१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

एमालेको सङ्कल्प यात्रा अहिले साढे ८ बजेबाट सुरु हुँदै

‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ नाम दिइएको उक्त अभियानको पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिले बिहान साढे ८ बजे सुरु गर्नेछन्।

बारुद बनाउन प्रयोग गरिने कच्चा पदार्थसहित एक महिला पक्राउ

बैतडीमा बारुद बनाउन प्रयोग गरिने पदार्थसहित एक महिला पक्राउ परेकी छन्। बनाउन प्रयोग गरिने करिब १२ किलो कच्चा पर्दाथसहित एक महिलालाई झुलाघाटबाट बिहीबार पक्राउ गरिएको हो।

झुलाघाट नाका अबदेखि बिहान ६ बजेबाट खोल्ने

भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ। नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले बैतडीसँग जोडिएको झुलाघाट नाका खोल्नेबारे उक्त सहमति भएको हो।

झुलाघाटमा मोटरेवल पुल सधैँको चुनावी एजेण्डा

‘झुलाघाटमा मोटरेवल पुल आवश्यक छ, त्यो विषयमा भारतीय प्रधानमन्त्रीसँग कुरा गर्छु, मोटरेवल पुल बनाएरै छोड्छु’, उनले भने।

मध्यपहाडीको सुरुआती खण्ड कालोपत्रे हुने

पूर्वको चिवाभञ्याङदेखि पश्चिमको झुलाघाट जोड्ने राष्ट्रिय गौरवको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुआती खण्ड कालोपत्रे हुने भएको छ। सुरुआती बिन्दु चिवाभञ्याङदेखि थर्पुसम्मको सडक कालोपत्रे गर्न केही अघि ठेक्का सम्झौता भएको हो।

बैतडीमा जिप दुर्घटनाः पाँच जनाको मृत्यु, ६ घाइते

बैतडीको गोठालापानी झुलाघाट सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका–८ बुड्डाको झाल नजिक जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

झुलाघाट नाकाबाट ५ सय ८० जना भित्रिए

बैतडीको झुलाघाट सीमानाकाबाट ५ सय ८० जना नेपाली भित्रिएका छन्। रोजगारी एवम् अन्य कामको सिलसिलामा भारतमा रहेका नेपालीलाई बिहीबार जिल्ला प्रशासन कार्यालय बैतडीले सीमा पुल खोलेर भित्र्याएको हो।

चार दिनदेखि कल्भर्टमा

सीमानाका खुलेको सूचना पाएपछि झुलाघाट पुगेका बाजुराका आठ नेपाली भारतीय अलपत्र परेका छन् । उनीहरु भारतको लुहाघाटमा काम गर्दै आएका थिए । वैशाख १८ गते सीमा नाका खुलेको सूचना पाएपछि हिडेर झुलाघाट पुगेका उनीहरु चार दिनदेखि सडकको कल्भर्टमा बस्दै आएका छन् ।

आजदेखि सीमा नाका बन्द

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि चार दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मङ्सिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।

झुलाघाट नाका आजदेखि बन्द

नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट नाका आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ। भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख (असोज १८ गते) जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलताका कारण जनाउँदै सीमा नाका बन्द हुन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्