४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पाइपलाइनबाट भित्रिँदै भारतीय पेट्रोलियम इन्धन

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट पहिलो पटक परीक्षण स्वरुप एक लाख लिटर इन्धन आउन लागेको छ। परीक्षण सफल भएसंगै आपूर्तिको लागि पाइपलाइन तयार हुने र संघीय सरकारबाट उद्घाटनको औपचारिकतापछि आपूर्ति समेत पाइपलाइनबाट हुने नेपाल आयल निगम (एनओसी) पेट्रोलियम पाइपलाइन योजना कार्यालयले जनाएको छ।

‘नेपाल–भारत सम्बन्ध घनिष्ठ’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल–भारतबीच सदियौंदेखि घनिष्ट सम्बन्ध रहँदै आएको आएका छन्।

बुद्धको मूर्ति तोडफोड घटनाको कांग्रेसद्वारा छानविन माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भगवान गौतम बुद्धको मूर्ति तोडफोड घटनाको छानविन गर्न माग गरेको छ।

नेपाली क्यानभासमा हलिउड सुपर हिरोहरू

हलिउडको सुपरहिरो फिल्म ‘वन्डर वुमन’ की मुख्य पात्र राजकुमारी डायना संसारभर शान्ति स्थापना गर्न लागिपरेकी छन्। स्वयम्भूमा खुकुरी समातेर शान्त स्वभावमा बसेकी ‘वन्डर वुमन’ की मुख्य पात्र राजकुमारी डायनाको डिजिटल प्रिन्टका क्यानभासहरू बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीका भित्तामा झुन्ड्याइएका छन्। नेपाली सांस्कृतिक सम्पदाको परिचय दिँदै उनका डिजिटल प्रिन्ट पुरुष सुपरहिरोको भीडमा अलग देखिएको छ।

नेपाली इन्जिनियरलाई जापानमा रोजगारी

नेपाली इन्जिनियरहरूले जापानमा रोजगारी पाउने भएका छन्। जापानस्थित ह्युमन रिसोर्सिया कम्पनी लिमिटेडमार्फत नेपाली आइटी इन्जिनियरलाई रोजगारीको व्यवस्था गर्न लागिएको हो। कम्पनीका व्यवस्थापक हाजिमी असहराको नेतृत्वमा बुधबार नेपाल आएको ६ सदस्यीय (दुई नेपालीसहित) टोलीले इन्जिनियरहरूसँंग अन्तर्वार्ता लिएको छ। भक्तपुरको चाँंगुनारायण नगरपालिकास्थित नेपाल इन्जिनियरिङ कलेजबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ उत्तीर्ण र अन्तिम सेमेस्टरमा अध्ययनरत २८ विद्यार्थी अन्तर्वार्तामा सहभागी भए।

'मेराे निर्णयले नक्कली माेही खडा भएकाे हाेइन'

नेता नेपालले आफ्नो मन्त्रिपरिषद्ले गरेका निर्णयसहित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालादेखि पछिल्लो समयसम्मका निर्णयमा छानबिन गर्न माग गरेका छन्।

दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपाल प्रतिबद्धः मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन्। युनेस्कोको आयोजनामा अमेरिकाको न्युयोर्कमा आयोजित दिगो विकास लक्ष्य ४ सम्बन्धी ‘हाई लेभल पोल्टिकल फोरम’लाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नेपालले आधारभूत शिक्षामा लैगिक समानता हासिल गरिसकेको र माध्यमिक शिक्षामा पनि लैंगिक समानता हासिल हुने अवस्थामा पुग्न लागेको विश्व समुदायलाई जानकारी दिए।

कर्मचारीलाई ६० वर्षमा पेन्सन दिनुपर्ने कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले ६० वर्ष उमेर पुगेका कर्मचारीलाई मात्रै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। काँग्रेस नेता दिलेन्द्रप्रसाद बडुले ६० वर्ष उमेर पुगेका कर्मचारी मात्रै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।

रमेश लेखकको चेतावनीः सरकार समयमै नसुध्रिए व्यवस्था फेरिने खतरा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले आफ्नो पार्टी वार्ता तथा सम्वादको पक्षधर भएकोले विप्लवसँग पनि वार्ता तथा सम्वादमार्फत नै सहमति खोज्नुपर्ने बताएका छन्।

‘प्यान’ अनिवार्य नीतिको विरोध गर्दै नेपालगन्ज बजार बन्द

सरकारले लागू गर्न लागेको नीति, नियम ‘अव्यवहारिक’ भएको भन्दै नेपालगन्जका उद्योगी, व्यवसायी आन्दोलित भएका छन्। आन्दोलनस्वरुप उनीहरूले बुधबार नेपालगन्जको व्यापार, व्यवसाय बन्द गराएका छन्।

कुङ्फुमा नेपाललाई ५ स्वर्ण

दोस्रो अन्तर्राष्ट्रिय कुङ्फु च्याम्पियनसिपमा नेपालले ५ स्वर्ण जितेको छ। नेपालले थप १ रजत पनि जितेको बूढानीलकण्ठ उमा कुङ्फु क्लबका प्रमुख प्रशिक्षक सुकमान लामाले जनाए।

नेप्सेको सेयर बेच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रहेको आफ्नो सेयर बेच्ने भएको छ। नेप्सेमा राष्ट्र बैंकको एक तिहाइभन्दा बढी सेयर छ। यही सेयर बैंकले बेच्न लागेको हो। यसका लागि सार्वजक रुपनिमा बैंकले सूचना निकालेको छ।

नेपालमा रिटायर्ड लाइफ बिताउने अमेरिकनहरूको चाहना

वाणिज्य दुतावास सियाटलमा नेपाल जाने भिसा लिन आउने हरेक १० जनामध्ये तीन जनाले आफ्नो रिटायर्ड लाइफ नेपालमा बिताउने चाहना व्यक्त गर्ने गर्ने गरेका छन्।

कांग्रेस सांसदः ‘संसदीय समिति बैठक स्थगित गर’, नेकपा सांसदः ‘हुँदैन’

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले संसदीय समितिको बैठक पनि स्थगित गर्न माग गरेका छन्।

राष्ट्र बैंकले स्टकको शेयर बिक्री गर्ने

केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी प्रति शेयर १०० रूपैयाँ अंकित दरका १७ लाख २९ हजार ९ सय ८९ कित्ता शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्