९ मंसिर २०८१ आइतबार
image/svg+xml

संरक्षणको क्षेत्रमा नेपाल ‘ग्लोबल’ मोडल

सामुदायिक वनबाहेक हामीसँग मध्यवर्ती क्षेत्र छन्, अन्नपूर्ण र कञ्चनजंघा संरक्षण क्षेत्र छ, ‘होमस्टे’ छन्, आमा समूह छन्। हामीसँग हिउँचितुवा संरक्षण समितिहरू छन्। यी सबैमा समानता भनेको स्थानीय समुदायको सहभागिता हो। यस्ता थुप्रै अवधारणा छन् जसले विश्वमा नेपाललाई चिनाइरहेका छन्।

कर्णाली पुलमा दुई दिनदेखि सवारी साधन बन्द

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलाली र बर्दिया जोड्ने चिसापानीको कर्णाली पुलमा दुई दिनदेखि सवारी साधन बन्द गरिएको छ।

दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

पेनकेक सिलातको प्रशिक्षक तथा रेफ्री तालिम

पेनकेक सिलातको दोश्रो प्रशिक्षक तथा रेफ्री तालिम सम्पन्न भएको छ।बर्दियाको बारबर्दियामा भएको तालिमको नेपाल पेनकेक सिलात बर्दिया जिल्ला संयोजक खेमबहादुर खड्काले संयोजन गरेका थिए।

संसदमा बोलेर, कराएर मात्र केही नहुने रहेछ : गौतम

बर्दिया क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले जनअपेक्षाअनुरूप वातावरण सिर्जना हुन सकेन भने संसदमा बोलेर, कराएर मात्र केही नहुने बताएका छन्।

दाङमा बस दुर्घटना हुँदा २० जना घाइते, २ को अवस्था गम्भीर

बर्दियाबाट वनभोजका लागि दाङ आएको यात्रुबाहक बस दुर्घटना हुँदा करिब २० जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।

बर्दियामा चितुवाको आक्रमणबाट नौ जना घाइते

चितुवाको आक्रमणबाट आइतबार दिउँसो नौ जना घाइते भएका छन्। गुलरिया नगरपालिका–११ गो कचौरामा चितुवाले आक्रमण गरेको हो।गुलरिया नगरपालिका–११ की अन्दाजी ३५ वर्षीय किस्मतु हज्जाम, गुलरिया नगरपालिका–१२ टेशनपुरका मोहन थारु गम्भीर घाइतेको बर्दिया अस्पतालमा उपचार भईरहेको छ।

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दियाको राजापुर नगरपालिका–१० सुकुम्बासी टोल निवासी २५ वर्षीया ममता सुनारको आज घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।

तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो

तिहार नजिकिएसँगै बर्दियाका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ। न्जिकिंदै आएको तिहारका लागि सयपत्री, मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो।

चितवन राष्ट्रिय निकुञ्जमा बाघ राख्न ठाउँ अभाव, बर्दिया पठाइयो

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँ अभाव भएको छ। ठाउँ अभाव भएपछि बाघ बर्दिया पठाइएको छ।

बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जङ्गलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको छ।

घाँस काट्दै गरेकी श्रीमतीको हत्या

बर्दियाको बढैयाताल गाउँपालिका-१ सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

बार बर्दिया नगरपालिकामा असुली धन्धा

२०७१ सालमा जब्दी घाटको पुल उद्घाटन नहुँदै भासियो । केही वर्ष भासिएको पुल माथिबाट जनता हिँडे ।अघिल्लो वर्षको बाढीले पुल बगाएपछि जनता पुरानै नियतिमा फर्कन बाध्य छन् । तर,गाउँमा सिंह दरबार आउने आशामा निर्माण भएको तीन तहको सरकार मध्यमा स्थानीय सरकारमा जनप्रतिनिधि चुनिए पनि सर्वसाधारणलाई सुविधा दिन भन्दा असुली गरिरहेको आरोप छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्