यमनमा ३० जनालाई मृत्युदण्डको फैसला
विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानास्थित एक अदालतले साउदी गठबन्धनका निम्ति जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला गरेको छ।
विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानास्थित एक अदालतले साउदी गठबन्धनका निम्ति जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला गरेको छ।
वि.सं. २०५८ को असारका सुरुका दिन छन्। दरबार हत्याकाण्डको भयानक दृश्य नेपालीका आँखामा ताजै छ। कतिपय मानिसका आँखा ओभाएका छैनन्। भलै राजसंस्था फरक–फरक कोणबाट आलोचना भए पनि राजा वीरेन्द्र जनताको मन–मनमा बस्न सफल भएका रहेछन्।
इरानको समर्थन रहेको भनिएको हुथी विद्रोही र यमनमा मध्यपूर्वको अन्तर्राष्ट्रिय सैनिक गठबन्धनको नेतृत्व गरिरहेको साउदी अरबबीच केही समयदेखि तनाब जारी रहेको छ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले जनताले आवश्यक महसुस गरेको भन्दै अर्को जनविद्रोहको लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्। शुक्रबार हेटौंडामा पार्टीको संगठन क्रान्तिकारी युवा लिग नेपालको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गरेपछि उनले क्रान्ति र शान्ति प्रकृया पुरा नभएको भन्दै जनविद्रोहको विकल्प नभएको बताए।
यमनको हुथी विद्रोही समूहले साउदी अरबको दक्षिण–पश्चिममा रहेको एक विमानस्थलमा क्षेप्यास्त्र आक्रमण गर्दा कम्तीमा २६ सर्वसाधारण घाइते भएका छन् । साउनी सेनाले जारी गरेको विज्ञप्तिअनुसार घाइतेमध्ये तीन महिला र दुुई बालबालिका रहेका छन् । अभा विमानस्थलमा रहेको आगमन हलमा हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेको बताइएको छ ।
जब तपाईँहरू आपसमा अग्लो बन्ने झेली खेलमा लाग्नुहुन्छ र गोलपोस्टमा गोल गर्न हतारिनुहुन्छ, त्यो सत्ताको बल गोलपोस्टभन्दा बाहिरबाट जाने खतरा रहन्छ। आवेग नियन्त्रण गरी धैर्यपूर्वक आफ्नै ठाउँमा बसिदिनुभयो भने सत्ताले तपाईँलाई पछ्याउनेछ।
विद्रोहीको बलियो प्रभाव रहेको सिरियाको उत्तरपश्चिमी सहरमा भएको कार बम विस्फोटमा परी आइतबार कम्तीमा १९ व्यक्तिको मृत्यु भएको सिरियाली युद्धको अनुगमन गरिरहेका मानवअधिकार समूहले जानकारी दिएका छन्।
सँधै फरक धारमा रहने थवाङीहरुले २०६४ को संविधान सभा निर्वाचनमा ३ मत वाहेक सवै प्रचण्डलाई दिएका थिए। २०७० सालको संविधान सभामा एकमत पनि खसालेनन्।
यमनको सरकारी फौजका एक जना बरिष्ठ कमान्डरको हुथी विद्रोहीसँगको झडपमा मृत्यु भएको छ । यमनी सेनाका एक अधिकारीका अनुसार दक्षिणी ढाली प्रान्तमा हुथी विद्रोही र सेनाबीच भएको भिडन्तका क्रममा उक्त घटना भएको हो ।
सिरियाको सरकारी फौजले इड्लिब प्रान्तको एक बजारमा गरेको हवाई आक्रमणमा १२ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ। सो हवाई आक्रमण रुसी सेनाले गरेको आशंकासमेत गरिएको छ।
सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै आशंका र भयमिश्रित प्रश्न उठ्यो– के यो अर्को द्वन्द्वको विजारोपण हो ? सामाजिक सञ्जाल, चिया पसल, मिडिया सर्वत्र उठेको यो प्रश्नले कुनै बखत माओवादी विद्रोहको केन्द्र मध्यपश्चिमी जिल्ला रोल्पालाई नछुुने कुरै भएन।
दुई मधेस विद्रोहको आंशिक सफलतापछि राजनीतिक परिदृश्यमा चामत्कारिकरूपले उदाएका सिके राउत पनि पश्चिमा सुटमै सज्जिन रुचाउँछन्। बाहिर देखिँदा गलपोस कहिलेकाहीँ छुटे पनि कमिजमाथि भिर्ने कोट भने उनको कायाबाट गर्मीमा समेत टुट्दैन। कारागर र अदालतको चक्कर लगाउँदासमेत उनी ठाँटिएरै देखा पर्छन्।
झापा विद्रोहमा लागेको आरोपमा पञ्चायती शासकद्वारा २०३० कात्तिक ५ गते इलामको शान्तिपुरमा हत्या गरिएका राम प्रधानलाई राज्यको तर्फबाट शहीदको सम्मान अझसम्म दिइएको छैन ।
२०५८ साल फागुन २६ गतेदेखि १८ दिन अपहरणमा परेका प्रावि हरिगातिनाका २४ बर्षीय शिक्षक तिलकराम नेपालीलाई तत्कालिन विद्रोही माओवादीले ‘मृत्युदण्ड’ दिनुअघि अन्तिम इच्छा सोधे। रोल्पा नगरपालिका धनमुढाका नेपालीले आफ्नो परिवारलाई चिठ्ठी लेख्ने माग राखे। केही समयमा आफू मारिने जानकारी पाएका उनले २०५८ साल चैत १२ गते राती ९ बजे परिवारलाई ८ पेज लामो पत्र लेखे, ‘जन्म दिने बुवाआमा एक एक वटा साइनो भएका मुटुको टुक्रा जस्तो भाई श्रवण, बहिनी दुर्गा, श्रीमती मिना र छोरा जयन्द्रमा मेरो साइनो अनुसार दण्डवत प्रणाम र आर्शिवाद छ।’