४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रशिक्षण दिंदै कांग्रेस

नेपाली कांग्रेसले पार्टीका महाधिवेशन प्रतिनिधिका लागि दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टी उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आइतबारको बैठकले सोन १६ गतेदेखि दुई दिनसम्म प्रशिक्षण दिने निर्णय गरेको हो ।

एनआरएन नर्बे : आज उम्मेदवारी दर्ता, अगस्ट ३१ मा चुनाव

गैरआवासीय नेपाली संघ (एनआरएन) नर्वेमा नयाँ कार्यसमिति चयनको लागि उम्मेदवारी दर्ताको आह्वान गरिएको छ। जुन २९ गते छैठौं महाधिवेशनबाट संजिव थापा नेतृत्वको कार्यसमिति विघट्न भएपछि नयाँ कार्यसमिति चयन गर्न बनेको निर्वाचन समितिले उम्मेदवारी दर्ता आह्वान गरेको हो।

भलिबललाई स्याटलाइट टेलिकमको साथ

साउन अन्तिम साता काठमाडौंमा आयोजना हुने एसियन भलिबल कन्फडरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि नेपाल स्याटलाइट टेलिकमले २० लाख रुपैयाँबराबरको प्रायोजन गर्ने भएको छ।

'शुल्क नघटाए आन्दोलन'

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले निजी शैक्षिक संस्थाहरुले मनपरी ढंगले गरिएको शुल्क वृद्धि तत्काल फिर्ता नगरिए कडा आन्दोलनमा उत्रिने जनाएको छ। संघका नेताहरुले राजधानीमा पत्रकार सम्मेलन गर्दै सोमबार शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने र साउन १० सम्म शुल्क वृद्धिको विषयमा ठोस निर्णय नलिए सडक आन्दोलनमा उत्रिने जनाएको हो।

‘शक्ति केन्द्रीकरणमा लागिरहे ओलीतन्त्र छिट्टै समाप्त हुन्छ’

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्रपथमा अगाडी बढेको आरोप लगाएका छन्।

‘ओली सरकारको कमजोरीले तराई डुब्यो, भारतसँग कुटनीतिक पहल गर्न नसक्दा जनधनको क्षति’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका केपी ओली नेतृत्वको सरकारले लोकतान्त्रिक मूल्य–मान्यताबिरुद्ध धावा बोलिरहेको जिकिर गरेका छन्। उनले सरकारको कदम नसच्चिए सत्तारुढ दलबाहेक अन्य सम्पूर्ण दल संगठित भएर कडा कदम चाल्ने चेतावनी दिए।

‘फुटबल टोली लिन माल्दिभ्स नै पुग्यौं’

नेपालमै भएको पहिलो सागमा फुटबल, एथ्लेटिक्स, पौडी, बक्सिङ र भारोत्तोलन गरि ५ खेललाई समावेश गरिएको थियो। तर, फुटबलमा कम्तीमा ४ वटा टोली नपुग्ने आशंका बढेसँगै समस्यामा परेको नेपाली टोली माल्दिभ्सलाई जसरी पनि सहभागी गराउन त्यसतर्फ प्रस्थान गरेको थियो। जसको नेतृत्व तत्कालीन अखिल नेपाल फुटबल संघका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्(राखेप)का बोर्ड सदस्य कमल थापाले माल्दिभ्सको राष्ट्रपतिलाई मनाउँदै अन्तत् माल्दिभ्स टोलीलाई ल्याउन सफल भए।

ओली–गौतम सम्बन्ध नजिकिँदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टी अध्यक्ष केपी शर्मा ओली र वामदेव गौतमको सम्बन्ध नजिकिन थालेको छ। गत पुुुसमा सम्पन्न स्थायी कमिटीको बैठकमा गौतमले फरक मत राखेपछि बिग्रेको सम्बन्ध बिस्तारै सुधार हुँदै आएको हो। गत असार २८ गते ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा गौतमको जन्मदिनसमेत मनाएका थिए। ‘असार २८ मा गौतमको जन्मदिन रहेछ, त्यसदिन प्रधानमन्त्रीज्यूले उहाँको जन्मदिन सँगै मनाउने इच्छा व्यक्त गर्नुभयो र मिठाई बाँडेर जन्मदिन मनाइएको थियो,’ बालुवाटार स्रोतले भन्यो।

