२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml १४:२७ अपराह्न
राजनीति

बालेनको स्ट्याटस 'मिसन ८४'

२०८४ सालमा हुने संसदीय निर्वाचनलाई धेरैले 'मिसन ८४' को संज्ञा दिँदै तयारीमा जुटेका छन्। यसका लागी विभिन्न दलहरू आ–आफ्नो तयारीमा जुटेका छन्। नेकपा एमालेले 'मिसन ८४' का लागि आजै झुलाघाटबाट सङ्कल्प यात्रा सुरु गर्दैछ। 

त्यसैगरी चर्चामा रहेको अर्को रवि लामिछानेको पार्टी रास्वपाले त ‘मिसन ८४’ लाईनै मुख्य एजेन्डा बनाएको छ। उसले  ८४ को चुनावमा बहुमत ल्याउने दाबी गर्दै आएको छ। यही सिलसिलामा पहाडदेखि मधेशसम्मका मतदाता रिझाउन विभिन्न कार्यक्रमहरू गरिरहेको छ। 

यसै मेसोमा काठमाडौँ महानगरका मेयर बालेन शाहले ‘मिसन ८४’ मा केन्द्रित भएर बुधवार राति फेसबुकमा सार्वजनिक गरेको ‘स्ट्याटस’  भाइरल बनेको छ। उनको स्ट्याटसको प्रतिक्रियामा धेरैले बालेन शाह नै ‘मिसन ८४’ को वास्तविक विजेता बन्ने दाबी गरेका छन्। उनले फेसबुकमा लेखेका छन् :

‘देश बन्छ ,

तिमीहरूको ८४ ले बन्दैन,

तिमीहरूको ८४ सक्किएर बन्छ।

तिमीहरूलाई सक्काएर बन्छ।’  

करिब १० घण्टा अगाडि उनले राखेको यो स्ट्याटसले  १ लाखभन्दा बढी लाइक, १६ हजार कमेन्ट पाएको छ। त्यस्तै यो स्ट्याटस  ५ हजारभन्दा बढी  सेयर गरिसकेका छन्।

प्रकाशित: १४ मंसिर २०८० ०३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App