२३ आश्विन २०८१ बुधबार
image/svg+xml

मुद्दा फैसला हुने, दोषी पक्रन नसक्ने

देशभरका अदालतबाट मुद्दा फैसला हुने दोषीलाई पक्राउ गर्न र जरिबाना तिराउन नसक्दा साढे ११ अर्ब दण्ड जरिबाना र लाख वर्ष बढी कैद बाँकी रहन पुगेको छ। अदालतबाट दोषी ठहर भई फरार भएकासँग तोकिएको दण्ड जरिबाना असुल्न नसक्दा देशमा दण्डहीनता बढ्दै गएको सर्वोच्च अदालतको तथ्यांकले उजागर गरेको छ।

घुस लिने सहायक अधिकृत विरुद्ध विशेषमा मुद्दा दायर

मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग ३३ हजार घुस लिने सहायक वन अधिकृृत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। अख्तियारले मंगलबार राजकुमार ठाकुर विरुद्ध विशेषमा मुद्दा दायर गरेकाे हाे।

छ वर्षीया बालिका बलात्कार अभियोगमा एक पक्राउ

भोजपुरको षडानन्द नगरपालिका–१० सामपाङमा ६ वर्षीया बालिकामाथि करणाी गरकाे अभियाेगमा एक जना पक्राउ परेका छन् ।

अख्तियारद्वारा खड्का विरुद्ध मुद्दा दायर: अकुत सम्पत्ति आर्जेको आरोप (आरोप पत्रसहित)

इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काले साढे १८ करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ।

लागुऔषध मुद्दामा युवाकाे संलग्नता बढी

नेपाल प्रहरीले दर्ता र अनुसन्धान गर्ने मुद्दाहरूमा सबभन्दा बढी लागुऔषधसम्बन्धी हुने गरेका छन्। यस्तो मुद्दामा परेकामध्ये ८१.११ प्रतिशत युवा रहेको सीमावर्ती जिल्ला पर्साको तथ्यांकले देखाएको छ। जसले लागुऔषध ओसारपसार, कारोबार तथा खानेमा युवाको संलग्नताबारे समग्र देशकै चित्रण गर्ने सरोकारवाला अधिकारीहरू बताउँछन्।

द्वन्द्वकालीन मुद्दा छानबिन आयोग : म्याद थप अन्तिम विकल्प

घोराहीकी द्रोपदा न्यौपानेलाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ताका क्रममै न्याय मिल्ला कि नमिल्ला भन्ने शंका थियो। झिनो आशा राखेर उजुरी दर्ता त गराइन् तर वर्षौं बितिसक्दा पनि त्यसबारे के भइरहेको छ भन्ने द्रोपतालाई अत्तोपत्तो छैन। ‘द्वन्द्वकालमा पति मारिनुभयो, न्याय पाउने आसमा वर्षौं बिते,’ उनले भनिन्, ‘आयोगमा दर्ता गराइएको उजुरीले न्याय दिलाउला कि भन्ने झिनो आस पनि मर्‍यो अब त !’ २०६१ सालमा उनका पति गणेशको तत्कालीन विद्रोही पक्षबाट हत्या गरिएको थियो।

मलेसिया रोजगारी :  स्वास्थ्य परीक्षण गर्ने बायोमेडिकललाई अदालतद्वारा सफाइ

रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएको बायोमेडिकललाई सोमबार काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ।  कामदारसँग अतिरिक्त शुल्क लिएको आरोप लगाउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ २ गते मलेसिया रोजगारीसम्बद्ध बायोमेडिकल, भिएलएन/ओएससी तथा आइएससीका सञ्चालकविरुद्ध ठगी मुद्दा चलाएको थियो।

बेलायती नागरिक ठग्ने वेब सर्फरका सञ्चालकविरूद्ध ३२ करोड ठगीको मुद्दा

बेलायती नागरिक दिनेश विमलनाथनलाई वेब सर्फर कम्पनीको ५१ प्रतिशत शेयर दिने भन्दै मोटो रकम असुल गरेका इन्टरनेट सेवा प्रदायक कम्पनी वेब सर्भरका सञ्चालक सुरेन्द्र क्षेत्रीबिरुद्ध प्रहरीले आइतवार ३२ करोड ठगीको मुद्दा अदालतमा दर्ता गर्ने भएको छ।

मेलमिलापबाटैै मुद्दा किनारा

घोराही उपमहानगरपालिकाकोे न्यायिक समितिले गत आर्थिक बर्षमा १ सय ५ मुद्दा किनारा लगाएको छ । न्यायिक समितिले शुक्रवार घोराहीमा पत्रकार सम्मेलन गरि गत अर्थिक बर्षमा २ सय ५६ मुद्दा दर्ता भएको र ति मध्ये १ सय ५ मुद्दा छिनोफानो गरिएको जानकारी दिएको हो । १ सय ५१ मुद्दा छानविनको प्रक्रियामा रहेको पनि समितिले जनाएको छ ।

डेढ सय मुद्दाबराबर एक सरकारी वकिल माग

पाँच वर्षयता अदालतमा फौजदारी मुद्दा ४० प्रतिशतले बढेकाले १५० मुद्दाबराबर एकजना सरकारी वकिलको दरबन्दी व्यवस्था गर्न माग गरिएको छ। सरकारी वकिललाई चुनौती थपिँदै गएको निष्कर्षसहित धेरै मुद्दा हेर्दा प्रभावकारी नभएको भन्दै दरबन्दी थप्न माग गरिएको हो।

चावहिल मालपोतका प्रमुखसहित १६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चावहिलस्थित मालपोत कार्यलयका प्रमुख कमलप्रसाद तिमल्सिनासहित १६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

कांग्रेस सभापति देउवाविरुद्धको मुद्दा खारेज

प्रहरी महानिरीक्षक नियुक्त प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध परेको मुद्दा सर्वाेच्च अदालतले खारेज गरेको छ। प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको शुक्रबारको संयुक्त इजलासले नेपाली कांग्रेस र सभापति देउवाविरूद्ध परेको अदालतको अवहेलनासम्बन्धी रिट निवेदन खारेज गर्ने फैसला सुनाएको हो।

प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा

सर्वाेच्च अदालतलको फैसला अवज्ञा गरेको आरोपसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ।

फैसला उल्टाएर ‘भ्रष्टाचारी’लाई सफाइ

सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा सात वर्षअघिको आफ्नै फैसला उल्टाएर दुईजनालाई सफाइ दिएको छ। न्यायाधीशहरू शारदाप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको पूर्ण इजलासले झूटा विवरण र कागजातका आधारमा कर्जा लेनदेन मुद्दामा भ्रष्टाचारी ठहर भएकामध्ये दुईजनालाई बिहीबार सफाइ दिएको हो।

पोलिमर नोट छपाइमा पूर्वगभर्नर रावलसहित तीन जना विरुद्द मुद्दा दायर

पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तिलक रावलसहित ३ जना विरुद्ध आज विशेष अदालत काठमाडौमा मुद्दा दायर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्