१० मंसिर २०८१ सोमबार
image/svg+xml

भेनेजुएला प्रकरणमा विज्ञप्ति आवश्यक थिएन : खड्का

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. नारायण खड्काले भेनेजुएला प्रकरणमा नेपाल सरकार र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले वक्तव्य जारी गर्नु नै आवश्यक नभएको प्रतिक्रिया दिए। उनले भने, ‘दाहालले भेनेजुएला प्रकरणमा अमेरिकाले हस्तक्षेप गर्यो, साम्राज्यवादी ‘कु’ भन्नुभयो। दाहालले त्यसरी भन्नु आवश्यक नै थिएन।’

‘भेनेजुएली सेनासँग अमेरिका प्रत्यक्ष सम्पर्कमा छ’

राष्ट्रपति निकोलास मादुरोलाई अस्वीकार गर्न आग्रह गर्दै भेनेजुएली सेनासँग अमेरिका प्रत्यक्ष सम्पर्कमा रहेको अमेरिकी राष्ट्रपति कार्यालयका एक वरिष्ठ अधिकारीले बताएका छन्। अमेरिकाले राष्ट्रपति मादुरोलाई अवेज्ञा गर्न आग्रह गर्दै भेनेजुएली सेनाका वरिष्ठ अधिकारीहरुसँग कुराकानी गरिरहेको ती अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

दलको छवि नेताको छायाँ

धेरैअघिको कुरा होइन। तत्कालीन नेकपा (एमाले)को केन्द्रीय कार्यालयमा अमेरिकी राजदूतले भ्रमण गर्ने भएपछि बैठक कक्षमा रहेका माक्र्स, लेनिन, माओ आदि अन्तर्राष्ट्रिय कम्युनिस्टका तस्बिर हटाइएको थियो। त्यसले निकै लामो समयसम्म चर्चा चलाइरह्यो।  अहिले तीन सातादेखि मनोरञ्जनका साथ चलिरहेको त्यही नेकपाको आधुनिक रूप नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र– भेनेजुएला प्रकरण।

दूरी घटाउन ओली–दाहाल भेट

भेनेजुएलाको राजनीतिक संकटलाई लिएर जुहारीमा उत्रिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शनिबार भेटवार्ता भएको छ। उनीहरुबीच शनिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो। भेटमा भेनेजुएलासम्बन्धी विज्ञप्तिले उब्जाएको विवाद तथा पार्टी एकीकरणसम्बन्धी विषयमा कुराकानी भएको स्रोतले जनाएको छ।

नेकपामा चर्कंदै दाहाल- ओलीबीच जुहारी

भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुुष्पकमल दाहालले कडा आलोचनासहितको वक्तव्य जारी गरेपछि त्यसलाई लिएर पार्टीमा मतभेद उत्पन्न भएको छ। भेनेजुएला प्रकरणमा नेकपाका दुई अध्यक्ष दाहाल र केपी शर्मा ओलीबीच दोहोरी चलिरहेको छ।

सहायता सामग्री सेनाको अवरोध

भेनेजुएली नागरिकका लागि सहायता सामग्री बोकेर आएको कन्टेनरलाई सेनाले कोलम्बियासँगको सीमामा रहेको पुलमै रोकिदिएको विपक्षीहरुले बताएका छन्।

भेनेजुएला प्रकरणबाट सरकारले पाठ सिक्याे : मन्त्री ज्ञवाली

परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले भेनेजुएला प्रकरणबाट सरकारले पाठ सिकेको बताएका छन्। 'कुनै पनि दुई राष्ट्रका आन्तरिक मामलामा बोल्दा धैर्यता गर्नुपर्ने र उपयुक्त समय कुर्नुपर्ने पाठ सरकारले सिकेको छ' उनले भने।

सरकारलाई कांग्रेस सांसदको प्रश्नः भेनेजुएलाको पक्ष लिएर नेपालीलाई के फाइदा ?

