विकास खर्च ३ दशमलव ३० देखि २० प्रतिशतसम्म
सामाजिक मन्त्रालयको ६२ करोड २८ लाख (१३.२४ प्रतिशत) खर्च गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तीन करोड ७९ लाख खर्च भएको छ।
सामाजिक मन्त्रालयको ६२ करोड २८ लाख (१३.२४ प्रतिशत) खर्च गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तीन करोड ७९ लाख खर्च भएको छ।
अवैध रुपमा नेपाल भित्रिएको रक्तचन्दन आगामी ९० दिनभित्र भारत फिर्ता गरिने भएको छ। नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारतको सम्बिन्धत अधिकारीलाई ‘साइटिस’ अभिसन्धि अनुसार कूल एक लाख ७३ हजार ७२ केजी रक्तचन्दन फिर्ता गर्न लागिएको हो।
सुदूरपश्चिम प्रदेशमा बैतडीको मेलौली, कञ्चनपुरको बेलौरी र कञ्चनपुरको पुनर्वास नगरपालिकाले औद्योगिक ग्राम निर्माणको लागि बजेट पाएका छन्।
मन्त्रिपरिषद् बैठकले गरेको १७ वटा निर्णय सार्वजनिक भएको छ। बिहीबार सरकारका प्रवक्ता गोकुल बास्कोटाले मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गरेका हुन्।
मन्त्रिपरिषद् पुनर्गठनपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका नयाँ मन्त्रीले बताएअनुसार संघीय लोकतान्त्रिक अर्थतन्त्र थेग्ने उपाय परम्परागत कृषिमा अल्झेको श्रमबाट देशलाई मुक्त गर्नु हो। त्यसैका लागि मन्त्रीजीको निस्वार्थ सेवा मुलुकले पाउनेछ। उत्पादन नबढ्ने, रोजगारी नबढाउने तर कुत खाने वर्तमान अर्थ प्रणालीलाई यथास्थानमै रोक्नेतर्फ प्रयास हुने कुरा सुनियो।
संविधानले राज्यका हरेक अंगमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने भने पनि मन्त्रिपरिषद्मा त्यस्तो हुन सकेन।
निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको क्षमता र आचरण ओली मन्त्रिपरिषद्का अन्य सदस्यसँग तुलना गर्दा कमजोर होइन। सर्वसाधारणसँग गर्ने व्यवहार र जिम्मा लिएको कामप्रतिको लगाव उनका अनुकरणीय पक्ष हुन्। यसका बाबजुद प्रधानमन्त्री ओलीको नजरमा उनी ‘अक्षम’ ठहरिए। जसका कारण ६ जना मन्त्रीसँग विष्ट पनि मन्त्रीबाट हटाइए।
नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन्। शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुलाई सपथ गराइन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद् २५ सदस्यीय छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा नयाँ सदस्य थप, हेरफेर र कार्य विभाजन गरेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले मन्त्रिपरिषद हेरफेरबारे छलफल गर्ने जनाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेर गर्ने जनाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा आफू रहेको सुनाउँदै कुनै सार्वजनिक कार्यक्रम नराख्न मन्त्रीहरूलाई निर्देशन दिएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गर्नका लागि मन्त्रिहरुलाई बुधबार कुनै पनि कार्यक्रम नराख्न निर्देशन दिएका छन्।
आफ्नो सरकार थप गतिवान् बनाउन प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् हेरफेर गर्न लागेका छन्। झन्डै २ वर्ष पुग्न लागेको सरकारका कामप्रति प्रधानमन्त्री ओली आफैं सन्तुष्ट छैनन्। उनले आफ्ना मन्त्री र निकायलाई समयमा काम सम्पन्न गर्न पटकपटक निर्देशन दिँदै आएका छन्। आफू मातहतका निकायले काम नगरेपछि त्यसको दोष स्वाभाविक रूपमा प्रधानमन्त्रीलाई जान्छ। सरकार दुईतिहाइ बहुमतको भएपछि सोहीबमोजिम जनआकांक्षा पनि बढेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीसँगै शीर्ष नेताबीच भेटघाट र छलफल बाक्लिएको छ। आइतबारको सचिवालय बैठकले प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्ने भए ढिला नगर्न सुझाव दिएपछि सोमबार साँझ पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन्।