२५ कार्तिक २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्री रोजगार कार्यक्रम फागुन १ बाट

स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्ने र रोजगारी नपाउनेलाई बेरोजगार भत्ता दिइने योजनाका साथ अर्को साता प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा आउने भएको छ। चालु आर्थिक वर्षको बजेटमा सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो।

विश्वप्रकाशले भनेः धुर्मुस–सुन्तलीबाट केही सिक्नुस प्रधानमन्त्रीज्यू !

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले झापा निवासी प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै जिल्लाका चर्चित कलाकार धुर्मुस–सुन्तलीको जोडीबाट धेरै कुरा सिक्नुपर्ने बताएका छन्। ‘प्रधानमन्त्रीज्यूले स्वयं नेपाल र नेपाली जनताबाटै ठूलाखाले विकास निर्माण गर्न नसक्ने भयबाट मुक्त हुनुपर्छ’, नेपाल प्रेस युनियन सर्लाहीद्वारा मंगलवार आयोजित पत्रकार भेटघाटमा शर्माले भने, ‘नेपाल र नेपालीबाटै विकास निर्माण गर्न सकिन्छ भन्ने कुरा प्रधानमन्त्रीज्यूले आफ्नै जिल्लावासी धुर्मुस–सुन्तलीबाट धेरै सिक्नुपर्ने देखिन्छ।’

पदाधिकारी नआउँदै महिला आयोगमा पाँच नयाँ गाडी

डेढ वर्षदेखि पदाधिकारीविहीन महिला आयोगमा नयाँ नियुक्ति अझै भएको छैन। नियुक्ति कहिले हुने भन्ने टुंगो पनि लागिसकेको छैन। तर नयाँ आउने पदाधिकारीका लागि भन्दै पाँचवटा गाडी किनिसकिएको छ। मर्मत सम्भार गरी प्रयोग हुन सक्ने गाडी मर्मत गर्न र मर्मत हुन नसक्ने गाडीको तत्काल लिलामी प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्यालयले दिएको निर्देशन उल्लंघन गर्दै गाडी खरिद गरिएको हो। त्यतिमात्र होइन, पदाधिकारीका लागि भनी खरिद गरिएको गाडी स्वयं कर्मचारीले प्रयोग गर्दै आएका छन्।

मार्च महिनामै युरोपेली संघ छोड्न बेलायती प्रधानमन्त्री प्रतिबद्ध

निर्धारित समयमै युरोपेली संघ छोड्नेबारे आफू प्रतिबद्ध रहेको बेलायती प्रधानमन्त्री थेरेसा मेले बताएकी छन्। आयरल्यान्डको विषयलाई लिएर युरोपेली संघका नेताहरुसँग ब्रसेल्समा छलफल गर्न जानुपूर्व प्रधानमन्त्री मेको यस्तो धारणा सार्वजनिक भएको हो। नयाँ म्यान्डेट, नयाँ विचार र नवीकरण गरिएको प्रतिबद्धतासहित आफू ब्रसेल्स जान लागेको प्रधानमन्त्री मेले ‘सन्डे टेलिग्राफ’ मा एउटा लेख लेख्दै बताएकी छन्। प्रधानमन्त्री मेले युरोपेली संघबाट बाहिरिने मितिमा कुनै परिवर्तन आउने छैन। उनले समयमै ब्रेक्जिट दिने टेलिग्राफमा लेखेकी छन्।

लाओसका उपराष्ट्रपति र नेकपा प्रतिनिधिमण्डल भेट

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा लाओस भ्रमणमा रहेका प्रतितिनिधिमण्डलले लाओसको सत्तारुढ कम्युनिस्ट पार्टी (लाओ पिपुल्स रिभ्युलसनरी पार्टी)का पोलिटब्युरो सदस्य तथा उपराष्ट्रपति फांखाम भिफाभान्हसँग शनिवार राजधानी भेन्टाइनस्थित पार्टी कार्यालयमा भेटघाट गरेको छ।

प्रधानमन्त्रीले भने : आत्मवृत्तान्त लेख्न सक्तिन, पार्टी र सरकार चलाउनु छ

किताव विमोचन कार्यक्रम। सामान्यत अतिथिले कस्तो भाषण गर्लानन्। कतिले किताब नपढिकन पनि बोल्न सक्छन्। कतिले पढेको विषयमा सामान्य प्रतिकृया राख्न सक्छन्।

