२७ पुस २०८१ शनिबार
image/svg+xml

शेखर भन्छन् : कांग्रेस कम्युनिष्ट जस्तो होइन, सभापतिको 'डिक्टेटर' चल्दैन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विधान संशोधनको मस्यौदामा असहमति जनाउँदै सभापतिलाई 'डिक्टेटर' बनाउन खोजिएको आरोप लगाएका छन्। ‘हामी विधान संशोधनको चरणमा छौं। विधानमा सभापतिलाई बलियो बनाउने भनिएको छ। यसमा रहेका प्रावधानले सभापतिलाई निरंकुश बनाउँछ, अधिकार बढाउने नाममा सभापतिलाई डिक्टेटर बनाउने?’ उनले प्रश्न गरे।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ। काङ्ग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि यही असोज १९ गते शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरेको हो।

कांग्रेसले गाउँपालिकामा लगाएको तला प्रहरीले खोल्यो

जिल्लाको नरहरिनाथ गाउँपालिकाको सम्पर्क कार्यालयमा लगाएको ताला प्रहरीले खोलेको छ। नेपाली कांग्रेस कालिकोटले मंगलबार जिल्ला सदरमुकाम मान्ममा रहेको सम्पर्क कार्यालयमा ताला लगाएको थियो।

नरहरिनाथ गाउँपालिकामा कांग्रेसको ताला

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको सम्पर्क कार्यालयमा तालाबन्दि गरिएको छ। नेपाली कांग्रेस कालिकोटले कार्यालयमा ताला लगाएको हो। गाउँपालिका प्रमुख धिरबहादुर बिष्टले विकास निर्माणमा समन्वयकारी भुमिका नखेली एकलौटी गरेको भन्दै कांग्रेस कार्यकर्ताले कार्यालय घेराउ गर्दै ताला बन्दी गरेका हुन्।

कांग्रेसमा जवाफदेहिता र पारदर्शितामा जोड

पार्टीमा अनुशासनहिनता मौलाउँदै गएको भन्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले अनुशासन समितिलाई शक्तिशाली बनाउन सुझाव दिएका छन्

‘नेकपाकै नेताले देश डुब्न लाग्यो भन्दै संसदमा गुहार माग्नु सानो कुरा हैन’

नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले वर्तमान सरकारको गतिविधीबाट जनता आजित बनिसकेको र सरकारको असफलता सत्तारुढ पार्टीकै नेताहरुको आलोचनाले प्रष्ट पारेको बताएका छन्। ‘देश डुब्न लाग्यो माझी कोही छ भन्दै नेकपाका ठूला नेताहरुले संसदमा गुहार माग्नु सानो कुरा हैन’, उपसभापति निधिले भने, ‘वर्तमान सरकारको असफलता कम्युनिष्ट पार्टीकै नेताहरुको यो गुहारले अझ प्रष्ट पारिदिएको छ।’

प्रदेशसभाको निर्णयलाई चुनौती दिँदै कांग्रेस सडकमा

देशको नाम र स्थायी राजधानी कायम भएको विषयलाई लिएर प्रदेश ७मा नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताले धनगडी बजार बन्द गराएका छन्।

गृहमन्त्री थापा लाचार : गच्छदार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं सांसद विजय गच्छदारले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको बताएका छन्। बिहीवारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद गच्छदारले महिला हिंसा, हत्या र बलात्कारका घटना नियन्त्रण गर्न नसक्नुले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको देखिएको बताए।

मिश्रित निर्वाचन प्रणाली अपनाउन र पदाधिकारी मनोनित प्रावधान हटाउन सुझाव

कांग्रेसमा सभापतिलाई बलियो बनाएर लैजाने कि सामूहिक वा मिश्रित प्रणालीबाट जाने भन्ने बिषयमा बहस चलिरहँदा प्रदेश ५ का विभिन्न जिल्लाका नेताले मध्यमार्गी बाटो अपनाउनु पर्नेमा जोड दिएका छन्। विधान संशोधन सुझाव संकलनको प्रदेश ५ को भेलामा सहभागी जिल्ला सभापति, महाधिवेशन तथा महासमिति सदस्य र भातृ, भगिनी संस्थाका सभापतिहरुले सभापतीय तथा एकल संक्रमणीय निर्वाचन पद्धति तथा सामूहिक नेतृत्व पद्धतिमध्ये मिश्रित प्रणालीलाई अवलम्बन गर्दै पार्टीलाई कार्यकर्ता केन्द्रित गराउनुपर्ने सुझाव दिएका हुन्।

कम्युनिष्टको अधिनायकवाद राेक्न कांग्रेस नयाँ स्वरूपमा : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा कम्युनिष्टको एकदलीय अधिनायकवाद बढिरहेको भन्दै त्यसलाईलाई रोक्न पार्टीलाई नयाँ ढंगले अघि बढाउनु पर्ने बताएका छन्।

कांग्रेसको नेतृत्व कोइराला परिवारले लिन्छ : महामन्त्री शशांक

नेपाली कांग्रेसका महामन्त्री डा.शशांङ्क कोइरालाले पार्टीको आगामी महाधिवेशनमा कोइराला परिवारबाट सभापतीको उम्मेदवारी पर्ने बताएका छन्।

सभापतिको उम्मेदवार कोइराला परिवारबाट : कांग्रेस महामन्त्री

नेपाली कांग्रेसका महामन्त्री डा.शशांङ्क कोइरालाले पार्टीको आगामि महाधिवेशनमा कोइराला परिवारबाट सभापतीको उम्मेदवारी पर्ने बताएका छन। बुटवलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले कांग्रेसको आगामि नेतृत्वका लागि  कोइराला परिवारबाट एक जनाले उम्मेदवारी दिने स्पष्ट पारे।

पार्टीको नेतृत्वका लागि निर्णय लिने बेला भएकाे छैन् : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले पार्टीको नेतृत्व गर्ने या नगर्ने भन्ने बिषयमा अहिले नै निर्णय गरिसक्ने बेला नभएको बताएका छन्। विपी विचार राष्ट्रिय समाज रुपन्देहीको पहिलो अधिवेशनको बुटवलमा उद्घाटन गर्दै महामन्त्री कोइरालाले पहिले जिल्ला जिल्लामा नेता कार्यकर्तासंग छलफल परामर्श गरेर उनीहरुकै भावना अनुरुप अगाडि बढ्ने बताएका हुन।

कांग्रेस विधान संशाेधनको प्रारम्भिक मस्यौदा तयार

पाली कांग्रेसले आफ्नो विधान संशाेधन गर्नका लागि प्रारम्भिक मस्यौदा तयार पारेको छ। पार्टीको आगामी मंसिर ५देखि ९गतेसम्म हुने महासभामा पेश गर्ने गरी मस्यौदा तयार गरिएको हो। मुलुक संघीयतमा गएसँगै कांग्रेसले सो अनुरुप संगठन संरचना निर्धारण गर्न विधान संशाेधन गर्न लागेको हो।

सरकारलार्इ कांग्रेस प्रवक्ताकाे प्रश्नः बामदेव गाैतम कहाँबाट चुनाव लड्ने हुन ?

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारको जनमत खस्किसकेको दाबी गरेका छन्। नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा उनले जनमत खस्किसकेको सरकारलाई समयमै सच्चिन सुझाव दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्