स्रष्टालाई कलम उपहार !
लोकतान्त्रिक गणतन्त्रको पक्षमा निरन्तर आवाज उठाउने स्रष्टाद्वय पुरुषोत्तम दाहाल र पुरुषोत्तम सुवेदी शनिबार सम्मानित भएका छन्। खुला समाज तथा लोकतान्त्रिक गणतन्त्रको पक्षमा सडकमा उत्रेर निषेधाज्ञा तोडेबापत स्रष्टाहरू पक्राउ परेको दिन २०६२ चैत ३० को सम्झना गर्दै शिल्पी थिएटर काठमाडौंमा आयोजित कार्यक्रममा स्रष्टाद्वयलाई सम्मान गरिएको हो।