२१ असार २०८१ शुक्रबार
image/svg+xml

नेपाली सेनाको प्रथम क्याप्टेन किनलक पदयात्रा

नेपाली सेनाले सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारी देखि सिन्धुलीगढीसम्म प्रथम क्याप्टेन किनलक पदयात्रा गरेको छ । ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सघाउने उद्देश्यले नेपाली सेनाको सिन्धुलीस्थित श्री नम्बर ९ बाहिनी अड्डाको आयोजनामा पदयात्रा भएको हो।

प्रफुल र रसिलालाई उपाधि

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनले आइतबार राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाललाई पराजित गर्दै तेस्रो प्रधानमन्त्री कप खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ उपाधि जितेका छन्।

नेपाली सेनाको संख्या कटौति गर्न आवश्यक छैनः उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या कटौति गर्न उपयुक्त नहुने बताएका छन्।

महँगोमा चीनबाट सैन्य सामग्री किन्दै सेना

नेपाली सेनाले चीनबाट २६ वटा एपिसी, ७२ वटा ट्याक्टिकल भेहिकल खरिद प्रक्रिया अघि बढाएको छ। सेनाले भारतबाट पनि चारवटा एपिसी किन्दै छ। भारतबाट ल्याइने एउटा एपिसीको मूल्य करिब चार करोड र चीनबाट खरिद गर्न लागिएका एपिसीको मूल्य एउटाको सात करोड ७५ लाख रूपैयाँ रहेको स्रोतको दाबी छ।

नेपाली सेनाको सफा हिमाल अभियानका १० जनाले गरे सगरमाथा आरोहण

नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्।

फलामको रडले घोच्दा मृत्यु

बाराका सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

१९ महिना अगावै काठमाडौं-तराई द्रुतमार्गको २८ महिना म्याद थप

सरकारले निर्माणाधीन काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को म्याद २०८३ चैत मसान्तसम्मको लागि थप गरेको छ।

प्रतिनिधिसभाको उपनिर्वाचनमा नेपाली सेना परिचालन गरिने

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गरिने भएको छ।

रूपान्तरण हुँदै सुरक्षा संरचना

नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने व्यवस्था छ। सेनाको खटनपटन, परिचालन र क्रियाकलापको निगरानी प्रधानमन्त्री, मन्त्रिपरिषद् र रक्षामन्त्रीले गर्न पाउँछन्

सेनाको २६० औँ दिवसमा जुम्लाका दुई जना सम्मानित

नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा जुम्लाका दुई जनालाई सम्मानित भएका छन्। सेनाको २६० औँ स्थापना दिवसको अवसरमा कदर पत्र प्रदान गरेर सम्मान गरेको हो।

भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौंमा

नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौं आइपुगेका छन्।

अनियमितता आरोपमा कर्णेलको पद घटुवा

विशेष फोर्सका कमाण्डर भइसकेका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) हरि बोहोरालाई सैनिक अदालतले एक तह घटुवा गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्