२१ असार २०८१ शुक्रबार
image/svg+xml
प्रवास

एनआरएनएको तेश्रो अफ्रिका क्षेत्रीय बैठक कम्पालामा हुने

कम्पाला, युगान्डा - गैर आवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठक युगान्डाको राजधानी कम्पालामा यहि डिसेम्बर २९ र ३० मा अायोजना हुने भएको छ।  दुई दिन सम्म चल्ने उक्त बैठकको पहिलो दिन उदघाटन कार्यक्रम, नेपाली साहित्य गोष्ठी, र सास्कृतिक कार्यक्रम आयोजना हुने र दोश्रो दिन अफ्रिका क्षेत्रका एनसीसीका समस्या, प्रगति विवरण, अफ्रिकाको बाटो बाट हुने नेपाली मानव तस्करी, केन्या र तान्जानियाका डान्स बारमा काममा आउने नेपाली चेलीहरुको समस्या, अफ्रिकामा नेपाली कामदारको समस्या, अफ्रिकामा कार्यरत नेपालीले भोग्नु परेको श्रम स्विकृती, पासपोर्ट नविकरण आदिको समस्या र सामुहिक लगानी, नेपाल र अफ़्रिकिन देश बिच व्यापार, पर्यटनमा साझेदारी आदि विषयमा छलफल हुने एनसीसी युगान्डाका पुर्व अध्यक्ष रमेश कंडेलले जानकारी दिए।

प्रकाशित: २३ श्रावण २०७५ १४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App