१९ आश्विन २०८१ शनिबार
image/svg+xml

इलाका प्रहरी कार्यालय नै असुरक्षित, हुरीबतास चल्नेबित्तिकै सुरक्षाकर्मी भवन छाडेर भाग्छन्

जिल्लाको दक्षिण–पश्चिम क्षेत्र धनकौलस्थित इलाका प्रहरी कार्यालय हरकठवाका सुरक्षाकर्मी अलि ठूलो हुरीबतास चल्न थालेसँगै कार्यालयबाट भाग्ने गरेका छन्। दुईतले पक्की भवन भए पनि अत्यन्त जीर्ण र कमजोर भएको र हुरीबतास चल्दा घर हल्लिने गरेकाले उनीहरू भाग्ने गरेका हुन्।

मापदण्डविपरीत खटाइएका पूर्वमन्त्रीका सुरक्षाकर्मी फिर्ता हुँदै

सरकारले पूर्वगृहमन्त्री तथा पूर्वमन्त्रीहरूको निजी सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फर्काउने तयारी गरेको छ।

कानुनविपरीत सभामुखलाई २८ सुरक्षाकर्मी

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षले कानुनले तोकेभन्दा बढी सुरक्षाकर्मी राखेको पाइएको छ। तर सभामुख कृष्णबहादुर महराका लागि भने राष्ट्रियसभाका अध्यक्षले भन्दा पनि बढी सुरक्षाकर्मी खटाइएको छ। सभामुख महराले २८ जना सुरक्षाकर्मी पाएका छन् तर उही हैसियतमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका लागि भने २१ जना सुरक्षाकर्मी खटिएका छन्। दुवैले कानुनभन्दा बढी सुरक्षाकर्मी लिए पनि सभामुखले भने अझै बढी सुरक्षाकर्मी पाएका छन्। दुवै पदाधिकारीको अगुवा पछुवा र क्वाटरमा सो संख्यामा सुुरक्षाकर्मी खटिएका छन्।

सर्लाहीमा डुबान क्षेत्रमा खटिएका सुरक्षाकर्मी नै सम्पर्कविहीन, उद्धारमा समस्या

जिल्लाको दक्षिण–पश्चिम डुबान क्षेत्रमा खटिएका सुरक्षाकर्मी नै सदरमुकाम मलंगवास्थित जिल्ला हेडक्वार्टरबाट सम्पर्कविहीन बनेका छन्।  नेपाल प्रहरीतर्फ प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय जस्ता इकाई एवं सशस्त्र प्रहरीतर्पm बोर्डर आउट पोष्ट सम्पर्कविहीन भएका हुन्।

सुरक्षाकर्मीनै उद्धारको पर्खाइमा

अविरल परेको वर्षाका कारण सुरक्षा निकायका कार्यालय, ब्यारेकहरू पनि डुबानमा परेका छन् । सुरक्षाकर्मीहरु त्यहाँबाट निस्कन नसक्ने अवस्थामा पुगेका छन् ।

उद्धारमा खटिए सुरक्षाकर्मी

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका विभिन्न भागमा वर्षाका कारण हुन सक्ने क्षति न्यूनीकरण र उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार ट्विट गर्दै सम्भावित जोखिमबाट जनतालाई जोगाउन पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सरकारका विभिन्न मन्त्रालय र निकाय सक्रिय रहेको जानकारी गराउँदै क्षति न्यूनीकरण गर्न सुरक्षाकर्मी खटिएको जानकारी गराएका हुन्।

इथियोपियामा असफल ‘कु’ प्रयासपछि २५० भन्दा बढी गिरफ्तार

इथियोपियाका सुरक्षाकर्मीहरुले झण्डै २५० जनाभन्दा बढीलाई गिरफ्तार गरेका छन्। उच्च तहका पाँच सुरक्षा अधिकारीहरुको हत्या भएपछि ‘कु’को खतरा रहेको आशङ्का चलिरहेका बेला उनीहरुलाई गिरफ्तार गरिएको हो।

विद्युत् नहर मर्मतमा खटिए सुरक्षाकर्मी

विद्युत् नहुँदा सरकारी तथा गैरसरकारी कार्यालयको कामकाज ठप्प भएपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली विद्युत् नहर बनाउन खटिएको हो।

'प्रहरीलाई ढुंगा हान्ने अधिकारलाई हामीले कसरी लोकतान्त्रिक अधिकार भन्ने?'

गृहमन्त्री रामबहादुर थापाले सवारी आगमनमा अवरोध गरेकाले गुठी विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सामान्य बल प्रयोग गरेको बताएका छन्।

सुरक्षाकर्मीमाथि आक्रमण गर्ने हाम्रो नीति छैन, सोलु घटना सरकारी षडयन्त्र हो : विप्लव समूह

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सुरक्षा निकायमाथि आक्रमण गर्ने आफ्नो पार्टीको नीति नभएको प्रस्ट पारेको छ।

गणतन्त्र स्मारकमा सुरक्षाकर्मीकै मानमर्दन

नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्माण गरिएको गणतन्त्र स्मारक सुरक्षाकर्मीहरुको मानमर्दन हुनेगरी निर्माण गरिएको पाइएको छ।

शे–फोक्सुण्डो : सबैथोक छ, सरकार उपस्थित छैन

यसबेला फोक्सुण्डो एउटा यस्तो भूगोल हो जहाँ राज्यको उपस्थिति छैन। स्थानीयले आ–आफ्ना घरका ढोका खोलेको महिना दिन बितिसक्दा पनि यहाँस्थित राज्यका कुनै पनि निकायका कार्यालयका ढोका खुलेका छैनन्। हिउँ पर्नुअघि तल झरेका सरकारी निकायका कर्मचारी र सुरक्षाकर्मी अझै माथि उक्लिएका छैनन्।

जलिरह्यो घर, सम्झिइयो दमकल

शनिबार प्रायः मानिस आराम, घुमफिर र रमाइलोका लागि समय निकाल्छन्। गलकोट नगरपालिका–६ चरौँदीका हेमबहादुर खत्रीलाई भने त्यही शनिबार दुःखद् बन्यो। अपराह्नपख शर्माको वडा नं ३ हटिया बजारस्थित घरमा लागेको आगोले विपद्को रुप लियो। हेर्दाहेर्दै तीनतले घर खरानीमा परिणत भयो।

कर्मचारी अभावमा भन्सार कार्यालय रित्तै

कर्मचारी नहुँदा रौतहटका छोटी भन्सार कार्यालयहरु रित्तै देखिएका छन्। कार्यालय हुने तर कर्मचारी एकजना पनि नहुँदा सुरक्षाकर्मीले नै कार्यालय खोल्ने गरेको देखिएको छ।

सुरक्षाकर्मी–विद्यार्थी झडप

एसइई स्थगित गरेको विरोधमा शनिबार बारामा प्रदर्शनमा उत्रेका परीक्षार्थी र सुरक्षाकर्मीबीच विभिन्न स्थानमा झडप भएको छ। झडपका कारण जितपुर बजार बिहान आठदेखि १२ बजेसम्म तनावग्रस्त बनेको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाईफायरसमेत गरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हेमबहादुर शाहीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्