२६ पुस २०८१ शुक्रबार
image/svg+xml

सडक र सदन तताउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले मुलुकमा आर्थिक अनियमितता र भ्राष्टाचार मौलाउँदै गएको ठहर गर्दै त्यसविरुद्ध सडक र सदनबाट आन्दोलन गर्ने निर्णय गरेको छ। असार २२ गते सुरु भएको केन्द्रीय समितिको मंगलबार राति सकिएको बैठकले सडक र संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने निर्णय गरेको हो।

दोस्रो चरणको जागरण अभियानको तयारीमा कांग्रेस

नेपाली कांग्रेसले बुधबार (भोलि) पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रम घोषणा गर्ने भएको छ।

‘लोकतन्त्र र आजको मार्क्सवाद’ माथि बहस

नेपाली कांग्रेसका नेता प्रदीप गिरीले प्रत्येक व्यक्तिले राजनीतिमा चासो राख्दै राजनीतिमा हस्तक्षेप गर्नुपर्ने बताएका छन्। उनले राज्यले पनि जनताको विचार र चासोको ख्याल गर्नुपर्ने बताएका छन्। प्रा। चैतन्य मिश्र लिखित ‘लोकतन्त्र र आजको माक्र्सवाद’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै गिरीले भने, ‘अहिले नेपाल, समाज र जनताले खोजेको सामाजिक लोकतन्त्र हो तर अहिले नेपाल र नेपाली समाजको अराजनीतिकरण हुँदैछ। गणतन्त्रले ठाउँ पाएको छ जुन सबै जनताका लागि हानिकारक हो।’

कांग्रेसको नयाँ गन्तव्य

राणा शासनदेखि राजतन्त्र अन्त्यसम्म जनताको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेस नेपालको राजनीतिक र सामाजिक परिवर्तनको संवाहक शक्ति हो। करिब ७१ वर्ष लामो संघर्षको इतिहास बोकेको कांग्रेसलाई अलग राखेर नेपालको राजनीति र सामाजिक अध्ययन पूरा हुन सक्दैन। त्यसैले नेपाली कांग्रेसलाई लोकतन्त्रको पर्याय पनि भनिन्छ।

कांग्रेसद्वारा मिडिया काउन्सिल विधेयकमा ३१ संशोधन

राष्ट्रियसभामा नेपाली कांग्रेसले प्रेस काउन्सिलको गठन गर्नका लागि आठजना सदस्य रहने प्रस्तावसहित संशोधन प्रस्ताव दर्ता गरेको छ।

‘जनता आकर्षित गर्न सकिएन’

ओली नेतृत्व सरकार सबै क्षेत्रमा असफल भए पनि पार्टीले जनताको मन जित्नेगरी कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका छन्।

मिडिया काउन्सिल विधेयकमाथि कांग्रेसको संशोधन प्रस्ताव दर्ता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभामा प्रस्तुत भएको नेपाल मिडिया काउन्सिल विधेयकमाथि १९ बुँदासहितको संशोधन प्रस्ताव दर्ता गरेको छ

मनोमानी ढंगले पार्टी चलाउन सकिँदैनः नेता पौडेल

नेपाली कांग्रेसका केन्द्रिय सदस्य नेता प्रदीप पौडेलले मनोमानी ढंगले पार्टी चलाउन नसकिने बताएका छन्।

सरकार दुई तिहाइको होइन, काण्डै–काण्डको भयोः महामन्त्री कोइराला

सरकारले लोकतन्त्रलाई उल्टो व्याख्या गरिरहेको नेता कोइरालाले आरोप लगाए। नेपाली कांग्रेसको नेतृत्वमा ल्याएको संविधानलाई अपव्याख्या गर्दै कम्यूनिष्ट सरकारले आफू अनुकुल बनाउन खोजेको उनको तर्क थियो।

मन्त्री भट्टराईले प्रतिपक्षी नेता देउवालाई सुनाए एक वर्षे कार्ययोजना, नयाँ ‘संस्कार’को सुरुवात

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। शनिबार विहान पूर्वप्रधानमन्त्री देउवाको निवास बुढानीलकण्ठ पुगेर भट्टराईले मन्त्रालयले गरिरहेका काम र आफ्नो एकवर्षे कार्ययोजनाबारे जानकारी गराएका हुन्।

सरकार सबैतिर असफल भयो

नेपाली कांग्रेसका केन्द्रीय सदस्यले केपी ओली नेतृत्व सरकारले सबैतिर अराजकता फैलाएको भन्दै तीव्र आलोचना गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको शुक्रबारको बैठकमा बोल्ने सदस्यहरुले सरकारको अराजकता र व्यथितिविरुद्ध पार्टीले सदनदेखि सडकसम्म संघर्षका कार्यक्रम घोषणा गर्नुपर्ने धारणा राखे।

प्रधानमन्त्री प्राचीन कम्युनिष्ट निस्किएः नेता पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली ‘प्राचीन कम्यूनिष्ट’ निस्किएको बताए। नेपाल प्रेस युनियन डोटी शाखाको आयोजनामा शुक्रबार भएको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।

सरकारले तीनै तहमा संस्थागत भ्रष्टाचार बढायो

‘नेपाली जनताले लामो संघर्षबाट प्राप्त अधिकारलाई खोस्ने, अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने, जनताको माझबाट स्वस्फुर्त रुपमा विकसित सामाजिक, सांस्कृतिक र धार्मिक संरचनाहरु ध्वस्त गर्ने कोसिस भएको छ। ’

कांग्रेस बैठकः भ्रातृ संस्थाबारे छलफल, जनप्रतिनिधिलाई नीतिगत निर्देशन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केही भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृति तथा कार्यसमितिको समयावधि सकिएको भ्रातृ एवं शुभेच्छुक संस्थाका बारेमा छलफल प्रारम्भ भएको छ।

कम्युनिष्ट स्टेटविरुद्ध आन्दोलनका लागि तयार रहन निधिको निर्देशन

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारका पछिल्ला कार्यशैली मुलुकको समग्र राज्य संचालन व्यवस्था माथि नै खतरनाक संकेतको रुपमा आएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्