१ पुस २०८२ मंगलबार
image/svg+xml

मकवानपुर ट्रयाक्टर दुर्घटना: ३ जनाको मृत्यु, १९ घाइते

मकवानपुरको बकैया गाउँपालिकामा मंगलबार दिउँसो भएको ट्रयाक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।

माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ।

पोखरा विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख मुनंकर्मी दम्पतीमाथि भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख विनेश मुनंकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, १५ जनाको उम्मेदवारी फिर्ता

नेकपा (एमाले) को ११‌ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन्।

गुरुङले भने- राष्ट्रियता जोगाउन र घेराबन्दी तोड्न मेरो उम्मेदवारी

नेकपा एमालेको ११ औं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका नेता पृथ्वीसुब्बा गुरुङले पार्टीमाथिको घेराबन्दी तोड्न र राष्ट्रियताको रक्षा गर्न आफूले पदाधिकारीमा दाबी गरेको बताएका छन्।

मकवानपुरको बकैयामा ट्रयाक्टर दुर्घटना: २२ जना घाइते

मकवानपुरको बकैया गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा ठूलो संख्यामा स्थानीय घाइते भएका छन्।

प्रतिस्पर्धादेखि नडराऔं, जित्नेले समेटौं, हार्नेले सघाऔं: गोकर्ण विष्ट

नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टीभित्र नेतृत्व हस्तान्तरण र रूपान्तरणको आवश्यकता औंल्याएका छन्।

१८.३७ अङ्कले बढ्यो नेप्से, ३ अर्बमाथि कारोबार

मंगलबार नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को बिन्दुमा कायम भएको छ।

पोलियो जितेर राजनीतिमा जमेका कृष्ण: ‘नीति निर्माणमा पहुँच स्थापित गर्न उम्मेदवारी’

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया सुरु हुँदै गर्दा पहिलो पटक व्यवस्था गरिएको ‘अपाङ्गता क्लस्टर’ चर्चामा छ।

साताव्यापी रूपमा मनाइँदै आप्रवासन दिवस

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासन दिवस विशेष उत्साह र विविध कार्यक्रमका साथ सप्ताहव्यापी रूपमा मनाउने भएको छ।

राजभण्डारीले भने- भूगोल र कार्यकर्ताको भावना समेट्न उम्मेदवारी दिएँ

नेकपा एमालेको ११औं महाधिवेशनमा कोशी प्रदेशबाट नेता बुद्धिकुमार राजभण्डारीले उम्मेदवारी दिएका छन्।

अवैध ‘हुण्डी’ कारोबार नगर्न युएईस्थित नेपाली दूतावासको आग्रह

नेपाली राजदूतावासले अवैध वित्तीय कारोबार निरुत्साहित गर्न यूएईमा रहेका सम्पूर्ण नेपाली समुदायसँग सहकार्यको अपिल गरेको छ।

इलाम–सन्दकपुर रेडपान्डा म्याराथन : पुरुषतर्फ विशाल र महिलातर्फ निर्मला राई पहिलो

५ घन्टा ४० मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै उनले पहिलो स्थान ओगटेकी हुन्। विजेता बनेसँगै निर्मलाले नगद डेढ लाख रुपैयाँ पुुरस्कार पाइन् ।

२२ लाखको चिनियाँ सामानसहित चालक पक्राउ

सोही जिल्लाको बाह्रबिसे नगरपालिका–६ बस्ने शिवलाल तामाङलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लामोसाँघुबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो।

एमाले महाधिवेशन : दुईको उम्मेदवारी खारेज, १४ जनाले फिर्ता लिए

भृकुटीमण्डपमा मतदानको तयारी तीव्र छ। बिहानैदेखि नयाँ नेतृत्वका लागि चहलपहल बढेको छ। देशभरबाट आएका प्रतिनिधिसँग उम्मेदवार र समर्थकहरू मत माग्दै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्