१२ मंसिर २०८१ बुधबार
image/svg+xml

मन्त्रिपरिषद् निर्णयलाई चुनौती

मन्त्रिपरिषद्ले अत्यावश्यक काममाबाहेक नयाँ कर्मचारी भर्ना नगर्ने निर्णय गरे पनि विभिन्न मन्त्रालयले त्यसविपरीतका प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएका छन्। गत वैशाख १४ मा मन्त्रिपरिषद् बैठकले अत्यावश्यक काममाबाहेक कुनै पनि तह र पदमा नयाँ कर्मचारी नियुक्त नगर्ने र दरबन्दी पनि नथप्ने निर्णय गरेको थियो।

साउदी राजाद्वारा अस्पतालबाटै मन्त्रिपरिषदको अध्यक्षता

बिरामी भएर अस्पतालमा उपचार गरारहेका साउदी अरेबियाका राजा सल्मानले मंगलबार साँझ अस्पतालबाटै भर्चुअल माध्यमबाट मन्त्रिपरिषदको अध्यक्षता गरेका छन् ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

सत्तारुढ नेकपामा आन्तरिक विवाद चुलिएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। बैठक बिहीवार(आज) दिउँसो १२ बजे बालुवाटारमा बस्दै छ।

मन्त्रिपरिषद्को निर्णय विपरीत सामुदायिक वन, अझै रोकिएन रुख कटान

मन्त्रिपरिषद्को निर्णयले तत्काललाई रुख कटान, संकलन, ढुवानी तथा ओसारपसार कार्य तत्काल रोक्ने र कटान भएका गोलिया तथा काठलाई जहाँ जस्तो अवस्थामा छ, त्यहीँ अवस्थामा राख्न निर्देशन दिएको छ ।

प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्नैप्रश्न

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारी नियन्त्रणमा आफ्नो सरकारसँग सय प्रतिशत सहमत हुन नसके पनि सन्तुष्ट भने रहेको दाबी गरेका छन् । विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको बुधबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणमा सरकारले चालेको कदम सही भएको उल्लेख गरे ।

थिति बिगार्दै सचिव बढुवा

सरकारले वरिष्ठताको आधारमा सहसचिवबाट सचिवमा बढुवा हुने प्रणाली मिच्दै विष्णुप्रसाद नेपाललाई बढुवा गरेको छ । उच्च अधिकारीहरूको स्वार्थमा विगतको परम्परा भत्काउँदै सरकारले नेपाललाई सचिव बढुवा गरेपछि निजामती प्रशासनको थिति बिग्रने भएको हो ।

लकडाउन खुकुलो बनाउने तयारी

मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेस गर्न समितिलाई निर्देशन दिएको छ।

करोडौंका उपकरण किन्ने निर्णय गोप्य

नेपाल प्रहरीले चार वर्षदेखि आवश्यक हतियार किन्न सकेको छैन। हतियार किन्न नसकेका बेला तत्काल नभए पनि हुने वाटर क्यानन र सिमुलेटर किन्ने निर्णयमा पुग्न प्रधानमन्त्री र गृहमन्त्रीलाई कसले उक्सायोे भन्ने प्रश्न उठेको छ। पाँचवटा सिमुलेटर र एउटा वाटर क्यानन किन्ने निर्णय गोप्य राखिएको छ।

लकडाउन सर्तसहित खुकुलो बनाउने सरकारकाे निर्णय

सरकारले सर्तसहित अत्यावश्यक क्षेत्रका लागि लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गर्दै सर्तसहित केही खुकुलो बनाएको हो।

वैशाख २५ सम्म लम्बियो लकडाउन

लकडाउनको अवधि वैशाख २५ गतेसम्म लम्ब्याइएको छ।मन्त्रिपरिषद्को आइतबार साँझ बालुवाटारमा बसेको बैठकले २५ गतेसम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो।

विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिने सुरक्षाकर्मी कटौती गर्ने सरकारको निर्णय

सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिने सुरक्षाकर्मी कटौती गर्ने भएको छ।  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठक सुरु

मन्त्रिपरिषद बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो। बालुवाटार स्रोतकाअनुसार कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनको अवधि बढाउने र स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताबारे बैठकमा छलफल हुने छ।

चीन र भारतसँगका सीमा नाका एक हप्ता बन्द गर्ने सरकारको निर्णय

सरकारले भारत र चीनतर्फका नाका एक साता बन्द गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सोमबार १० बजेदेखि नाका बन्द गर्न लागिएको हो।

बन्न सकेन समावेशी सरकार

गठन भएको २३ महिनापछि प्रदेश १ सरकारमा चारजना राज्यमन्त्री थपिए पनि प्रदेश क्याबिनेटले भने एकजना महिला राज्यमन्त्री मात्रै पाएको छ। आइतबार मुख्यमन्त्री शेरधन राईले चारैजना नवनियुक्त राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

प्रदेश १ मा थपिए चार जना राज्यमन्त्री

प्रदेश १ को मन्त्रिपरिषद विस्तार भएको छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले थपिएका चार जना राज्यमन्त्रीलाई पद तथा गोपनियताको सपथ गराए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्