२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पेट्रोलियम पदार्थको प्रयोगमा वृद्धि

चीनमा प्रशोधित पेट्रोलियम पदार्थको प्रयोगमा वृद्धि भएको छ। शनिबार सार्वजनिक एक तथ्याङ्कअनुसार सन् २०१७ भन्दा सन् २०१८ मा प्रशोधित पेट्रोलियम पदार्थको प्रयोगमा वृद्धि भएको हो।

इलाम नगरले हटायो इन्धनको शुल्क

इलाम नगरपालिकाले पेट्रोलियम पदार्थमा लगाएको प्रदूषण शुल्क खारेज गरेको छ। संघीय सरकारले दुई दिनअघि स्थानीय तहलाई दिएको ३१ बुँदे सुझावपछि नगरले ६ महिनाअघि लिन थालेको शुल्क आउँदो फागुन १ देखि नलिने निर्णय गरेको हो।

पेट्रोल र डिजेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले शनिवार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँ वृद्धि गरेको हो। नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर ११० र डिजेल र मट्टितेल ९७ रुपैया पुगेको छ।

पेट्रोल पम्पले पर्याप्त स्टक राख्नुपर्ने

इन्धन ढुवानीमा सामान्य अवरोध हुँदासाथ बजारमा पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल) अभाव हुने समस्या हटाउन नेपाल आयल निगमले नयाँ रणनीति बनाएको छ। आफ्नो इन्धन भण्डारण क्षमता बढाएर ९० प्रतिशत पेट्रोलियम पदार्थ स्टक पुर्याएको निगमले पेट्रोल पम्पले पनि अनिवार्य रुपमा पर्याप्त डिजेल, पेट्रोल स्टक राख्नुपर्ने नीति बनाएको छ।

ठगी गर्ने दुई पेट्रोल पम्प बन्द

नेपाल गुणस्तर तथा नापतौल विभागले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री गर्ने दुई पेट्रोल पम्पलाई शिलबन्दी गरेको छ। विभागको टोलीले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्ने चुच्चेपाटी आयल स्टोर्स र मैतीदेवी आयल स्टोर्सलाई साेमवार शिलबन्दी गरेको हो।

पेट्रोल पम्प सञ्चालन गर्दै सहकारी संघ

जिल्ला सहकारी संघ, चितवनले सञ्चालन गर्न लागेको पेट्रोल पम्प निर्माणको काम अन्तिम चरणमा पुगेको छ। संघले एक वर्ष पूर्वाधार निर्माण गर्ने काम सुरु गरेको थियो। करिब पाँच करोड रुपैयाँमा निर्माण सम्पन्न गरेर सञ्चालन गर्ने योजना अनुसार काम सुरु गरिएको संघका अध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए।

तेल चोर्नेलाई कार्वाही गरेको विरोधमा आन्दोलन

तेल चोर्ने ट्यांकरलाई कार्वाही गरेको विरोधमा पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलनमा उत्रने भएका छन्।

जुम्लामा पेट्रोलियम पदार्थको मूल्य ताेकियाे

झण्डै डेढ दशकपछि जुम्लामा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिएको छ। पेट्रोलियम पदार्थकाे मूल्यमा एकरुपता नहुँदा यहाँका सवारी धनी मर्काका थिए। प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय सर्वदलीय बैठकले पहिलो पटक जुम्लामा पेट्रोलियम पदार्थको मूल्य तोकेको हाे।

डिजेल र पेट्रोलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेसन(आइओसी)बाट भाउ घटेर आएपछि पेट्रोल, डिजेल र मट्टीतेलमा प्रति लिटर २ रुपैयाँ मूल्य घटाएको निगमले जनाएको छ ।

पेट्रोलियम पदार्थ चुहावटकाे सीमा नाघे डिपो प्रमुखबाट क्षतिपूर्ति

पेट्रोलियम पदार्थ चुहावटमा तोकिएको सीमा नाघे नेपाल आयल निगमले सम्बन्धित डिपो प्रमुखबाट प्राविधिक नोक्सानी बापतको रकम क्षतिपूर्ति बापत भराउने भएको छ। सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि निगमका अधिकांश डिपोमा लस टार्गेट (प्राविधिक नोक्सानी लक्ष्य) सीमाभन्दा कम भए पनि केही डिपोले सीमा नाघेपछि निगमले कडाइ गर्न लागेको हो।

निकुञ्जका ६५ सय रूख काटिने

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना निर्माणका लागि पर्सा राष्ट्रिय निकुञ्जमा करिब ६ हजार पाँच सय रूख काट्नुपर्ने देखिएको छ।

पेट्रोल र डिजेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य समायोजन गरेको छ। ‘स्वतः स्वचालित मूल्य संरचना’ अनुसार इण्डियन आयल कर्पाेरेशन (आईओसी)बाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार निगमले मंगलवार साँझ पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको हो।

१२ वटा ट्यांकरको पिडिओ रोक्का

काठमाडौं - नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ ढुवानी गर्ने १२ वटा ट्यांकरको प्रडक्ट डेलिभरी अर्डर (पिडिओ) रोक्का गर्ने निर्णय गरेको छ ।

तेल ढुवानीमा ‘भेहिकल ट्रयाकिङ सिस्टम’ काे तयारी

पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी नियन्त्रण गर्न सेक्युरिटी लकिङ सिस्टम जडान गरे पनि पूर्णरुपमा चुहावट नियन्त्रण नभएपछि नेपाल आयल निगमले ‘भेहिकल ट्र्याकिङ सिस्टम’ प्रयोगमा ल्याउने तयारी गरेको छ।

अब पोलिथिनबाट पेट्रोल, नास्टले काम थाल्दै

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले कन्काई नगरपालिकामा पोलिथिनका झोलाबाट पेट्रोलियम पदार्थ निकाल्ने भएको छ । तीन वर्ष अघि गरिएको अध्ययन सफल भएपछि नास्टले नमूनाका रुपमा पहिलो पटक नगरपालिकामा यो प्रविधि शुरु गर्न लागेको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्