१५ असार २०८१ शनिबार
image/svg+xml

बालुवाटारमा विरोध प्रदर्शन

कोरोना भाइरसको महामारी रोकथाममा सरकारले प्रभावकारी काम नगरेको भन्दै विरोध प्रदर्शन गर्नेहरुमाथि प्रहरीले पानीको फोहरा हानेको छ ।

सहमति जुटाउन बालुवाटार सक्रिय

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद सहमतिमा समाधान गर्र्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छलफललाई तीव्रता दिएका छन्।

शीर्षहरूको शीर्षासन

अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र दिवसअघि जारी गरेका दुई अध्यादेश मन्त्रिपरिषद्बाट फिर्ता गर्ने निर्णय गरेका छन्। शुक्रबार गरेको यो निर्णयले धेरैलाई प्रधानमन्त्री ओली आफ्नो कदमबाट पछि हटेको विश्वास दिलाउनेछ।

आज बालुवाटार रिसाएको छ !

‘चुनाव त आओस्, यिनलाई ठीक पारिन्छ, भ्रष्टहरू ! हुँदाहुँदा यात्रा संकटाँसमेत खाने ?’ बेलुका तरकारी किन्न निस्कँदा करिब ६० वर्षीया बूढीआमाले रिस पोखिन्। अनि सँगै साग बेच्न बसेका अर्का दाजु भन्दै थिए– के गर्नु बाबु, यिनले हामीलाई मार्ने भए !

पूर्व उपप्रधानमन्त्रीसहित १ सय ७५ जनाविरूद्ध मुद्दा

मन्त्रिपरिषद् बैठकका निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपरेका कारण पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाएको अख्तियारको दाबी छ।

झण्डा गाड्दैमा बालुवाटारको जग्गा कब्जा भन्न मिल्दैन : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारको जग्गामा झण्डा गाड्दैमा जग्गा कब्जा गरिएको नहुने बताएका छन्। प्रतिवन्धित नेकपा विप्लव समूहले बालुवाटारको विवादित जग्गामा झण्डा गाड्दै कब्जा गरेको बताएको थियो।

सर्वदलीय बैठकः बाबुराम, कमल थापा र खिलराज बालुवाटारबाट बाहिरिए

प्रधानमन्त्री निवास बालुवाटारको सर्बदलीय बैठकमा नेताहरुले सीमा विवाद राजनीतिक र कुटनीतिक माध्यमबाट सुल्झाउन सुझाव दिएका छन्।

बालुवाटारकाे जग्गा किन्दा ठगियौं : एनआरएनए

सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वदेशी विदेशी सहभागीसमेत गरि २ हजार ५ सय बढीको सहभागीता रहने संघले जनाएको छ। सम्मेलनले संघको नयाँ नेतृत्व पनि चयन गर्दैछ। ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल विषयमा आधारित भएर हुन लागेको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने संघले जनाएको छ।

नेपालबाहेक बालुवाटारका चार नेताको बैठक

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा चार नेतासँग भेटघाट गरेका छन्। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, रक्षामन्त्री इश्वर पोखरेलसँग भेटघाट गरेका हुन। सो बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई भने खबर नगरिएको स्रोतले जनाएको छ। बैठकमा सचिवालय सदस्य वामदेव गौतमलाई बोलाएको भए पनि उनी बिरामी भएका कारण उपस्थित भएका थिएनन्।

प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्री वाङको भेट

तीनदिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता (फोटोफिचर)

जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

बालुवाटारमा सर्वदलीय बैठक, माधव नेपाल अनुपस्थित

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बसिरहेको छ। सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन सम्बन्धी आयोग गठन तथा पदाधिकारी चयनबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन्।

लोकसेवा विज्ञापनबारे बालुवाटारमा धर्ना

संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत लोकसेवा आयोगले प्रकाशन गरेकोे विज्ञापन रद्द गर्नुपर्ने मागसहित आज  प्रधानमन्त्री निवास नजीकै धर्ना दिइएको छ।

आरक्षण कार्यान्वयनकाे माग गर्दै बालुवाटारमा प्रदर्शन

विभिन्न जनजातिसँग सम्बन्धित संघसंस्थाहरूले आरक्षणको कार्यान्वयन गर्न माग गर्दै मंगलबार बालुवाटारमा विरोध प्रदर्शन गरेका छन्।

बालुवाटारस्थित सुबिसु इन्टरनेटको भवनमा आगलागी (फाेटाे फिचर)

बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु भवनमा बुधबार भीषण आगलागी भएको छ। दिउँसो करिब साढे १२ बजेकाे आगलागी भएको स्थानमा आगो निभाउन सेना, प्रहरी तथा काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्