काठमाडौं – सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिने सुरक्षाकर्मी कटौती गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।
गृहमन्त्रालयले विशिष्ट व्यक्तिमा खटिएका सुरक्षाकर्मी कटौती गरी सीमामा खटाउनलागि सो प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गरी लकडाउन सुरक्षामा खटाउने निर्णय भएको छ।
विशिष्ट व्यक्तिको सुरक्षामा करिब ३ हजार सुरक्षाकर्मी खटिएका छन्। ती मध्ये आधा सुरक्षाकर्मी व्यारेक फिर्ता हुने मन्त्रालयले जनाएको छ।
प्रकाशित: ८ वैशाख २०७७ ११:४५ सोमबार