१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपालमा रिटायर्ड लाइफ बिताउने अमेरिकनहरूको चाहना

फाइल फाेटाे

अमेरिका– वाणिज्य दुतावास सियाटलमा नेपाल जाने भिसा लिन आउने हरेक १० जनामध्ये तीन जनाले आफ्नो रिटायर्ड लाइफ नेपालमा बिताउने चाहना व्यक्त गर्ने गर्ने गरेका छन्। सुन्दर, शान्त र सितल पहाडी क्षेत्रलाई विश्वका पर्यटकहरु अवकाश पछिको जिवनयापन गर्ने उत्कृष्ट स्थान नेपाल भएकोले आफुहरु नेपालका रिटायर्ड लाईफका लागि उचित गन्तव्य भन्दै जिज्ञासा राख्ने गरेको वाणिज्यदुत एसी शेर्पाले नागरिक न्यूजलाई बताए।

उत्कृष्ट गन्तव्य र रिटायर्डमेन्टका लागि गरिएको पछिल्लो रिसर्चले पनि पोर्चुगलपछि नेपाल निकै राम्रो गन्तव्य औल्याएको छ। नेपाल भ्रमण गरेर फर्कनेहरुले नेपाल रिटायर्डमेन्ट गन्तव्यका लागि धेरै चर्चा गरेपछि वाणिज्यदुत शेर्पाले नेपाल सरकार, सरोकारवाला र अमेरिकनसहित विश्वका दर्जनौं कन्सुलरहरुलाई जम्मा गरी नेपालको पर्यटकीय गन्तव्यका बारेमा बृहत छलफल गर्ने भएको छ। अघिल्लो महिना नेपाल जाँदा प्रधानमन्त्रीलगायत नेपाल सरकारका विभिन्न निकायहरुसँग सम्भावनाका बारेमा आफुले जानकारी दिएको र सोहीअनुसार वातावरण बन्न सकेमा पर्यटकीय हिसावले धेरै अमेरिकनहरु नेपाल जान ईच्छुक रहेकोले आफुले सोही विषयमा बृहत छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताए।

यहि जुलाई २६ तारिकका दिन नेपाल र उत्तर अमेरिका क्षेत्रमा हुन सक्ने व्यवसायी अवसर र सम्भावनाहरुका बारेमा एक दिवसीय छलफल कार्यक्रम हुने गर्ने बताए। सियाटलका लागि नेपाली महावाणिज्यदुत एसि शेर्पाका अनुसार सो अवसरका वासिंटनका गर्भनर जय ईन्स्ली, रेडमण्डका मेयर जोन र्माकोइन र बेथलका मेयर एण्डी रेयुमी र नेपालका लागि अमेरिकी राजदुत डा. अर्जुन कार्कीले दुई देशबीचमा हुन सक्ने लगानीका अवसरहरुका बारेमा प्रमुख वक्ताका रुपमा सहभागी हुने बताइएको छ। विश्वकै ठुला कम्पनीहरुको हेडक्वाटर रहेको व्यापारिक हव मानिने सियाटलका काउन्सिलर एसोसियसनका अध्यक्ष टेरेसा डेभिससहित गैरआवासिय नेपाली संघका तर्फबाट उपाध्यक्ष कुमार पन्तले नेपालमा लगानीका अवसर र पर्यटकीय सम्भावनाका बारेमा प्रस्तुति गर्नेछन्।

वाणिज्यदुत शेर्पाले नेपाल सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्षलाई सफल बनाउन पनि यो कार्यक्रम गर्न लागिएको बताए। दुई वर्षअघि वाणिज्य दुतावास स्थापना भएपछि सियाटल आसपासबाट नेपाल भ्रमण गर्ने अमेरिकनहरुको सख्यामाव्यापक वृद्धि भएको वाणिज्य दुतावासले जनाएको छ। सियाटलस्थित नेपाली वाणिज्य दुतावासबाट भिसा जारी हुन थालेपछि झण्डै १० हजार अमेरिकनहरुले नेपाल भ्रमण गरिसकेको तथ्यांक छ।

सियाटलमा रहेका व्यवसायिक घरनालाई नेपालको बारेमा जानकारी गराएर लगानीको सम्भावनाको बारेमा सुसुचित गराउने हो भने नेपालीमा अन्तराष्ट्रिय लगानीआउने धेरै सम्भावनाहरु रहेका छन्।

प्रकाशित: ३१ असार २०७६ १३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App