२ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशन : प्राविधिक समस्या सुल्झियो, मतदानका लागि अन्तिम तयारी

नेकपा (एमाले)को ११औं राष्ट‍्रिय महाधिवेशनअन्तर्गत आज (बुधबार) नयाँ नेतृत्वका लागि मतदान अब केहीबेरमा सुरु हुँदैछ।

मतदान विद्युतीय मेसिनबाट हुने छ। हिजो (मंगलबार) साँझ ८ बजे सुरु हुने भनिएको मतदान प्राविधिक समस्या आएको भन्दै आज बिहानका लागि सारिएको महामसचिव शंकर पोखरेले जानकारी दिएका थिए।

प्राविधिक लक्ष्मण रिमालका अनुसार हिजो देखिएका सबै समस्या समाधान भइसकेको र मेसिनहरू मतदानका लागि तयारी अवस्थामा रहेको छ।

‘हिजो देखिएका सबै समस्या समाधान भइसक्यो। अब निर्वाचन आयोगको आदेश आएपछि मतदान सुरु हुने छ,’ रिमालले नागरिकन्युजसँग भने।

अबको आधा घण्टामा निर्वाचन सुरु हुने बताएको छ। मतदान सुरु भएपछि १०/१२ घटा लाग्ने प्राविधिक रिमालले जानकारी दिए। यसैगरी, मतदान स्थल पनि सारिएको उनले बताए।

मतदानका लागि ८० वटा मेसिन राखिएको छ। कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदै छन्। केपी शर्मा ओली र ईश्वर पोखरेल समूह प्रतिस्पर्धामा रहेका छन्।

प्रकाशित: २ पुस २०८२ ०८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App