नागरिककर्मी दासलाई गरिबी निवारण पत्रकारिता पुरस्कार
नागरिक राष्ट्रिय दैनिकका महोत्तरी संवाददाता महेशकुमार दासलाई गरिबी निवारण कोष राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४ प्रदान गरिएको छ। उद्योगमन्त्री सुनीलबहादुर थापाले राजधानीमा आइतबार आयोजित एक कार्यक्रमबीच दासलाई ४० हजार राशीको उक्त पुरस्कार र प्रमाणपत्र प्रदान गरे।