'सरकार माथिबाटै फर्कियाे, हामी जमिनको हाल बुझ्दैछौं'

नेपाली कांग्रेसका सभापतिसहितको टोलीले सिरहाको बाढी तथा डुबान क्षेत्रको स्थलगत अनुगमन गरेको छ। अनुगमन टोलीले सिरहाको कर्जन्हा गाउँपालिका, सिरहा नगरपालिका, औरही गाउँपालिकास्थित बाढीले अति प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको हो।

नेपाल क्रिकेट संघको निलम्बन यथावत्

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन यथावत् नै राखेको छ।

केन्याबाट उद्धार गरिएका १२ युवतीलाई नेपाल ल्याइयो

केन्याको डान्सबारबाट उद्धार गरिएका १२ नेपाली युवतीलाई काठमाडौं ल्याइएको छ। उनीहरुलाई बिहीबार साँझ हवाई मार्ग हुँदै काठमाडौं ल्याइएको हो।

लोकप्रिय बन्दै लोकगीत

नेपाली लोक संगीतमा आधुनिकता भित्रिएसँगै युवा पुस्ताको आकर्षण बढ्दै गएको छ। वृद्धवृद्धा होस् वा युवा युवती, लोक गीत सुन्न थालेका छन्। नेपाली जीवनशैलीको पहिचानलाई लिएर तयार हुने गरेका लोक गीतहरू समय सापेक्ष हुने भएकाले यसले आफ्नो श्रोताहरूको संख्या दिनानुदिन बढाइरहेको छ। सामान्य नेपाली जीवनको विभिन्न कथामा आधारित रहेर बनेका लोकगीतको लयले नेपालीपन समेट्ने गरेको छ।

सिनास तीन दशकपछि अनुसन्धानमा

तीन दशकदेखि काम नपाएर बसेको त्रिभुवन विश्वविद्यालयका नेपाल एसियाली अनुसन्धान केन्द्र (सिनास)ले यो वर्षदेखि अनुसन्धानको काम थाल्ने भएको छ । राज्यलाई सामाजिक विज्ञान, संस्कृति र अन्तर्राष्ट्रिय सम्बन्धनमा अध्ययन अनुसन्धान गरी नीति निर्माणमा सुझाव दिने उद्देश्यसाथ ४७ वर्षअघि स्थापित सिनासलाई सरकारले सुरुका केही वर्ष बजेट दिए पनि पछि भने बेजेट दिएको थिएन । जसले गर्दा तीन दशकदेखि सिनासले अनुसन्धानको कुनै काम गर्न नसकेको सिनासका कार्यकारी निर्देशक मृगेन्द्र कार्कीले बताए ।

कांग्रेस असन्तुष्ट नेतालाई मिलेर जान सुझाव

नेपाली कांग्रेसका असन्तुष्ट पक्षनिकट युवाहरूले पार्टीभित्रको बृहत्तर एकता कायम गर्दै १४औं महाधिवेशनको तयारीमा जुट्न नेताहरूलाई दबाब दिएका छन्। सभापति शेरबहादुर देउवाइतरका तरुणहरूले बिहीबार राजधानीमा राखेको भेलामा नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पार्टीको नेतृत्व मिलेर लिन आग्रह गरेका हुन्।

बाढी प्रभावित क्षेत्रको अवलोकनमा देउवा

नेपाली कांग्रेसका सभापति सहितको टोलीले महोत्तरीका बाढीले अति प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरेको छ। टोलीले महोत्तरीको बाढीले अति प्रभावित सदरमुकाम जलेश्वर, मटिहानी, एकरहिया र वर्दिवास लगायतको क्षेत्रको स्थलगत अवलोकन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्