१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

बजेटसँगै केही विधेयक पारित गर्नैपर्ने चुनौती

जेठको पहिलो साता नीति तथा कार्यक्रम ल्याउने र संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सरकारले बजेट ल्याउने तयारी गरेको छ । संविधानको धारा ११९ मा संघीय सरकारको अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ महिनाको १५ गते बजेट संघीय संसद्मा पेस गर्नुपर्ने प्रावधान छ ।

विपदमा रमिते मात्रै बन्यो संसद्

मुलुककै सबैभन्दा धेरै संक्रमित फेला परेको प्रदेश १ पछिल्लो समय 'कोरोनाको इपिसेन्ट' बनेको छ । अहिलेसम्म ३१ जना संक्रमित फेला परिसकेको प्रदेशमा थप जोखिमको तह पनि उच्च छ । तर, यहीबेला प्रदेशकै सर्वोच्च जननिर्वाचित निकाय प्रदेशसभा भने अभूतपूर्व मौनता साँधेर बसेको छ ।

संसद्को भूमिका फितलो

संसदीय समितिको बैठक प्रभावकारी बन्न नसक्दा पनि सरकारको स्वेच्छाचारी प्रवृत्ति विकास भएको पाइन्छ । संसदीय समितिमा सरकारका कमजोर पक्षलाई लिएर छलफल नहुने र सरकारले गरेको बेथितिबारे समितिले निर्देशन जारी गर्ने काम नहुँदा भ्रष्टाचार निवारण हुन सकेको छैन ।

समिति सभापतिसँगको छलफल दुईपटक स्थगित

सभामुख अग्निप्रसाद सापकोटाले संसद्का समितिका सभापतिसँग छलफलका लागि बुधबार बोलाएको बैठक स्थगित भएको छ।

संसद्मा दर्ता भएका प्रस्तावमाथिको छलफल घट्दो क्रममा

संसद्मा दर्ता भएका जरुरी महत्वका प्रस्ताव, संकल्प प्रस्ताव, जरुरी सार्वजनिक महत्वको प्रस्ताव तथा ध्यानाकर्षण प्रस्तावमाथिको छलफल घट्दै गएको छ।

संसदीय विशेष समिति बैठक सात महिनामा २ पटक

सर्लाही घटनाको कारण अवरुद्ध संसद् खुलाउन गत साउन २१ गते गठन भएको संसदीय विशेष समितिको बैठक सात महिनामा २ पटक बसेको छ।

भुक्तानी विवादले बन्धक बन्यो प्रदेश २ संसद्

प्रदेश २ को स्थायी राजधानी र नाम टुंगो लगाउन फागुन २२ मा संसद् बैठक बोलाइए पनि अर्को सूचना टाँसेर फागुन ३० गतेका लागि सारिएको छ।

पदमा आकर्षण, बैठकप्रति विकर्षण

संघीय संसद् गठन भएको दुई वर्ष पुग्न लागेको छ। २०७४ फागुन २१ गते संघीय संसदको पहिलो अधिवेशन बसेको थियो। नेकपासँग समाजवादी पार्टी पनि सरकारमा आएपछि दुईतिहाइ बहुमत प्राप्त सरकार समाजवादी पार्टीले सरकार छाडे पनि दुईतिहाइ नजिक छ।

कांग्रेसले संसद् र सडक ततायो

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले अख्तियारलाई बालुवाटारमा राखेर भ्रातृ संगठनजस्तो बनाउन आग्रह गरे। आफूहरू विजयकुमार गच्छदारलाई बचाउन नआएको उल्लेख गर्दै उनले भने, ‘मन्त्रिपरिषद्मा निर्णय गर्ने पूर्वप्रधानमन्त्री माधव नेपाल र मुख्यसचिव लीलामणि पौडललाई कारबाही किन नहुने ? जग्गाको लालपुर्जा लिने नेकपाका महासचिव विष्णु पौडेल र उनका छोरालाई कारबाही किन नहुने ?’

हिउँदे अधिवेशनमा कानुन निर्माणले गति लिँदै

संसद्को हिउँदे अधिवेशन सुरु भएको दुई महिना बित्न लागेको छ। तर, प्रतिनिधिसभामा सभामुख नहुँदा लामो समय कानुन निर्माण कार्य अघि बढ्न सकेको थिएन। गत पुस ४ गते संसद्को अधिवेशन आह्वान भयो।

संसद्को गरिमा उच्च बनाउँछु : सापकोटा

प्रतिनिधि सभाको सभामुखमा प्रस्तावित नेकपा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले निर्वाचनपछि सभामुखको रूपमा आफ्नो कार्यकालमा संसद्को गरिमा उच्च बनाउने प्रतिबद्धता जनाएका छन्।

‘हुन्छ भन्नेले हुन्छ भन्नुहोस्.. सिको गर्दै गाउँपालिका बैठक

संघीय संसद् बैठक सञ्चालनको शैलीमा चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले गाउँँसभा बैठक आयोजना गरेको छ। सोमबार दिउँसो २ बज्न लागेको थियो।

संसद अधिवेशन सुरु

सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को पाँचौँ अधिवेशन नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबारदेखि सुरु भएको छ।

सभामुख निर्वाचनको मिति नतोकिने

संसद्को उपल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुक्रबार(आज)बाट सुरु हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्