२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपाल र चीनको सीमा बैठक तक्लाकोटमा सुरु

नेपाल र चीनका स्थानीय प्रशासन तथा सुरक्षा निकायको बैठक चीनको स्वशासित क्षेत्र तिब्बतको सीमावर्ती सहर तक्लाकोटको अलीमा सुरु भएको छ। चाइना नेपाल पोलिसी कोअपरेशन इन्फरमेशन बैठकमा तिब्बतसंग सीमा जोडिएका नेपालका तर्फबाट दार्चुला र हुम्ला जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागिता छ।

कांग्रेस महासमिति बैठक मंसिर ५ देखि ९ सम्म

नेपाली कांग्रेसको महासमिति बैठक आगामी मंसिर ५देखि ९ गतेसम्म काठमाडाैंमा हुने भएकाे छ। शनिवार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकले स्थान र मिति तय गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

कञ्चनपुरमा सर्वपक्षीय बैठक, अान्दाेलन राेक्ने निर्णय

कञ्चनपुरका १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डको विषयलाई लिएर जारी विरोध/आन्दोलन आजदेखि बन्द गर्न सबैमा अपिल गरिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा शनिबार बसेको सर्वदलीय र सर्वपक्षीय छुट्टाछुट्टै बैठकले सो अपिल गरिएको हो।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

मन्त्रिपरिषद्को आजको बैठकले सङ्क्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट भएका द्वन्द्वरत समूहसँग वार्ता गर्न एक उच्चस्तरीय वार्ता टोली गठन गरेको छ। अन्तरिम संविधानबमोजिम गठित संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिबाट छुटपुट भएका विषयलाई निरन्तरता दिन र विगतमा सहमति–सम्झौता कार्यान्वयनका निम्ति सुझावसहितको प्रतिवेदन पेश गर्न सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा मन्त्रिपरिषद्ले उच्चस्तरीय वार्ता टोली गठन गरेको हो।

कांग्रेस केन्द्रीय समितिको बस्दै, महासमिति बैठकबारे छलफल हुने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अाज बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दै छ।

विकासको नेतृत्व लिन जनप्रतिनिधिलाई प्रधानमन्त्रीकाे आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुलाई विकासको नेतृत्व लिन आग्रह गरेका छन्।

नेपाल—भारतबीच विश्वास

‘हामीलाई नेपालीसँग कुनै समस्या छैन’, भारतमा छिमेकी मुलुकहरू विशेषतः बङ्गलादेशी नागरिकहरूको गैरकानुनी प्रवेश बढिरहेको विषय उठेपछि सत्तारूढ भारतीय जनता पार्टीका शीर्ष नेताहरूको पछिल्लो बैठकको निष्कर्ष हो, यो।

प्रधानमन्त्रीले सातामा एकपटक, मन्त्रीले दैनिक जबाफ दिनुपर्ने

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले साताको एकपटक र अन्य मन्त्रीले दैनिक जबाफ दिनुपर्ने भएको छ।

प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित, अर्काे बैठक भोलि बस्ने

प्रतिनिधिसभाको आजको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ। दिउँसो १ बजे बसेको बैठकले पूर्व सांसद भरतसम्शेर राणाको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो।

सरकारले लुकायो राजदूत सिफारिस निर्णय

सरकारले भारत र मलेसियाका लागि राजदूतमा क्रमशः नीलकण्ठ उप्रेती र उदयराज पाण्डेको नाम सिफारिस गर्ने आफ्नै निर्णय लुकाएको छ

नेकपाले जनप्रतिनिधिलाई पार्टीको कार्यकारी पद नदिने

नेपाल कम्युनिष्ट पार्टीले जनप्रतिनिधिहरुलाई पार्टीको कार्यकारी पदमा नराख्ने भएको छ। नेकपाको बिहीबार बसेको सचिवालय बैठकले प्रदेश सभा, प्रतिनिधि सभा, राष्ट्रिय सभा, जिल्ला समन्वय समितिका अध्यक्ष, नगर तथा गाउँपालिका प्रमुख उपप्रमुखलाई पार्टीको कार्यकारी पद अध्यक्ष वा सचिवमा नराख्ने निर्णय गरेको हो।

एनआरएनएको तेश्रो अफ्रिका क्षेत्रीय बैठक कम्पालामा हुने

गैर आवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठक युगान्डाको राजधानी कम्पालामा यहि डिसेम्बर २९ र ३० मा अायोजना हुने भएको छ।

तीन दिनभित्र विवरण बुझाउन अर्थ समितिकाे निर्देशन

संघीय संसद्, प्रतिनिधिससभा अन्तर्गतको अर्थ समितिले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लगानी बोर्डसँग सम्बन्धित विवरण तीन दिनभित्र समितिमा बुझाउन निर्देशन दिएको छ।

पंगेनीको निधनमा शोकप्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका पूर्वसांसद कमलप्रसाद पंगेनीको निधनमा शोकप्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्