२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

विद्यालयको बजेट हिनामिना गर्ने खाँविरुद्ध मुद्दा

काठमाडौं– विद्यालयको बजेट हिनामिना गरेको आरोपमा जनता माध्यमिक विद्यालय सोनामती गाढ, सिराहाका प्रधानाध्यापक सनाउल्लाह खाँविरुद्ध अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। प्रधानाध्यापक खाँले विद्यालयको भवन प्राविधिक इस्टिमेट अनुसार नबनाएको अख्तियारको आरोप छ। उनले अहिलेसम्म छात्रवृत्ति वितरण तथा पाठ्यपुस्तक वितरण गरेका छैनन्।

खाँले विभिन्न आर्थिक वर्षहरुमा विद्यालयको भवन निर्माणको लागि विनियोजित रकम र विद्यालयको आन्तरिक स्रोतको काम नै नगरी खर्च देखाई १० लाख १८ हजार रूपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ। उनले हिनाविना गरेको रकम फिर्ता र हदैसम्मको सजाय माग गरी आइतवार मुद्दा दर्ता गरीएको अख्तियारको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: २० माघ २०७५ १२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App