२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बारुद बनाउन प्रयोग गरिने कच्चा पदार्थसहित एक महिला पक्राउ

बैतडीमा बारुद बनाउन प्रयोग गरिने पदार्थसहित एक महिला पक्राउ परेकी छन्। बनाउन प्रयोग गरिने करिब १२ किलो कच्चा पर्दाथसहित एक महिलालाई झुलाघाटबाट  बिहीबार पक्राउ गरिएको हो।

झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको से१ज ४०९ नम्बरको जिपमा सवार बैतडीको दशरथ चन्द नगरपालिका–२ देहिमाण्डौकी ४२ वर्षीया पुष्पा बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

बोहराको साथबाट बारुद बनाउन प्रयोग गरिने गन्धकजस्तो  देखिने पदार्थ २ केजी र बारुद नै बनाउन प्रयोग गरिने सुरा जस्तो देखिने पदार्थ १० केजी गरेर १२ केजी अवैध पदार्थ फेला परेको उनले बताए।

सुराकीको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा आलुको बोराभित्र लुकाई छिपाइ ल्याउँदै गरेको अवस्थामा बारुद बनाउने उक्त कच्चा पदार्थसहित बोहरालाई पक्राउ गरिएको हो। यो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ आश्विन २०८० १०:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App