२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नागरिककर्मी ठाकुर र कर्णलाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

पुरस्कृत पत्रकार मदन ठाकुर (बीचमा)

काठमाडौँ –  प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारबाट नागरिककर्मी  मदन ठाकुर र अनिल कर्ण पुरस्कृत भएका छन् । काउन्सिलको ४८ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार राष्ट्रपति निवासमा आयोजना गरिएको कार्यक्रमबीच दुई नागरिककर्मीलाई  राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुरस्कार प्रदान गरिन्। 

पुरस्कृत ठाकुर नागरिक दैनिकका रौटहट संवाददाता हुन भने कर्ण डेक्स  इडिटर हुन् ।

पुरस्कार वितरणपश्चात बोल्दै राष्ट्रपति भण्डारीले जनतालाई सूसुचित पार्ने काम चुनौतिपूर्ण भएको भन्दै पुरस्कृत सबैलाई बधाई दिएकी थिइन्।

त्यसैगरी काउन्सिलले १ लाख ५ हजार रुपैयाँ राशीको गोपालदास पत्रकारिता पुस्कार रुप्नदेहीका बालकृष्ण चापागाइँलाई दिएको छ भने १ लाख ५ हजार रुपैयाँ नै पुरस्कार रहेको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरसकार धर्मेन्द्र झालार्इ प्रदान गरेको छ।

प्रकाशित: ६ आश्विन २०७४ ११:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App