२३ आश्विन २०८१ बुधबार
image/svg+xml

दक्षिण कोरियामा पूर्वप्रधान न्यायाधीशविरूद्ध भ्रष्टाचार मुद्दा

दक्षिण कोरियाको सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीश याङ सङ–ताईमाथि न्यायिक शक्तिको व्यापक दुरुपयोग गरेको भन्दै उनीविरुद्ध ४० वटाभन्दा बढी अभियोग लगाइएको छ। सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश याङ विरुद्ध अभियोग लगाउनेसम्बन्धी तीन साताअघि आदेश दिएको थियो। अभियोजन अधिकारीहरुले याङ विरुद्ध आठ महिनादेखि छानबिन गरिरहेको बताइएको छ।

‘मधेस आन्दोलनको मुद्दा स्थापित गराउन संघर्ष’

उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेस आन्दोलनका मुद्दा स्थापित गराउन लागि परेको बताएका छन। बाराको कलैयामा शुक्रबार मधेसी स्वास्थ्यकर्मी फोरम प्रदेश नम्बर २ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै यादवले भने, ‘मधेस आन्दोलनका मुद्दा स्थापित गराउन संघर्ष जारी छ।’

साह ६ लाख धरौटीमा साह रिहा

भ्रष्टाचार मुद्दामा मुछिएका बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक सूर्यदेव साहले विशेष अदालत काठमाडौंमा ६ लाख रुपैयाँ धरौटी राखेर मुक्त भएका छन्।

सार्कको प्रगतिमा कस्मिर मुद्दा बाधक : पाकिस्तानी राजदूत

नेपालका लागि पाकिस्तानी राजदूत मजहर जादवले जम्मु र कस्मिर विवादका कारण दक्षिण एसियाको प्रगतिमा नराम्रो प्रभाव परेको बताएका छन।  मंगलवार काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको कार्यक्रममा राजदूत जादवले “दक्षिण एसियाली सहयोग संगठन(सार्क) अगाडी नबढनुमा कस्मिर मुद्दा प्रमुख रहेको बताएका हुन। भारत नियन्त्रित कस्मिरमा दिनहुँ हत्या हिंसा, बलात्कार, अपहरण भइरहेकोले त्यसलाई रोक्न पर्ने वताए।”

सहकारीकी व्यवस्थापकले पाइन् सफाइ

खोटाङमा सहकारीको रकम ठगी मुद्दाका आरोपितले अदालतबाट सफाइ पाएका छन्। केपिलासगढी गाउँपालिका–४, बाक्सिलास्थित रावा तावा बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक सरला राईलाई खोटाङ जिल्ला अदालतले उक्त मुद्दामा सफाइ दिएको हो।

विद्यालयको बजेट हिनामिना गर्ने खाँविरुद्ध मुद्दा

विद्यालयको बजेट हिनामिना गरेको आरोपमा जनता माध्यमिक विद्यालय सोनामती गाढ, सिराहाका प्रधानाध्यापक सनाउल्लाह खाँविरुद्ध अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। प्रधानाध्यापक खाँले विद्यालयको भवन प्राविधिक इस्टिमेट अनुसार नबनाएको अख्तियारको आरोप छ। उनले अहिलेसम्म छात्रवृत्ति वितरण तथा पाठ्यपुस्तक वितरण गरेका छैनन्।

ओखलढुंगामा वैवाहिक बलात्कारका दुई मुद्दा

ओखलढुंगामा दुई वर्षको अवधिमा दुईटा वैवाहिक बलात्कारको मुद्दा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा चालु आर्थिक वर्षको मंसिर महिनामा एक जना पक्राउ परेका छन्। चम्पादेवी गाउँपालिका २ का २६ वर्षीय (नाम परिवर्तन) बहादुर विकलाई श्रीमती बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

