यसले फाइदा पु-याएको छ।

पेट्रोल पम्प कि विस्फोटक बम ?

पेट्रोलियम पदार्थ आयात तथा बिक्रीको एकाधिकारवाला संस्था नेपाल आयल निगम हो। यसले पेट्रोल पम्पको न्यूनतम मापदण्ड तोकेको छ। यस्ता मापदण्डमा समयानुकूल परिवर्तन गर्ने बेला भइसकेको छ। त्यसमा पनि सडक बिस्तारका क्रममा पेट्रोल पम्प सडकको नजिक आइरहेका छन्।

जुनसुकै बेला विस्फोट हुनसक्ने बम

काठमाडौंको बालाजुचोकबाट सोह्रखुट्टेतर्फ केही मिटर हिँडेपछि कोतःधुकु आयल स्टोर्स पुगिन्छ। विष्णुमती पुल नजिकैकोे यस पेट्रोल पम्पमा पुग्ने सवारीसाधनमा तेल भर्न बिक्रेता ‘नोजल’ समाएर सडकमै आइपुग्छन्। पेट्रोल र डिजलका लागि बनाइएका दुई ‘फ्युल डिस्पेन्सर’ सडकपेटीमै जोडिएका छन्। पम्पको ट्यांकी त चारतले घरको तल्लो तलामा छ।

वैशाख पहिलो हप्तादेखि पाइपबाट पेट्रोल

बहुप्रतीक्षित मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपबाट वैशाख पहिलो हप्तादेखि इन्धन आपूर्ति गरिने भएको छ। पाइप बिछ्याउने काममा अवरोध बनेको पर्सा निकुञ्ज क्षेत्रको रुख कटान सुरु गरिएकाले वैशाखबाटै तेल ल्याउन सकिने स्थिति बनेको हो।

आइएमई पेको सम्झौता

गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएसनमा आवद्ध विभिन्न जिल्लामा सञ्चालित पेट्रोल पम्पमा अबदेखि पेट्रोलको भुक्तानी ‘आइएमई पे’बाट गर्न सकिने भएको छ।

पेट्रोलियम पदार्थ सम्भाव्यता अध्ययनका लागि चिनियाँ टोली आउँदै

नेपालमा भएको पेट्रोलियम पदार्थ सम्भाव्यताको विषयमा अध्ययन गर्न एक चिनियाँ टोली नेपाल आउने भएको छ। चीन भ्रमणमा रहेका खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ भौगर्भिक सर्वेक्षणका अधिकारीबीच यो विषयमा सम्झौता भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्