नेपाली कांग्रेसका सांसदले सरकार खुलेरै भेनेजुएलाको पक्षमा उभिएको भन्दै आपत्ति जनाएका छन्।  प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै सांसद पार्वती डिसी चौधरीले नेपालसँग कुनै साइनो र सम्बन्ध नभएको भेनेजुएलाको पक्षमा नेकपा अध्यक्ष पुष्पकमल दाहालको विज्ञप्ति, सोही विज्ञप्तिलाई नेकपाले सदर गर्नु र सरकारको धारणा पनि सोही आशयको आउनुले नेपाली जनतालाई के फाइदा हुन्छ भनी प्रश्न गरिन।

प्रचण्डको वक्तव्य र वैचारिक लक्ष्मणरेखा

भेनेजुएला प्रकरणले नेपालको राजनीतिमा अनायास तरंग उत्पन्न गराएको छ। यो तरंग विचार आन्दोलनका सन्दर्भमा सुनामी नै भने पनि हुन्छ। प्रचण्डको वक्तव्यले नेपाल र अमेरिकासँगको सम्बन्धमा कस्तो असर पर्यो वा नेपाल र छिमेकीहरूसँगको सम्बन्धको जमिनलाई कता हल्लाइदियो वा नेपाल कुन अन्तर्राष्ट्रिय शक्ति गुटको कित्तामा प्रवेश भयो भन्ने प्रश्न स्वाभाविकरूपमा उठे पनि यी प्रश्नहरू गौण हुन् भन्ने मेरो बुझाइ छ।

अमेरिकासँग अन्योल

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाको राजनीतिक संकटमा दिएको वक्तव्यले मुलुकको कूटनीतिमा गम्भीर प्रभाव पार्ने संकेत देखिँदै छ। कम्युनिस्ट अन्तर्राष्ट्रिय भाइचाराका निम्ति हिजो भूमिगत राजनीतिमा लागेका बेला आफूखुसी शब्दचयन गरी वक्तव्य जारी गर्नु र सत्तारुढ दलको मुख्य नेताले औपचारिकरूपमा बोल्नुबीच ठूलो अन्तर हुने गर्छ। हामीकहाँ कुनै नेताले बोल्दा ‘व्यक्तिगत’ भनेर सजिलै पन्छिन पनि मिल्छ।

विपक्षी नेतालाई युरोपेली राष्ट्रको मान्यता

बेलायत, फ्रान्स, जर्मनी, स्पेन र अन्य युरोपेली राष्ट्रले भेनेजुएलाका विपक्षी नेता जुवान गुआइडोदलाई अन्तरिम राष्ट्रपतिका रूपमा औपचारिक मान्यता दिएका छन्। भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई राष्ट्रपतिको नयाँ निर्वाचनको मिति तोक्न गरेको आग्रहलाई उनले वेवास्ता गरेपछि युरोपेली मुलुकहरुले विपक्षी नेता गुआइडोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएको बिबिसीले जनाएको छ।

‘भेनेजुएला प्रकरणले आवश्यकताभन्दा बढी चर्चा पायो’

भेनेजुएला प्रकरणलाई लिएर अनावश्यक विवाद गरिएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले आरोप लगाएका छन्। ‘यसलाई आवश्यकताभन्दा बढी चर्चा गरेर उचाल्न खोजिएको छ, भौगोलिक र विविध सम्बन्धका हिसाबले पनि नेपालसँग खासै सम्बन्ध नभएको विषयमा नेपालको भाग्य र भविष्यको फैसला नै यसैले नै गर्ने गरी हल्ला भइरहेको छ,’ उनले भने।

देश गृहयुद्धमा जान सक्छ : राष्ट्रपति मदुरो

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताएका छन्। उनले स्पेनको एक टेलिभिजन अन्तरवार्ताका क्रममा सो धारणा राखेका हुन्।

निर्वाचन मिति नतोके विपक्षी नेतालाई समर्थन

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई निर्वाचन मिति तोक्नका लागि दबाव आउने क्रम जारी रहेको छ। केही दिनअघि स्पेन र बेलायतकै धारणा पछ्याउँदै युरोपेली राष्ट्र फ्रान्स र अस्ट्रियाले पनि यदि मादुरोले तत्काल नयाँ निर्वाचन मिति नतोके केही दिनअघि आफूले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका भेनेजुएलाका राष्ट्रिय सभाका अध्यक्ष एवं विपक्षी नेता जुवान गुआइडोलाई समर्थन गर्ने चेतावनी दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

दाहालको भेनेजुएला ‘बुमराङ’

राष्ट्रपतिमा दोस्रो कार्यकालका निमित्त गत महिना निर्वाचित भएदेखि नै निकोलस मदुरोविरुद्ध उर्लिएको जनप्रदर्शनहरूका माझ उनका प्रतिद्वन्द्वी उम्मेदवार तथा राष्ट्रिय सभाका अध्यक्ष हुवाँ गुइडोले सोही सभाबाट आफैँलाई भेनेजुएलाको राष्ट्रपति घोषणा गरेका थिए जनवरी २३ मा। त्यसको लगत्तै संयुक्त राज्य अमेरिकाले पनि उनलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछिको विवादले त संसार हल्लाएकै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्