अमेरिकाले लगाएको आरोप हुवावेद्वारा अस्वीकार

कम्पनीविरुद्ध अमेरिकी अभियोजनकर्ताहरुले आपराधिक मुद्दा दर्ता गरेपछि हुवावेले आफूले केही गलत नगरेको बताएको छ। अमेरिकी आग्रहमा गत महिना क्यानडामा पक्राउ परेकी आफ्नो प्रमुख आर्थिक अधिकारी मेङ वान्झाओविरुद्ध गरिएको आपराधिक दाबीको पनि चीनको विशाल दूरसञ्चार कम्पनीले हुवावेले अस्वीकार गरेको बिबिसीले उल्लेख गरेको छ।

रेडियो अपरेटरमाथि १४ करोड भ्रष्टचार आरोप

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठले १४ करोड बराबर भ्रष्टचार गरी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

ओखलढुंगामा रोकिएन बहुविवाह

एक सय ६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित भई २०७५ भदौ १ बाट देवानी र फौजदारी नयाँ संहिता लागु भयो। जसमा फेरि पनि बहुविवाहलाई कडा अपराध मानिएको छ। उक्त अपराध संहिता ऐनको दफा (१७५) ले बहुविवाहलाई बर्जित गरेको छ। तर, बहुविवाहमा भने कमी आएको छैन।

डा. केसी द्वन्द्वपीडित–मुद्दामा किन बोल्न नहुने ?

‘वचन’ शब्दको विशेष महत्व छ। वचन मौखिक रूपमा दोस्रो पक्षलाई भनेको कुरा पूरा गर्न दिइने विश्वास हो। व्यक्तिको विश्वसनीयता उसले दिएको वचनमा निर्भर गर्ने गर्छ। असल मानिसको चिनारी पनि हो यो। यसको मापन सबैका लागि समान हुन्छ। यो इमानदारीताको प्रतीक पनि हो। वचन पूरा गर्नलाई दिने गरिन्छ। तोड्न अथवा धोका दिनलाई होइन। छलकपट गर्नेलाई यसले स्थान दिँदैन र मान्दैन पनि। किनभने, मानिसको सामाजिक उत्तरदायित्व एवं व्यक्तिगत मर्यादा र प्रतिष्ठासँग यो गाँसिएको हुन्छ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने दुईविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुटा प्रमाणपत्रको विवरण पेस गरी सरकारी जागिर खाएको आरोप लगाउँदै एक प्रहरी र एक शिक्षकविरुद्ध बिशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गराएको छ।

डा केसीलाई योगेशको चेतावनीः ‘प्रचण्डलाई जेल हाल्ने सपना नदेख्नुस’

नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले द्वन्द्वकालका मुद्दा उठाएर डा गोविन्द केसीले गल्ती गरेको आरोप लगाएका छन्। बुधवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेता भट्टराईले आजको दिनमा अनशनरत डाक्टर केसी गलत रहेको अब पछि हट्नुको विकल्प नरहेको बताए।

जबर्जस्ती करणी मुद्दामा फरार वडाध्यक्षद्वारा आत्मसमर्पण

जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। सोही वडा निवासी २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा फरार रहेका वडाध्यक्ष रेग्मीले आज जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। ती युवतीले गत मङ्सिर ६ गते प्रहरीमा उजुरी दिएपछि वडाध्यक्ष रेग्मी फरार रहेका थिए।

बम्जन आश्रम प्रकरण : मुद्दा बलियो बनाउन ठोस प्रमाण बटुल्दै प्रहरी

तपस्वी भनिएका रामबहादुर बम्जनको आश्रमबाट अनुयायी बेपत्ता बनाएको जाहेरीमा सिन्धुपाल्चोक प्रहरी मुद्दा बलियो हुनेगरी ठोस प्रमाण बटुल्नतिर अग्रसर भएको छ। पहिलो चरणमा प्रहरी बम्जनको बाँडेगाउँस्थित तोड्केभिर आश्रमबाट बेपत्ता भएका मकवानपुर हैटौँडाका सञ्चलाल आइवाको अनुसन्धानमा केन्द्रित भइरहेको छ। बाँडेगाउँको आश्रमभित्रै सञ्चलालाई कुटिकुटी हत्या गरेर खाडल खनी गाडेको सार्वजनिक भएपछि प्रहरीले मुद्दा बलियो हुनेगरी ठोस प्रमाण जुटाउनतिर अनुसन्धान केन्द्रित बनाइरहेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्