प्रधानमन्त्रीको पुत्ला दहन, नेविसंघका सह महामन्त्रीसहित ८ जना पक्राउ

नेपाल विद्यार्थी संघले सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ। संघका कार्यकर्ताले प्रशासन चोकमा साँझ सवा ५ बजेतिर ओलीको पुत्ला दहन गरेका हुन। दुई तिहाईको दम्भ देखाउँदै वर्तमान सरकारले विपक्षी पार्टीहरुलाई पाखा लगाउँदै मनोमानी ढंगले काम गरेको भन्दै उनीहरुले त्यहाँ विरोध प्रदर्शन समेत गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओली र सरकारबिरुद्ध चर्काे नाराबाजी समेत गरिएको थियो।

सरकारले सही बाटो र नीति लिएको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सही बाटो र सही नीति लिएको बताएका छन्। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का सांसदहरूसँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले कुनै पनि विषयलाई राम्रोसँग अध्ययन गरेर संसदमा प्रस्तुत हुन सुझाव दिएका छन्।

सदाचारमा संशय

बोलीमा बल त्यतिबेला आउँछ जतिबेला बोलेअनुसारको काम हुन्छ। मन्त्रहरू शक्तिशाली हुन्छन्। वाणीको प्रभाव बलियो हुँदा शक्तिशाली बनिन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना धेरै भाषणमा ‘शून्य सहनशीलता’लाई दोहोर्‍याउँदै आएका छन्। उनको त्यो सदिच्छा त्यतिबेला सार्थक हुन्छ जतिबेला हाम्रो मुलुकको छवि कम भ्रष्ट मुलुकको सूचीमा माथि उक्लिन थाल्छ। प्रधानमन्त्री ओलीले मंगलबार एक भाषणमा सधैँझैँ आफ्नो ‘शून्य सहनशीलता’ अभिव्यक्ति दोहोर्‍याएका छन्। उनले कुनै पनि भ्रष्टलाई नछाड्ने मात्र भनेका छैनन् त्यस्ता भ्रष्टाचारीको अनुहार समेत नहेर्ने बताएका छन्। सरकार प्रमुखबाट यति सशक्त अभिव्यक्ति आउनु आफैँमा सुखद सन्देश हो।

छोटो समयमा नै संघीयता संस्थागत : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा छोटो समयमा नै संघीयता संस्थागत बनेको बताएका छन्। उनले अधिकार माग्ने नाममा कुनै पनि सरकारबीच द्वन्द्व नभएको उल्लेख गर्दै संघीयता कार्यान्वयन भइरहेको बताए। दमकमा बिहीबार बृहत् बाल महोत्सव उद्घाटन गर्दै ओलीले मुलुकले अभूतपूर्व सफलता हासिल गरेको दाबी गरे।

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा, विभिन्न कार्यक्रममा सहभागि हुँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा गएका छन्। अाेलीले दमकमा आजदेखि सुरु हुने बृहत् बाल महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै कमल गाउँपालिका–३ मा रहेको शहीद धर्मभक्त माध्यमिक विद्यालयमा हुने स्वर्ण महोत्सव उद्घाटन गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

भ्रष्टाचार गर्न दिन्नँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोही कसैलाई भ्रष्टाचार गर्न नदिने बताएका छन्। ‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने नाराका साथ अघि बढेका छौं,’ सशस्त्र प्रहरीको स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘कसैको अनुहार पनि हेरिँदैन देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौं।’

चीनसँगको सम्बन्ध प्रगाढ बनाउने आबेको प्रतिबद्धता

जापानका प्रधानमन्त्री सिन्जो आबेले चीनसँग निरन्तर सुधारको क्रममा रहेको दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाइने बताएका छन्। उनले चीनको बढ्दो सैनिक गतिविधि र उत्तर कोरियाको आणविक निःशस्त्रीकरणको अनिश्चितताका कारण जापानको सैनिक क्षमता सुदृढ गर्न लगानी बढाउँदै लैजानेसमेत बताएका छन्।

प्रधानमन्त्री कार्यालयद्वारा कानुन उल्लंघन

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ खरिदका लागि गरेको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐनको प्रावधानविपरीत रहेको पाइएको छ।

डाभोस बैठकमा सहभागिता : वैदेशिक लगानी भित्र्याउन सहज होला?

विश्व आर्थिक मञ्चको ४९ औं डाभोस बैठकमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली शनिबार नेपाल फर्किए। माघ ८ गते उनले ‘दक्षिण एसियाली रणनीतिक दृष्टिकोण’ सत्रमा आफ्नो विचार राखे। त्यहाँ प्रधानमन्त्रीले नेपालमा लगानी गर्न विश्व समुदायलाई आग्रह गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्