coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुरक्षाकर्मीनै उद्धारको पर्खाइमा

रौतहट– अविरल परेको वर्षाका कारण सुरक्षा निकायका कार्यालय, ब्यारेकहरू पनि डुबानमा परेका छन् । सुरक्षाकर्मीहरु त्यहाँबाट निस्कन नसक्ने अवस्थामा पुगेका छन् । उनीहरू उद्धारको पर्खाइमा छन् ।

गौर बजारको जिल्ला प्रहरी कार्यालयभन्दा दक्षिणको एकतले घर पूरै डुबिसकेका छन्। बोर्डर नजिक गौर बजारमा करिब १५ फिट पानी जमिसकेको छ । बाढी पस्दा प्रहरी भन्सार सुरक्षा गार्डको कार्यालयको छाना मात्र देखिएको छ । बाँकी भाग डुबिसकेको  छ  । जिल्ला प्रहरी कार्यालयको भूइँ तला डुब्ने क्रममा रहेको छ भने कारागारको पहिलो तलासमेत डुबानमा परेको छ ।

बागमती, लाल बकैया नदीको बाँध फुटी बस्तीमा पानी पस्दा हजारौँ घर विस्थापित भएका छन् । धेरै स्थानहरुबाट उद्धारको माग गरिएको छ । सबै सडक सञ्जाल पूर्ण रुपमा विच्छेद भएको छ ।

प्रदेश तथा प्रहरी प्रधान कार्यालयबाट थप उद्धार टोलीको माग गरिएको जनाइएको छ । साथै सम्पूर्ण सर्वसाधारणलाई सावधानीपूर्वक सतर्क रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

प्रकाशित: २८ असार २०७६ ०४:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App