२१ आश्विन २०८१ सोमबार
image/svg+xml

थापाको निर्णय उल्ट्याउँदै शर्मा: अब पुरानै ८ पृतना

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ‘कमान्ड कन्सेप्ट’ (तीन जोड एक) लाई थन्काउँदै सेनालाई पुरानै संरचनामा फर्काएका छन्।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट सुरु भयो नियमित अन्तराष्ट्रिय उडान

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट नियमित अन्तराष्ट्रिय उडान सुरु भएको छ। यसअघि सातामा तीन दिन नेपाल–कुवेत (भैरहवा–कुवेत रुटमा) उडान भर्दै आएको अलजजिरा एयरवेजले शुक्रबारदेखि दैनिक उडान सुरु गरेको हो।

नवौं राष्ट्रिय खेलकुद पुरुष क्रिकेटः नेपाल पुलिस क्लवलाई स्वर्ण पदक

वर्षाको कारण खेल ८ ओभरमा छोट्याइएको खेलमा त्रिभूवन आर्मी क्लवले दिएको १ सय ४ रनको टार्गेट पुलिसले ६ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो।

प्रोष्टेट क्यान्सरदेखि सचेत होऔंः चिकित्सक

कुनै बेला नेपालमा फाटफुट मात्रै भेटिने प्रोष्टेट क्यान्सरका बिरामी पछिल्ला वर्षहरुमा दोश्रो तेश्रो बढी हुने क्यान्सरमा पर्न आएको तथ्यांक उनीहरुले प्रस्तुत गरे। प्रोष्टेट क्यान्सर पुरुषहरुमा लाग्ने क्यान्सर हो। यो पुरुषहरुको यौन अंगनेर हुने गर्दछ।

काँग्रेस पूर्वसभापति बस्नेतले उदयपुर १ नछाड्ने

‘म १ नं. निर्वाचन क्षेत्रबाटै प्रत्यक्षतर्फ उम्मेदवार बन्ने हो’ बस्नेतले विज्ञप्तिमा भनेका छन् ‘तर, मेराबारे अनपेक्षित रुपमा राष्ट्रियसभा र समानुपातिकतर्फ उम्मेदवार बन्ने भन्ने हल्ला चलाइएको छ, त्यो सरासर गलत र भ्रामक हो।’

माथिल्लो अरुण जलविद्युत आयोजनाले नेपालको पूर्वी क्षेत्रमा योगदान गर्छः सिंचाईमन्त्री

उनले अरुण क्षेत्रका सबै जलस्रोतको जतिसक्दो धेरै प्रयोग गरेर देशको ऊर्जाबाट आर्थिक, सामाजिक विकास गर्ने बताइन्। मन्त्री भुसालले यो आयोजनाले नेपालका वित्तीय संस्थाहरुको ठूला आयोजनामा लगानी गर्ने क्षमता अभिवृद्धि गर्ने बताइन्।

महिलाको उम्मेदवारी बढाउन राजनीतिक पार्टीहरुलाई सांसद पन्तको आग्रह

उनले संविधानले व्यवस्था गरेको महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गराउन पनि राजनीतिक पार्टीका नेतृत्वहरु तयार नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरिन्। सांसद पन्तले महिलाहरु भूगोलमा गएर निर्वाचन लड्न सक्षम रहेको उल्लेख गर्दै त्यो कुरालाई आत्मसात गरेर निर्वाचनका लागि उम्मेदवार छनौट गर्न पनि सबै राजनीतिक पार्टीका नेतृत्वको ध्यानाकर्षण गराइन्।

मेयर र उपमेयरलाई स्याबासी दिँदै कमल थापाले भनेः टुकुचामा पौडी खेलेको सम्झना आयो

‘सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ,’ थापाले लेखेका छन्, ‘काठमाडौँका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस् शुभकामना।’

प्रत्यक्ष उम्मेदवारको प्रतीक्षामा कांग्रेसका दर्जन युवा

नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रदेश र प्रतिनिधिसभाको समानुपातिकतर्फको सूची बनाउन सक्रिय रहेका बेला पार्टीका दर्जनभन्दा बढी युवा नेता प्रत्यक्षतर्फको टिकटको प्रतीक्षामा छन्।

निर्वाचन प्रणाली र शासकीयस्वरुप परिवर्तन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड

'हामी पहिला खाद्यान्नमा निर्भर थियौँ, आत्मनिर्भर मात्र नभएर निर्यात पनि गथ्र्यौं तर अहिले हामी निर्यातभन्दा आयात धेरै गर्न थालेका छौँ', अध्यक्ष दाहालले भने, 'गुन्द्रुकबाट चिनिएको नेपाल तर अहिले त्यही गुन्द्रुक पनि विदेशबाट ल्याउँदा उद्योग व्यवसाय फस्टाउन सकेको छैन।'

‘अग्नि’का लेखक लम्साललाई धादिङमा सम्मान

‘जिल्लाका लागि मात्र होइन लम्सालको साहित्यलेखन देशकै लागि महत्वपूर्ण योगदान पुगेको छ,’ अधिकारीले भने। भानु प्रतिष्ठान धादिङका अध्यक्ष डाक्टर नविनबन्धु पहाडीले नेपाली साहित्य जगतमा लम्सालले पुर्‍याएको योगदान तथा लम्सालको लेखनशैली र अग्नि महाकाव्यको विषयवस्तु फरक रहेको जिकिर गरे।

कोका–कोलाको 'सम्बन्ध उत्सव स्वादसँग' क्याम्पेन

नेपालीहरुकै महान चाड अवसरमा टाढा–टाढाका आफन्तजन भेटघाट गर्ने, मिठा–मिठा परिकारहरु बनाएर खाने परम्परालाई मध्यनजर गर्दै कोका–कोलाल यो वर्षको दशैँको लागि 'सम्बन्ध उत्सव स्वादसँग' ल्याइएको कोका–कोलाले बताएको छ।

‘के घर के डेरा’को टिजर सार्वजनिक

काठमाडौँमा घर हुनेले लुकाउन खोजेको र डेरामा बस्नेले घर किन्न गरेको संघर्षलाई टिजरले समेटेको छ। ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन्।

बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको टिकट मूल्य तय

एन्फाका अनुसार खेलका लागि बंगलादेशी टिम असोज सात गते नेपाल आइपुग्ने छ। एन्फाले मैत्रीपूर्ण खेलका लागि ४८ लाख ६५ हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ। एन्फाले खेलका लागि मार्केटिङ, बोर्डकास्टिङ र डिजिटल अधिकार बिक्रीका सम्बन्धमा विभिन्न व्यापारिक संस्थाहरुसँग छलफल भइरहेको जनाएको छ।

काठमाडौँ महानगर अगाडि फुटपाथ व्ययवसायीको धर्ना (फोटोफिचर)

संघले यसअघि काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई ३ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको थियो। सो मागहरु १० दिनभित्र पूरा नगरिए आन्दोलनमा उत्रिने चेतावनी र त्यसबाट हुने क्षतिको जिम्मेवार स्वयं राज्य हुनुपर्ने चेतावनी महासंघले दिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्