३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोका–कोलाको 'सम्बन्ध उत्सव स्वादसँग' क्याम्पेन

कोका–कोला नेपालले दशैँकाे अवसरमा 'सम्बन्ध उत्सव स्वादसँग' क्याम्पेनको शुरुवात गरेको छ।

कोका–कोला नेपालको सबैभन्दा लोकप्रिय पेय–पदार्थ हो। नेपालीहरुकै महान चाड अवसरमा टाढा–टाढाका आफन्तजन भेटघाट गर्ने, मिठा–मिठा परिकारहरु बनाएर खाने परम्परालाई मध्यनजर गर्दै कोका–कोलाल यो वर्षको  दशैँको लागि 'सम्बन्ध उत्सव स्वादसँग' ल्याइएको कोका–कोलाले बताएको छ।

कोका–कोलाले धेरै वर्षदेखि आफ्नो मार्केटिङ र कन्ज्युमर क्याम्पेनको मुख्य हिस्साको रुपमा दशैँलाई राखेको छ। र हरेकवर्षको दशैँमा आफ्नो नेपाली उपभोक्ताहरुको लागि नयाँँ र रोमान्चकथिम सहित क्याम्पेन गर्दै आएको छ। नेपाली उपभोक्ताहरुको महान चाड दशैँलाई अझै विशेष बनाउन कोका–कोलाले चङ्गा उडाएको, टिका लगाएको, परिवारसँग बसेर खाएको, पिङ खेलेको र देउसी–भैलो खेलेको जस्ता ५ वटा विभिन्नचित्र अंकित लेबलहरु भएको बोतल दशैँको समयमा बजारमा ल्याउने गर्छ।

क्याम्पेनको बारेमाबोल्दै कोका–कोला नेपालको कन्ट्री डिरेक्टर आदर्श अवस्थीले यो वर्षको 'सम्बन्ध उत्सव स्वादसँग' लाई लिएर आफु एकदमै उत्साहित भएको बताए।  उनले यसले दसैंँको मुख्य आकर्षणलाई प्रतिविम्बित गरेको बताए।

'आफ्नो सम्बन्धलाई प्रगाढ बनाउने, नातागोता भेटघाट गर्ने र मिठो–मिठो परिकारहरु बनाएर सँगै बसेर खाने हो। दसैंँ विशेष कोक बोतलको साथहामीहाम्रा सम्पूर्ण नेपाली उपभोक्ताहरुलाई दसैंँको हार्दिक मंगलमयशुभकामनाव्यक्त गर्न चाहन्छौँ । हामीलाई आशा छ यहाँँहरु सबै जनाको दसैंँ एकदमै विशेष हुनेछ र सबैजनाले यो दसैंँ रमाइलोसँग मनाउनुहुनेछ।' उनले भने।  

दशैँ विशेष लेबलका साथै कोका–कोलाले आफ्नो ब्रान्ड एम्बाडर स्सवस्तिमा खड्कालाई लिएर विज्ञापन पनि बनाएको छ। यस विज्ञापनमा स्वस्तिमाले आफ्नो स्वर्गीय हजुरआमाको रेसिपी–बुकको मद्धतबाट दशैँको तयारी गर्न थाल्छिन्। विज्ञापनमा दशैँको मुख्यभागको रुपमा आफ्नो नातागोता र उनीहरुसँगको मेलमिलापलाई भावनात्मक तरिकाले प्रस्तुत गरिएको छ। यस विज्ञापनमा स्वप्न सुमनले सम्बन्ध उत्सव शीर्षकको गीत पनि गाएका छन्।  

त्यस्तै कम्पनीका प्रबन्धनिर्देशक प्रदीप पाण्डेले नेपालीहरुको लागि दशैँ जति महत्त्वपूर्ण छ त्यत्तिकै महत्त्वपूर्ण कोका–कोलाको लागि पनि भएको बताए।

'हामी हरेकवर्षको दशैँमा हाम्रा उपभोक्ताहरुको लागि केहीनयाँँ र विशेष क्याम्पेन लिएर आइरहेका छौँ। हाम्रो यो वर्षको दशैँ क्याम्पेन ट्यागलाइन सम्बन्धको उत्सवले हाम्रा उपभोक्ताहरुलाई आफ्नो सम्बन्धलाई अझै प्रगाढ बनाउन र हरेक पल स्मरणीय बनाउन प्रेरित गर्ने छ भन्ने हामीले आशालिएका छौँ।' उनले भने।  

दशैँको अभिन्न हिस्साको रुपमा खानेकुरा रहेकोले कोका–कोलाले यो वर्ष बिबिसि मास्टर सेफ प्रोफेसनलका विजेता सन्तोष शाहसँगमिलेर  दशैँमा खाइने मुख्य ५ वटा परिकारहरुको रेसिपीपनि सार्वजनिक गरेको छ। यो रेसिपीपाउनको लागि उपभोक्ताहरुले कोका–कोलाबोतलको लेबलमा भएको त्तच्कोड स्क्यान गर्नुपर्ने हुन्छ। साथै यी रेसिपी भिडियोहरु कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राममा पनि उपलब्ध हुनेछन्।

यसको साथै उपेक्ताहरुले पनि कोका–कोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो रेसिपीको भिडियो सामाजिक सन्जालमा अपलोड गर्न सक्नेछन्। यी मध्यबाट ३ जना भाग्यशाली विजेताहरुले सेफ सन्तोष शाहसँग भेट्ने मौका प्राप्त गर्ने कम्पनी बताएको छ।

प्रकाशित: ३० भाद्र २०७९ १३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App