४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रचण्ड तत्कालै प्रधानमन्त्री बन्ने सम्भावना छैन : नेता रायमाझी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प अहिले तत्काल नखोजिएको स्पष्ट पारेका छन्। शनिबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै उनले भने, ‘तत्कालै प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना छैन्। प्रधानमन्त्री ओलीको अहिले विकल्प कोही छैन। यो सरकार ढाल्ने र अर्को बनाउने भन्ने अहिले कुनै सोच वा गृहकार्य भएको छैन।’

नचाहिने हल्लाको पछि नलाग्नुसः प्रधानमन्त्री ओली

धानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता कायम गर्न भ्रमको खेती शुरु भएको भन्दै नचाहिने हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। देशको पहिचान बदल्ने विकासमा लागिरहँदा केही शक्तिलाई भने यो मन नपरेको उनको भनाई छ।

मञ्चमै कालाेझण्डा देखाएपछि राेकिए प्रधानमन्त्री

तीन तहको सुरक्षा घेराबीच जितगढी किल्ला महोत्सवको उद्घाटन गर्न बुटवल आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ। जितगढी महोत्सव उदघाटन समारोहलाई सम्बोधन गर्न सुरु गरेलगत्तै एक जना व्यक्तिले दर्शक दिर्घाबाट अगाडि बढ्दै कालो झण्डा देखाएका थिए।

विवादित निर्णय खारेज गर्न निर्देशन

सरकारले बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको जग्गामा व्यक्तिको स्वामित्व कायम हुनेगरी भएका सबै विवादास्पद निर्णय खारेज गर्न प्रक्रिया अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ललितानिवासले चर्चेको करिब १ सय १४ रोपनी सरकारी जग्गा व्यक्तिलाई दिन २०४७ यता भएका सबै निर्णय खारेज हुनेगरी प्रक्रिया अघि बढाउन भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ।

‘निरक्षरहरूकाे होइन, यो देश विद्वानहरूको बनाउनुपर्छ’

विद्यालय भर्ना अभियानलाई सार्थकता दिन भनी बालुवाटारमा आज नेकपा निकट विद्यार्थी संगठनले प्रधानमन्त्री ओलीसँग अन्तक्र्रिया कार्यक्रम गरेको छ। कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन्।

प्रधानमन्त्रीको सम्बोधनमा मन्त्रीबाट 'बहिष्कार'

नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरू नै उपस्थित भएनन्। प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषद्मा सहभागी गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चन्द्रप्रकाश खनाल र खानेपानीमन्त्री बिना मगर सम्बोधनमा उपस्थित नभएका हुन्।

समता निकेतनलाई गिनिज बुकको प्रमाणपत्र हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओली सुलभ मूल्यमा शिक्षा दिँदै आएको समता शिक्षा निकेतनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र आज हस्तान्तरण गरेका छन्।

प्रधानमन्त्री निवास अगाडि विवेकशीलकाे प्रदर्शन

रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गा बिक्री गरिएको विरोधमा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको छ। विवेकशील साझ पार्टीले सोमबार बिहान १ घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा प्रर्दशन गरेको हाे।

ज्येष्ठनागरिकलाई निःशुल्क स्वास्थ्यबिमा

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ज्येष्ठ नागरिक प्रधानमन्त्री केपी शर्मा ओली तथा खोलौं बैंक खाता ’ राष्ट्रिय अभियानको शुभारम्भ गर्दै आगामी बजेटमा वृद्धभत्ता वृद्धि हुने घोषणा गरेका छन्। प्रधानमन्त्री ओलीले नयाँवर्ष प्रवेशको दिनलाई पात्रोको पानो मात्र नभएर इतिहास र परिवर्तनको पात्रो पल्टिएको दिनका रूपमा मनाइएको बताए।

यो बूढाबूढीको भलो चिताउने सरकार हो, आगामी बजेटमा वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले  सामाजिक सुरक्षाका हरेक क्षेत्रमा सरकारको ध्यान पुगेको बताएका छन्।  प्रधानमन्त्री ओलीले कसैले भोकै नांगै बस्नु नपर्ने, मागेर खानुनपर्ने बताएका छन्। त्यस्तो अवस्थाका असहायको सहारा सरकार हुने प्रधानमन्त्री ओलीको भनाइ छ।

आदित्यमा स्राेतबिनाकाे अनाैठाे क्षमता छ : प्रधानमन्त्री  ओली

बालगुरु आदित्य दाहालको पुस्तक ‘कलियुगको आदित्य एवं ज्योतिपथ’ पुस्तकको अंग्रजी संस्करणको शनिबार विमोचन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि स्रोतबिनाकाे ज्ञान प्राप्ति अनौठो विषय हाे।'

प्रधानमन्त्री ओलीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

महासंघको ११ लाख सहयोग

राष्ट्रिय सहकारी महासंघले बारा र पर्साको हावाहुरी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेको छ । महासंघ अध्यक्ष केशव बडालको नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकम बराबरको चेक बिहिबार हस्तान्तरण गरेको हो ।

‘म सधैंभरी पदमा बस्ने हो र! आफू होइन सिस्टमलाई शक्तिशाली बनाउन खोजेको हुँ’

प्रधानमन्त्री केपी शर्मा ओलीले सिस्टमलाई शक्तिशाली बनाउन खोजेको बताएका छन्। उनले आफू सधै पदमा नरहने भन्दै विकास र सुशासनका लागि सिस्टम बलियो हुनुपर्ने तर्क गरे।

प्रधानमन्त्री दैवी उद्धार कोषमा काठमाडौं महानगरको ४० लाख

काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री दैवी उद्धार प्रकोप कोषमा ४० लाख ३१ हजार ४ सय १३ रुपैँया हस्तान्तरण गरेको छ। महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले संयुक्तरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा सो रकम हस्तान्तरण गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्